Home Blog Page 63

बागलुङ नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त घोषणा उपप्रधानमन्त्री सिंह द्धारा उद्घाटन ।

0

बागलुङ माघ ९ गते
बागलुङ नगरपालिकालाई बुधबार एक कार्यक्रमका विच बालमैत्री स्थानीय शासनयुक्त बागलुङ नगरपालिका घोषणा गरीएको छ ।
उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले बुधबार बागलुङ बजारको धौलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजना गरिएको बालमैत्री नगर घोषणाको उद्घाटन गर्दै बालबालिकाहरुको हकहितको लागि घोषणा कार्यक्रमले चेतना र जागरण फैलाएर बालबालिकाको दिगो भविष्य कसरी निर्माण गर्न सकिन्छ भन्ने बारेमा बहस सृजना गरेर सबै सरोकारवालाहरुलाई जवाफदेही बनाउने बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले बालमैत्री अभियानले गुणस्तरीय व्यवहारिक शिक्षा र सिकाईमा बालबालिकाहरुको पहुँच पुर्याउनुको साथसाथै देशले असल नागरिक पाउने बताउनुभयो ।
बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले सबै जनालाई स्वागत गर्नु हुँदै बागलुङ नगरपालिकाका सबै वडाहरुलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणापछि नगर घोषणा कार्यक्रमलाई उत्सवको रुपमा मनाउन लागेको बताउनुभयो ।

बालबालिकालाई हेर्ने दृष्टिकोण, उहाँहरुलाई गरिने व्यवहार र सबै क्षेत्रमा बालबालिकाको अधिकार सुनिश्चित गर्नको लागि आजको घोषणा कार्यक्रम महत्वपूर्ण कोसे ढुंगा हुने बताउनुभयो ।
२०७९ जेठ ७ गतेको पहिलो कार्यपालिका बैठकले बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्ने निर्णय गरेको थियो ।

घोषणाको उद्घाटन सत्रमा बागलुङ नगरपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य, विज्ञान, कला, संस्कृति झल्कने प्रदर्शनी र झाँकीहरु प्रस्तुत गर्नु भएको थियो भने विभिन्न जातिय समूहद्धारा सांस्कृतिक नाँच र झाँकीहरु प्रस्तुत गरिएको थियो ।

 

ढोरपाटन नगरपालिकामा जलवायु तथा जैविक विविधता सम्बन्धी अनुगमन तथा अन्तरक्रिया कार्यक्रम ।

0

बागलुङको ढोरपाटन नगरपालिका बुर्तिबाङमा जलवायु तथा जैविक विविधता सम्वन्धी सङ्घीय सरकार देखी स्थानीय पालिका स्तर सम्मको अनुगमन तथा अन्तरक्रिया कार्यक्रम मङ्गलबार सम्पन्न भएको हो ।

नेपाल सरकार तथा वन मन्त्रालयको आयोजना ,UNDPGEF को आर्थिक सहयोग तथा कफ्सन नेपाल र स्कलर नेपालको व्यवस्थापनमा ढोरपाटन नगरपालिकामा जैविक विविधता , भू संरक्षण , वातावरण संरक्षण तथा स्थानिय स्तरमा देखिएका समसामयिक समस्याहरूको पहिचान गरी त्यसलाई कसरी समधान गर्न सकिन्छ भन्ने कुरामा अन्तरक्रिया कार्यक्रम भएको हो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि , सरकारवाला , बुद्धिजीवी, समाजको अगुवाइ ,पालिकाका कर्मचारी , विभिन्न सरकारी तथा गैर सरकारी संघ ,संस्थामा आवद्ध व्यक्तिहरू, प्रहरी , सञ्चारकर्मी लगायतको उपस्थितिमा जलवायु तथा जैविक विविधताको रणनिति सम्वन्धी अन्तरक्रिया तथा विभिन्न विषय वस्तुहरूमा छलफल भएको थियो । वि .स २०२४ देखी २०३० सम्ममा वन तथा वातावरण मन्त्रालयमा जल वायु तथा जैविक विविधता सम्बन्धी नयाँ रणनिति ल्याउने उद्देश्यले देश भरका सात वटै प्रदेशमा गएर सल्लाह सुझावहरू सङ्कलन गर्ने नेपाल जैविक विविधताको पुनरावलोकन ,छलफल गरेर २०३० सम्ममा नयाँ रणनिति ल्याउने नेपाल सरकारको लक्ष्य रहेको जनाइएको छ ।

जलवायु तथा जैविक विविधताको रणनिति व्यवस्थापनका श्याम कृष्ण श्रेष्ठले जानकारी दिनु भएको हो । अहिले सम्ममा देशका सात वटा प्रदेशका करिव २८ वटा जिल्ला तथा पालिकामा अनुगमन तथा अन्तरक्रिया कार्यक्रम भएको विष्णु बहादुर नेपालीले जानकारी दिनुभएको हो ।

कार्यक्रमका अवसरमा ढोरपाटन नगरपालिकाका प्रमख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले बोल्दै विभिन्न राजनीतिक दलका जनप्रतिनिधि ,बुद्धिजीवी समाजसेवी , समाजका अगुवाइ , विभिन्न सङ्घ ,संस्था , कर्मचारी ,शिक्षक लगायत सबैको सहकार्य र समन्वय नभए सम्म कुनैपनि जैविक विविधताको समानता नहुने र यस पालिकाका सबै सङ्घ संस्था, समाजका अगुवाइ ,विभिन्न राजनीतिक दलका जनप्रतिनिधि लगायत सवै सरकार वाला तथा गैर सरोकारवालाहरूले हातेमालो र सहयोग गर्नुपर्छ भन्नेमा जोड् दिनुभएको हो ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन ढोरपाटनको अध्यक्षमा किरण पौडेल ।

0

माघ ५ गते ढोरपाटन

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन ढोरपाटन नगरको तेश्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट किरण पौडेल अध्यक्ष रहेको २३ सदस्य समितिको गठन गरिएको छ ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन ढोरपाटन नगर अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रमका अवसरमा किरण पौडेल अध्यक्ष, दिपेन्द्र छन्त्याल उपाध्यक्ष, प्रतिभा आचार्य महिला उपाध्यक्ष, विकास गिरी सचिव ,राजु वि.क. कोषाध्यक्ष ,शान्ति पुन सह सचिब, खुमा कुमार पाण्डे सह कोषाध्यक्ष रहेको २३ सदस्य समितिको सहमतिबाट नेतृत्व चयन गरिएको नारायण पौडेलले बताउनु भयो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश कोषाध्यक्ष ओम बहादुर थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा थापाले बोल्दै सबै शैक्षिक समस्याहरूको समाधानका निम्ती यथाशीघ्र शिक्षा ऐन जारी हुनुपर्नेमा जोड दिँदै नवगठित समितिलाई शुभकामना मन्तव्य व्यक्तः गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला अध्यक्ष गंगा शर्मा, नेकपा एमाले गण्डकी प्रदेश सदस्यहरू टंक प्रसाद पौडेल, लक्ष्मण पुन, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गण्डकी प्रदेश सदस्य खिमानन्द आर्चाय लगायतको आतिथ्यता एव्म शुभकामना मन्तव्य रहेको थियो ।

कार्यक्रम निवर्तमान उपाध्यक्ष प्रतिभा आर्चायको स्वागत सचिव निरीश्वर पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटना १० जना घाइते

0

सांकेतिक तस्बिर

माघ ३ गते ढोरपाटन
बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ६ मा पिकअप जिप दुर्घटना भएको छ । बिहिबार साँझ गाडीखोलादेखि घैयाखानी जाने क्रममा ग ३ च ३८९ नम्बर पिकअप जिप रातको ८ः३० बजे दुर्घटना भएको जनाईएको हो । दुर्घटनामा १० जना घाइते भएका छन ।
घाइते मध्ये ६३ बर्षिय काजी कामी र ३८ बर्षिय चलदेवी कामीको अवस्था गम्भिर रहेका कारण थप उपचारका लागी रिफर गर्ने तयारी भइरहेको प्रादेशिक अस्पत्ताल बुर्तिबाङका प्रमुख डा. नविन्द्र ढकालले बताउनु भयो ।
घाइतेको उद्धार गरी प्रादेशिक अस्पत्तालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएके छ । अन्य ८ जनाको अवस्था सामान्य रहेका कारण खतरा मूक्त रहेको र गम्भिर दुई जनाको मासु र छाला च्यापिएको समस्या देखिएका कारण रिफर गर्नुपर्ने अवस्था आएको डा. ढकालको भनाई छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

फल्लेघर देखि ढोरपाटन सडक कालोपत्रेका निम्ती ३० करोड बजेट ।

0

पौष २९ गते ढोरपाटन
सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगतको ढोरपाटन नगरपालिकाको फल्लेघर देखि देउराली ढोरपाटन ९ किलोमिटर सडक खण्डको सडक स्तरोन्ती सहित कालोपत्रेका निम्ती अर्थ मन्त्रालयबाट ३० करोड बजेटको श्रोत सुनिश्चतता भएको छ

चालु आर्थिक बर्षमै ठेक्का सम्झौता भई अर्काे बर्ष काम सक्ने गरी बहुबर्षिय योजना अन्र्तगत बजेट बिनियोजन भएको जनाइएको हो ।
बागलुङ क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य माननीय दोर्ण कुमार कुवँरको पहलमा चालु आर्थिक बर्षदेखि नै काम सुरु हुने गरी बजेट व्यवस्थापन भएको पाइएको छ ।

गत साउन महिनामा उक्त सडक खण्ड निर्माणका निम्ती ९५ करोड बजेट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा माग गर्नुभएका सांसद कुवँरले यस क्षेत्रका नागरिकको समस्या र प्रर्यटकिय एव्म धार्मिक स्थल ढोरपाटन पुग्ने सडक सास्तीलाई मध्यनगर राख्दै आफुले सरकार समक्ष गरेको पहल पुरा भएको बताउनु भयो ।

देशको आर्थिक परिवेश अनुसार कम बजेट सुनिश्चत भएपनी यस क्ष्ोत्रका नागरिकको समस्यालाई मध्यनजर गर्दे चाँडै काम हुने बताउनु भयो ।
सालmभण्डी ढोरपाटन सडक खण्ड अन्र्तगत बुर्तिबाङ देखि ढोरपाटन करिब ३२ किलोमिटर पर्दछ । जहाँ बुर्तिबाङदेखि फल्लेघरसम्मको २२ किलोमिटर खण्डको आयोजनाले स्टान्डर्ड ग्राभेलिङको लागी काम गरिरहेको हो ।
फल्लेघर देखि ढोरपाटन सम्म हालसम्म कुनै निकायबाट काम नभएको अवस्थामा अब सडक निर्माणले गति लिनेमा स्थानीय नागरिक आशाबादी देखिएका छन ।

उक्त खण्डमा सडक साँघुरो, चिप्लो र असजिलो हुँदा स्थानीय नागरिक र प्रर्यटकले निरन्तर शास्ती खेप्दै आएका छन ।

ढोरपाटन नगरपालिकाको नगरसभा तथा १६ औँ अधिवेशन ।

0

बागलुङको ढोरपाटन नगरपालिकाकाले हिउँदे नगरसभा तथा १६ औँ अधिवेशन सोमबार देखि सुरु भएको छ । बजेट, योजना तथा कार्यक्रम माथीको प्रस्ताव संगै विभिन्न ५ वटा ऐन कार्यविधी सभामा पेश गरिएको हो ।

ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको अध्यक्षतामा सञ्चालन भएको सभा तथा अधिवेशनबाट १५ औँ नगरसभाबाट पास भएका योजनालाइ थप संसोधन गर्दे ६८ करोड, ७८ लाख ५० हजार पाँच सय रुपैयाँ कुल बजेट सहितको विभिन्न संसोधित योजना, कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो ।

प्रस्तावित बार्षिक बजेट कार्यक्रम र योजना अन्र्तगत १५ औँ अधिवेशनको बजेटमा थप २५ लाखको बजेट थप गर्दे २८ वटा संसोधित योजना र कार्यक्रम पारित गरिएको हो । बजेट, कार्यक्रम र योजनालाई सभाको बहुमतद्धारा पारित गरिएको हो ।
त्यस्तै कार्यपालिका बैठक पौष २२ गतेको निर्णय वमोजिम विभिन्न ५ वटा ऐन, विधेयक र नियमावलीको प्रस्ताव माथी छलफल गरिएको छ।

पेश गरिएको प्रस्ताव अन्र्तगत ढोरपाटन नगरपालिका शिक्षा विधेयक २०८१, ढोरपाटन नगरपालिका सहकारी नियमावली २०८१, ढोरपाटन नगरपालिका सार्वजनिक खरिद नियमावली २०८१, ढोरपाटन नगरपालिका विद्यालय समितीको कार्यसंचालन कार्यविधी २०८१ र ढोरपाटन नगरपालिका व्यवसाय दर्ता विद्येयक २०८१ सभामा प्रस्तुत गरिएको छ ।

प्रस्तुत ऐन, विधेयक र नियमावली उपर सभाका सदस्यले अध्ययन गर्ने र व्यापक छलफल पछि सभाबाट पारित गर्ने गरी माघ ११ गते अर्काे सभा बस्ने गरी निर्णय गरीएको हो । नगरसभामा सभाका सदस्यहरु वान बहादुर छन्त्याल, खिम बहादुर विक.,दिलिप कुमार थापा, गोपाल महत, नविन शेरचन, तम बहादुर घर्ति, तिलक पुन, धन बहादुर अदै, नविन शेरचनले आफनो धारणा राख्नु भएको हो ।
सभाका सदस्यले ऐन, विधेयक र कार्यविधी, नियमावली सबै सदस्यले अध्ययन गरेर प्रकृया वमोजिम अगाडी बढ्नुपर्ने प्रस्ताव राखेसंगै सभा अध्यक्षले समय थप गर्नुभएको हो ।
ऐन कानुन जस्तो विषय गम्भिर रुपमा अध्ययन गरेर मात्रै पारित गर्नुपर्ने भएका कारण माघ ११ गते सम्म समय उपलब्ध गराइएको सभाअध्यक्ष धन बहादुर कायतले बताउनु भयो । कार्यक्रममा नगर सदस्य, कर्मचारी, पत्रकार लगाएतको उपश्थिती रहेको थियो । कार्यक्रम ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवि घिमिरेले सहजिकरण गर्नुभएको हो ।

ढोरपाटन नगरपालिकामा सञ्चालित छैठो राष्ट्रपति रनिङ शिल्डको उपाधि उत्तरगंगा माविलाई ।

0

पौष २८ गते ढोरपाटन
गत पौष २६ गतेदेखि सुरु भएको ढोरपाटन नगरपालिका स्तरीय छैठो राष्ट्रपति रनिङ शिल्डको उपाधि उत्तरगंगा माध्यमिक विद्यालय ढोरपाटन १ ले प्राप्त गरेको छ ।
विभिन्न २६ इभेन्टमा सञ्चालित प्रतियोगिता अन्र्तगत छात्र भविबल प्रथम सहित विभिन्न विधामा ६ स्वर्ण, १ रजत, २ कास्य पदक सहित कुल ९ पदकमा प्रथम स्थान हासिल गर्दे प्रथम पुरस्कार, रनिङ शिल्ड,मेडल र प्रमाणपत्र हात पार्न सफल भएको हो ।
त्यस्तै द्धिर्तियमा ४ स्र्वण, ३ रजत र २ कास्य सहित सरस्वती माध्यमिक विद्यालय दिर्तिय भएको छ । तृर्तियमा भुजि माध्यमिक विद्यालय रहेको हो उक्त विद्यालयले ४ स्वर्ण, २ रजत, ३ कास्य पदक प्राप्त गरेको छ ।
उत्कृष्ट प्रथम दिर्तिय र तिर्तिय हुने विद्यालयलाई क्रमश २० हजार, १५ हजार र १० हजार नगद सहित ट्रफि ,मेडल र सम्मानपत्र द्धारा सम्मान गरिएको हो । प्रतियोगितामा १४ माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।

छात्र छात्रा डौड तर्फ २००,४००,८००,१५००,३००० मिटरको डौड, लङजम्प, हाइजम्प, त्रिपलजम्प, ज्याप्लिङ थ्रो, सटपुट, छात्र छात्रा भलिवल गरी २६ इभेन्द सहितका कारण सम्पन्न गरिएको हो ।
कार्यक्रममा उत्कृष्ट खेलाडी, उत्कृष्ट समुहका विद्यार्थीलाई सम्मान र पुरस्कृत गरिएको थियो ।

आयोजित समापन सत्रको कार्यक्रम उत्तरगंगा माध्यमिक विद्यालय व्यवस्थापन समिती अध्यक्ष एव्म वडा नम्बर १ का अध्यक्ष वान बहादुर छन्त्यालको अध्यक्षता, ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको प्रमुख आतिथ्यता, शिक्षा शाखा प्रमुख गणेश बहादुर रावल, जनप्रतिनिधी, व्यवस्थापन समिती पदाधिकारी, शिक्षक, पत्रकार, प्रहरी लगाएतको आतिथ्यता रहेको कार्यक्रम शिक्षक लोकेन्द्र सुनारले सञ्चालन गर्नुभएको थियो ।

ढोरपाटन नगरविकास समितीलाई दिइयो पूर्णता ।

0

पौष २८ ढोरपाटन

बागलुङको ढोरपाटन नगरपालिका अन्र्तगत नगरविकास समितीलाई आइतबारको बैठकबाट पूर्णता दिने गरी अगाडी बढाइएको छ । नया शहर आयोजना सञ्चालन भएको १२ बर्ष वितिसक्दा स्थानीय तह सञ्चालन भएको ८ बर्षमा बल्ल समितीलाई पूर्णता दिने गरी आवस्यक प्रकृया अगाडी बढाइएको ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवि घिमिरेले बताउनु भयो ।
समितीको सदस्य सचिव समेत रहेका घिमिरेका अनुसार नयाँशहर आयोेजनालाई व्यवस्थित गराउन, योजनाको प्रभावकारीतालाई मुर्त रुप दिन, नयाँशहर आयोजनाको कार्यक्षेत्र ढोरपाटन नगरपालिका वडा नम्बर १,२ र ३ मादिगो योजनाबनाउन र भइरहेका कामको अनुगमन, मूल्याँकन गर्नकानिम्ती नगरविकास समितीले कामगर्ने गरी ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धनबहादुर कायत अध्यक्ष रहेको १० सदस्य समितीको गठन गरिएको हो ।

समितीको सदस्यहरुमा जिल्ला सम्मोन्य समितीले तोकेर पठाएको प्रतिनिधी टेक बहादुर अर्गेजा जिल्ला प्रशासन कार्यालय बागलुङका अधिकृत प्रतिनिधी, शव डिभिजन कार्यालय बुर्तिबाङका प्रतिनिधी विजय सुनार, वडा नम्बर १ का अध्यक्ष वान बहादुर छन्त्याल, वडा नम्बर २ का अध्यक्ष भेक बहादुर खत्री,वडा नम्बर ३ का अध्यक्ष खिमबहादुर सुनार सदस्य रहेको समिती चयन भएको हो ।

त्यस्तै सदस्यमा कार्यपालिकाले मनोनित गरेको महिलाप्रतिनिधी दुर्गादेवी घर्ति, निलबहादुर पुन र सदस्य सचिवमा प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवि घिमिरे रहनु भएको हो ।
समितीको बैठकले सल्लाहकारमा मेशलाल शर्मा, टंक प्रसाद पौडेल, धनबहादुर कुवँरलाई चयन गरिएको हो । आमन्त्रित सदस्यमा नयाँशहर आयोजना कार्यालयका इन्जिनीयर कोमल चन्द्र शाह, नेत्रलाल उपाध्यायलाई राखिएको जनाइएको हो ।

समितीले नगर विकास समितीको पूर्णता, संस्थाको छाप र खाता सञ्चालन, कार्यक्षेत्र निर्धारण लगाएतकाविषयामा छलफल गरेको सदस्य सचिव घिमिरेले बताउनु भयो । स्थानीय तह सञ्चालन पछि मेयर देवकुमार नेपालीको अध्यक्षतामा समितीको गठन गरिएपनी समितीको पूर्णता र आवस्यक प्रकृया पुरा नभएको जनाइएको हो ।

नयाँ शहर आयोजनाले गर्ने सडक, खानेपानी, पूर्वाधार, ढल निकास, भौतिक संरचना निर्माण लगाएतका कार्यमा काम गर्दे आइरहेको हो ।

निसीखोला गाउँपालिका गाउँसभाको १५ औँ अधिवेशन: विभिन्न ६ ऐन कार्यविधी पारित ।

0

पौष २८ ढोरपाटन
निसीखोला गाउँपालिकाको १५ औँ अधिवेशन शनिबार सम्पन्न भएको छ । गाउँँसभाले विभिन्न ६ वटा ऐन तथा कार्यविधी पारित गरेको हो ।
गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिको अध्यक्षतामा आयोजित गाउँसभाबाट सहकारी ऐन २०७४ संसोधन , निसीखोला गाउँपालिकाको सञ्जाल गठन कार्यविधी २०८१, मेलमिलाप केन्द्र गठक सम्बन्धी कार्यविधी २०८१, शैक्षिक आवधिक योजना २०८१÷०८२—२०८५÷०८६ पारित गरिएको छ ।
त्यस्तै गैर सकारी संस्था परिचालन कार्यविधी २०८१, सार्वजनिक खरिद नियमावली २०८१ गरी ६ वटा ऐन र कार्यविधी सभाबाट पारित गरिएको गाउँपालिका प्रशासकिय अधिकृत दिलिप कुमार चन्दले बताउनु भयो ।
गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिद्धारा प्रस्तुत निती तथा कार्यक्रम माथी छलफल र उपाध्यक्ष प्रेम बहादुर घर्तिद्धारा प्रस्तुत बजेट माथि छलफल गर्दे नयाँ ३१ लाख सहितबर्षे अधिवेशनबाट पारित केहि बजेट र योजना संसोधन, थपघट सहित पारित गरिएको जनाईएको छ ।
त्यस्तै गाउँपालिकाले चालु आर्थिक बर्षको हालसम्म कुल बजेटको २८ प्रतिशत खर्च गरेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत जीवन पुनले बताउनु भयो
कार्यक्रममा गाउँ सभा सदस्य, राजनैतिक दलका प्रतिनिधी, पूर्व निसीखोला गाउँपालिका जनप्रतिनिधी ,कर्मचारी लगाएतको उपश्थिती रहेको थियो ।
कार्यक्रम प्रमुखप्रशासकिय अधिकृत जीवन पुनको स्वागत, प्रशासकिय अधिकृत दिलिप कुमार चन्दको सञ्चालनमा सम्पन्न भएको हो ।

ढोरपाटन नगरपालिकाको छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु ।

0

पौष २६, बुर्तिबाङ ।
ढोरपाटन नगरपालिकाको छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट ढोरपाटन नगरपालिकाको उत्तर गंगा नमुना माध्यमिक विद्यालयमा सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ अन्तर विद्यालय स्थानीय तह स्तरीय छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर धन बहादुर कायत कल्याणले दिप प्रज्जवलन गरी उद्घाटन गर्नुभएको हो ।
उद्घाटन सत्रमा बोल्दै कायतले खेलकुद क्षेत्रसँगै शिक्षालाई पनि सँगसँगै लैजानुपर्नेमा जोड दिनुभएको थियो । शिक्षा भनेको ज्ञानको ज्योति हो भन्दै शिक्षा क्षेत्रलाई आमूल परिवर्तन गर्नका लागि ढोरपाटन नगरपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरेको पनि बताउनुभएको थियो । यहाँबाट विजेता भएर जिल्ला तथा प्रदेश स्तरमा गएर विजेता भई आएमा नरपालिकाको तर्फबाट विशेष सम्मान गर्ने घोषणा गर्नु भएको हो । भलिबल खेल राष्ट्रिय खेल भएको र यसमा विभिन्न स्थानमा पुगेर नाम राख्न सफल यस क्षेत्रका खेलाडीलाई पनि नगरपालिकाको तर्फबाट अबका दिनमा सम्मान गर्ने उद्घोष गर्नुभएको थियो । यस प्रतियोगितामा सहभागि सम्पूर्ण विद्यालयका खेलाडी विद्यार्थी, शिक्षक लगायतलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

त्यस्तै नगरपालिकाका शिक्षा शाखाका प्रमुख गणेश रावलले बोल्दै विद्यालयको शिक्षा प्रणालीलाई सुधार गर्नका लागि राष्ट्रपति रनिङ शिल्डले पनि महत्वपुर्ण भूमिका खेल्ने बताउनुभयो । शिक्षा क्षेत्रलाई सुधार गर्नका लागि शिक्षकले चक डस्टर बोकेर मात्र नभई खेलकुदका माध्यमबाट विद्यार्थीको प्रतिभा प्रस्फुटनमा पनि जोड दिन सक्नुपर्ने बताउनुभएको थियो । आयोजित कार्यक्रमको अवसरमा वडा नं. ३ का वडा अध्यक्ष खिम सुनार, वडा नं. २ का अध्यक्ष दुर्गा खत्री , बुर्तिबाङ इलाका प्रहरी कार्यालयका प्रमुख आनन्द बस्नेत, सम्पूर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक, विद्यार्थी, अभिभावक, शिक्षा प्रेमी, प्रहरी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका अवरसमा विभिन्न ¥यालि सहित बजार परिक्रमा गरिएको थियो । आज सञ्चालन भएको खेलकुद अन्तर्गत छात्र भलिबल तर्फ शिवालय मावि र ज्ञानोदय माविबिचको खेलमा शिवालय माविले जित हासिल गरी अघिल्लो चरणमा प्रवेश गरेको छ भने छात्रा भलिबल तर्फ जनता इङलिस बोर्डिङ स्कुल र शिवालय माविबिच भएको खेलमा जनता बोर्डिङ स्कलले जित आत पार्दै अघिल्लो चरणमा प्रवेश गरेको खेल संयोजक चित्र बहादुर पुनले जानकारी दिनुभयो । बाँकी खेल भोलि बिहान देखि सञ्चालन गरिने रेफ्रि संयोजक दिपेन्द्र छन्त्यालले बताउनुभयो ।

आयोजित कार्यक्रमका अवसरमा विभिन्न खेलकुदमा १४ विद्यालयको सहभागिता रहेको छ । कार्यक्रममा ढोरपाटन नगरपालिकाको आयोजना उत्तरगंगा माध्यमिक विद्यालयको व्यवस्थापनमा हुने प्रतियोगितामा छात्र, छात्रा भलिबल, छात्रा छात्र दुबै तर्फको एकसय, दुई सय, चार सय, आठ सय, पन्ध्र सय र तीन हजार मिटरको दौड प्रतियोगिता, रिले दौड प्रतियोगिता आयोजना गरिएको छ । त्यस्तै फिल्ड तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक किरण पौडेलले जानकारी दिनुभयो ।

समउद्घाटन सत्रको कार्यक्रम वडा नं. १ का अध्यक्ष एवम् उत्तर गंगा नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वान बहादुर छन्त्यालको अध्यक्षता तथा उत्तर गंगा नमुना माध्यकि विद्यालयका शिक्षा हिरा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।