माघ १४ गते ढोरपाटन
निसीखोला गाउँपालिका ३ मा रहको सूर्य प्राथमिक विद्यालयको ४४ औँ बार्षिकोत्सव एव्म अभिभावक दिवश सोमबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भुमिराज खड्काको अध्यक्षतामा आयोजीत कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले कार्यक्रमको प्रमुख अतिथीको रुपमा उद्घाटन गर्दे सुगम देखि दुर्गम क्षेत्रका नागरिकले विकासको आभास गर्न पाउने गरी विकास आवस्यक रहेकोमा जोड दिनुभएको छ । विकासले पछि परेका क्षेत्रमा विकासका आधारभुत आवस्यकता पुरा गर्नु राज्यको दायित्व भएको बताउँदै आफुले जनताको समस्या र आवस्यकतालाई हेरेर काम गर्ने बताउनु भयो ।
जनताको माग र आवस्यकता पहिलो प्राथमिकता रहेको जनाउँदै दुर्गम क्षेत्रको रुपमा रहेको याङम्याङमा विद्यालयको भौतिक गुणस्तर सुधार, खानेपानी, सडक र झोलुङगे पुल यहाँका जनताको मुख्य आवस्यकता रहेका कारण आफुले क्रमिक रुपमा यहाँका समस्या सम्वोधन गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।
कार्यक्रममा विशिष्ठ अतिथीको रुपमा रहनु भएका निसीखोला गाउँपालिका ३ का अध्यक्ष रमेश विक्रम शाहीले बोल्दै आफनो वडाको सबै क्षेत्रका नागरिकलाई समेटेर समान विकासलाई अगाडी बढाइरहेको बताउँदै जनताको समस्या धेरै तर स्थानीय तहमा श्रोत र साधन कम हुँदा अपेक्षा वमोजिम काम गर्न नसकिएको जनाउँदै प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले आफनो वडामा समेत जनताको आवस्यकतालाई हेरेर विकास निर्माणा हातेमालो गरिदिन अपिल गर्नुभयो ।
कार्यक्रममा प्रभा माध्यमिक विद्यालयका प्रध्यानाध्यापक नवराज आर्चाय, समाजसेवी राजमन बुढा लगाएतको शुभकामना मन्तव्य रहेको थियो ।
कार्यक्रममा समाजसेवी हेम राज सापकोटा, भिम कुमारी क्षेत्री, स्थानीय बुद्धिजिवी, चन्दादाता लगाएतको आतथ्यता रहेको थियो । बार्षिकोत्सव कार्यक्रमका अवसरमा विभिन्न कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत, चन्दादाता सम्मान लगाएतका कार्यक्रम गरिएको हो ।
कार्यक्रम शिक्षक राम प्रसाद रेग्मीको सञ्चालनमा सम्पन्न भएको हो ।