ढोरपाटन नगरपालिकाको नगरसभा तथा १६ औँ अधिवेशन ।

बागलुङको ढोरपाटन नगरपालिकाकाले हिउँदे नगरसभा तथा १६ औँ अधिवेशन सोमबार देखि सुरु भएको छ । बजेट, योजना तथा कार्यक्रम माथीको प्रस्ताव संगै विभिन्न ५ वटा ऐन कार्यविधी सभामा पेश गरिएको हो ।

ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको अध्यक्षतामा सञ्चालन भएको सभा तथा अधिवेशनबाट १५ औँ नगरसभाबाट पास भएका योजनालाइ थप संसोधन गर्दे ६८ करोड, ७८ लाख ५० हजार पाँच सय रुपैयाँ कुल बजेट सहितको विभिन्न संसोधित योजना, कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो ।

प्रस्तावित बार्षिक बजेट कार्यक्रम र योजना अन्र्तगत १५ औँ अधिवेशनको बजेटमा थप २५ लाखको बजेट थप गर्दे २८ वटा संसोधित योजना र कार्यक्रम पारित गरिएको हो । बजेट, कार्यक्रम र योजनालाई सभाको बहुमतद्धारा पारित गरिएको हो ।
त्यस्तै कार्यपालिका बैठक पौष २२ गतेको निर्णय वमोजिम विभिन्न ५ वटा ऐन, विधेयक र नियमावलीको प्रस्ताव माथी छलफल गरिएको छ।

पेश गरिएको प्रस्ताव अन्र्तगत ढोरपाटन नगरपालिका शिक्षा विधेयक २०८१, ढोरपाटन नगरपालिका सहकारी नियमावली २०८१, ढोरपाटन नगरपालिका सार्वजनिक खरिद नियमावली २०८१, ढोरपाटन नगरपालिका विद्यालय समितीको कार्यसंचालन कार्यविधी २०८१ र ढोरपाटन नगरपालिका व्यवसाय दर्ता विद्येयक २०८१ सभामा प्रस्तुत गरिएको छ ।

प्रस्तुत ऐन, विधेयक र नियमावली उपर सभाका सदस्यले अध्ययन गर्ने र व्यापक छलफल पछि सभाबाट पारित गर्ने गरी माघ ११ गते अर्काे सभा बस्ने गरी निर्णय गरीएको हो । नगरसभामा सभाका सदस्यहरु वान बहादुर छन्त्याल, खिम बहादुर विक.,दिलिप कुमार थापा, गोपाल महत, नविन शेरचन, तम बहादुर घर्ति, तिलक पुन, धन बहादुर अदै, नविन शेरचनले आफनो धारणा राख्नु भएको हो ।
सभाका सदस्यले ऐन, विधेयक र कार्यविधी, नियमावली सबै सदस्यले अध्ययन गरेर प्रकृया वमोजिम अगाडी बढ्नुपर्ने प्रस्ताव राखेसंगै सभा अध्यक्षले समय थप गर्नुभएको हो ।
ऐन कानुन जस्तो विषय गम्भिर रुपमा अध्ययन गरेर मात्रै पारित गर्नुपर्ने भएका कारण माघ ११ गते सम्म समय उपलब्ध गराइएको सभाअध्यक्ष धन बहादुर कायतले बताउनु भयो । कार्यक्रममा नगर सदस्य, कर्मचारी, पत्रकार लगाएतको उपश्थिती रहेको थियो । कार्यक्रम ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवि घिमिरेले सहजिकरण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित