बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटना १० जना घाइते

सांकेतिक तस्बिर

माघ ३ गते ढोरपाटन
बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ६ मा पिकअप जिप दुर्घटना भएको छ । बिहिबार साँझ गाडीखोलादेखि घैयाखानी जाने क्रममा ग ३ च ३८९ नम्बर पिकअप जिप रातको ८ः३० बजे दुर्घटना भएको जनाईएको हो । दुर्घटनामा १० जना घाइते भएका छन ।
घाइते मध्ये ६३ बर्षिय काजी कामी र ३८ बर्षिय चलदेवी कामीको अवस्था गम्भिर रहेका कारण थप उपचारका लागी रिफर गर्ने तयारी भइरहेको प्रादेशिक अस्पत्ताल बुर्तिबाङका प्रमुख डा. नविन्द्र ढकालले बताउनु भयो ।
घाइतेको उद्धार गरी प्रादेशिक अस्पत्तालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएके छ । अन्य ८ जनाको अवस्था सामान्य रहेका कारण खतरा मूक्त रहेको र गम्भिर दुई जनाको मासु र छाला च्यापिएको समस्या देखिएका कारण रिफर गर्नुपर्ने अवस्था आएको डा. ढकालको भनाई छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित