पौष २८ गते ढोरपाटन
गत पौष २६ गतेदेखि सुरु भएको ढोरपाटन नगरपालिका स्तरीय छैठो राष्ट्रपति रनिङ शिल्डको उपाधि उत्तरगंगा माध्यमिक विद्यालय ढोरपाटन १ ले प्राप्त गरेको छ ।
विभिन्न २६ इभेन्टमा सञ्चालित प्रतियोगिता अन्र्तगत छात्र भविबल प्रथम सहित विभिन्न विधामा ६ स्वर्ण, १ रजत, २ कास्य पदक सहित कुल ९ पदकमा प्रथम स्थान हासिल गर्दे प्रथम पुरस्कार, रनिङ शिल्ड,मेडल र प्रमाणपत्र हात पार्न सफल भएको हो ।
त्यस्तै द्धिर्तियमा ४ स्र्वण, ३ रजत र २ कास्य सहित सरस्वती माध्यमिक विद्यालय दिर्तिय भएको छ । तृर्तियमा भुजि माध्यमिक विद्यालय रहेको हो उक्त विद्यालयले ४ स्वर्ण, २ रजत, ३ कास्य पदक प्राप्त गरेको छ ।
उत्कृष्ट प्रथम दिर्तिय र तिर्तिय हुने विद्यालयलाई क्रमश २० हजार, १५ हजार र १० हजार नगद सहित ट्रफि ,मेडल र सम्मानपत्र द्धारा सम्मान गरिएको हो । प्रतियोगितामा १४ माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।
छात्र छात्रा डौड तर्फ २००,४००,८००,१५००,३००० मिटरको डौड, लङजम्प, हाइजम्प, त्रिपलजम्प, ज्याप्लिङ थ्रो, सटपुट, छात्र छात्रा भलिवल गरी २६ इभेन्द सहितका कारण सम्पन्न गरिएको हो ।
कार्यक्रममा उत्कृष्ट खेलाडी, उत्कृष्ट समुहका विद्यार्थीलाई सम्मान र पुरस्कृत गरिएको थियो ।
आयोजित समापन सत्रको कार्यक्रम उत्तरगंगा माध्यमिक विद्यालय व्यवस्थापन समिती अध्यक्ष एव्म वडा नम्बर १ का अध्यक्ष वान बहादुर छन्त्यालको अध्यक्षता, ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको प्रमुख आतिथ्यता, शिक्षा शाखा प्रमुख गणेश बहादुर रावल, जनप्रतिनिधी, व्यवस्थापन समिती पदाधिकारी, शिक्षक, पत्रकार, प्रहरी लगाएतको आतिथ्यता रहेको कार्यक्रम शिक्षक लोकेन्द्र सुनारले सञ्चालन गर्नुभएको थियो ।