नेपाल राष्ट्रिय शिक्षक सङ्गठन ढोरपाटनको अध्यक्षमा किरण पौडेल ।

माघ ५ गते ढोरपाटन

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन ढोरपाटन नगरको तेश्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट किरण पौडेल अध्यक्ष रहेको २३ सदस्य समितिको गठन गरिएको छ ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन ढोरपाटन नगर अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रमका अवसरमा किरण पौडेल अध्यक्ष, दिपेन्द्र छन्त्याल उपाध्यक्ष, प्रतिभा आचार्य महिला उपाध्यक्ष, विकास गिरी सचिव ,राजु वि.क. कोषाध्यक्ष ,शान्ति पुन सह सचिब, खुमा कुमार पाण्डे सह कोषाध्यक्ष रहेको २३ सदस्य समितिको सहमतिबाट नेतृत्व चयन गरिएको नारायण पौडेलले बताउनु भयो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश कोषाध्यक्ष ओम बहादुर थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा थापाले बोल्दै सबै शैक्षिक समस्याहरूको समाधानका निम्ती यथाशीघ्र शिक्षा ऐन जारी हुनुपर्नेमा जोड दिँदै नवगठित समितिलाई शुभकामना मन्तव्य व्यक्तः गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला अध्यक्ष गंगा शर्मा, नेकपा एमाले गण्डकी प्रदेश सदस्यहरू टंक प्रसाद पौडेल, लक्ष्मण पुन, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गण्डकी प्रदेश सदस्य खिमानन्द आर्चाय लगायतको आतिथ्यता एव्म शुभकामना मन्तव्य रहेको थियो ।

कार्यक्रम निवर्तमान उपाध्यक्ष प्रतिभा आर्चायको स्वागत सचिव निरीश्वर पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित