फल्लेघर देखि ढोरपाटन सडक कालोपत्रेका निम्ती ३० करोड बजेट ।

पौष २९ गते ढोरपाटन
सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगतको ढोरपाटन नगरपालिकाको फल्लेघर देखि देउराली ढोरपाटन ९ किलोमिटर सडक खण्डको सडक स्तरोन्ती सहित कालोपत्रेका निम्ती अर्थ मन्त्रालयबाट ३० करोड बजेटको श्रोत सुनिश्चतता भएको छ

चालु आर्थिक बर्षमै ठेक्का सम्झौता भई अर्काे बर्ष काम सक्ने गरी बहुबर्षिय योजना अन्र्तगत बजेट बिनियोजन भएको जनाइएको हो ।
बागलुङ क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य माननीय दोर्ण कुमार कुवँरको पहलमा चालु आर्थिक बर्षदेखि नै काम सुरु हुने गरी बजेट व्यवस्थापन भएको पाइएको छ ।

गत साउन महिनामा उक्त सडक खण्ड निर्माणका निम्ती ९५ करोड बजेट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा माग गर्नुभएका सांसद कुवँरले यस क्षेत्रका नागरिकको समस्या र प्रर्यटकिय एव्म धार्मिक स्थल ढोरपाटन पुग्ने सडक सास्तीलाई मध्यनगर राख्दै आफुले सरकार समक्ष गरेको पहल पुरा भएको बताउनु भयो ।

देशको आर्थिक परिवेश अनुसार कम बजेट सुनिश्चत भएपनी यस क्ष्ोत्रका नागरिकको समस्यालाई मध्यनजर गर्दे चाँडै काम हुने बताउनु भयो ।
सालmभण्डी ढोरपाटन सडक खण्ड अन्र्तगत बुर्तिबाङ देखि ढोरपाटन करिब ३२ किलोमिटर पर्दछ । जहाँ बुर्तिबाङदेखि फल्लेघरसम्मको २२ किलोमिटर खण्डको आयोजनाले स्टान्डर्ड ग्राभेलिङको लागी काम गरिरहेको हो ।
फल्लेघर देखि ढोरपाटन सम्म हालसम्म कुनै निकायबाट काम नभएको अवस्थामा अब सडक निर्माणले गति लिनेमा स्थानीय नागरिक आशाबादी देखिएका छन ।

उक्त खण्डमा सडक साँघुरो, चिप्लो र असजिलो हुँदा स्थानीय नागरिक र प्रर्यटकले निरन्तर शास्ती खेप्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित