निसीखोला गाउँपालिका गाउँसभाको १५ औँ अधिवेशन: विभिन्न ६ ऐन कार्यविधी पारित ।

पौष २८ ढोरपाटन
निसीखोला गाउँपालिकाको १५ औँ अधिवेशन शनिबार सम्पन्न भएको छ । गाउँँसभाले विभिन्न ६ वटा ऐन तथा कार्यविधी पारित गरेको हो ।
गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिको अध्यक्षतामा आयोजित गाउँसभाबाट सहकारी ऐन २०७४ संसोधन , निसीखोला गाउँपालिकाको सञ्जाल गठन कार्यविधी २०८१, मेलमिलाप केन्द्र गठक सम्बन्धी कार्यविधी २०८१, शैक्षिक आवधिक योजना २०८१÷०८२—२०८५÷०८६ पारित गरिएको छ ।
त्यस्तै गैर सकारी संस्था परिचालन कार्यविधी २०८१, सार्वजनिक खरिद नियमावली २०८१ गरी ६ वटा ऐन र कार्यविधी सभाबाट पारित गरिएको गाउँपालिका प्रशासकिय अधिकृत दिलिप कुमार चन्दले बताउनु भयो ।
गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिद्धारा प्रस्तुत निती तथा कार्यक्रम माथी छलफल र उपाध्यक्ष प्रेम बहादुर घर्तिद्धारा प्रस्तुत बजेट माथि छलफल गर्दे नयाँ ३१ लाख सहितबर्षे अधिवेशनबाट पारित केहि बजेट र योजना संसोधन, थपघट सहित पारित गरिएको जनाईएको छ ।
त्यस्तै गाउँपालिकाले चालु आर्थिक बर्षको हालसम्म कुल बजेटको २८ प्रतिशत खर्च गरेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत जीवन पुनले बताउनु भयो
कार्यक्रममा गाउँ सभा सदस्य, राजनैतिक दलका प्रतिनिधी, पूर्व निसीखोला गाउँपालिका जनप्रतिनिधी ,कर्मचारी लगाएतको उपश्थिती रहेको थियो ।
कार्यक्रम प्रमुखप्रशासकिय अधिकृत जीवन पुनको स्वागत, प्रशासकिय अधिकृत दिलिप कुमार चन्दको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित