ढोरपाटन नगरपालिकामा जलवायु तथा जैविक विविधता सम्बन्धी अनुगमन तथा अन्तरक्रिया कार्यक्रम ।

बागलुङको ढोरपाटन नगरपालिका बुर्तिबाङमा जलवायु तथा जैविक विविधता सम्वन्धी सङ्घीय सरकार देखी स्थानीय पालिका स्तर सम्मको अनुगमन तथा अन्तरक्रिया कार्यक्रम मङ्गलबार सम्पन्न भएको हो ।

नेपाल सरकार तथा वन मन्त्रालयको आयोजना ,UNDPGEF को आर्थिक सहयोग तथा कफ्सन नेपाल र स्कलर नेपालको व्यवस्थापनमा ढोरपाटन नगरपालिकामा जैविक विविधता , भू संरक्षण , वातावरण संरक्षण तथा स्थानिय स्तरमा देखिएका समसामयिक समस्याहरूको पहिचान गरी त्यसलाई कसरी समधान गर्न सकिन्छ भन्ने कुरामा अन्तरक्रिया कार्यक्रम भएको हो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि , सरकारवाला , बुद्धिजीवी, समाजको अगुवाइ ,पालिकाका कर्मचारी , विभिन्न सरकारी तथा गैर सरकारी संघ ,संस्थामा आवद्ध व्यक्तिहरू, प्रहरी , सञ्चारकर्मी लगायतको उपस्थितिमा जलवायु तथा जैविक विविधताको रणनिति सम्वन्धी अन्तरक्रिया तथा विभिन्न विषय वस्तुहरूमा छलफल भएको थियो । वि .स २०२४ देखी २०३० सम्ममा वन तथा वातावरण मन्त्रालयमा जल वायु तथा जैविक विविधता सम्बन्धी नयाँ रणनिति ल्याउने उद्देश्यले देश भरका सात वटै प्रदेशमा गएर सल्लाह सुझावहरू सङ्कलन गर्ने नेपाल जैविक विविधताको पुनरावलोकन ,छलफल गरेर २०३० सम्ममा नयाँ रणनिति ल्याउने नेपाल सरकारको लक्ष्य रहेको जनाइएको छ ।

जलवायु तथा जैविक विविधताको रणनिति व्यवस्थापनका श्याम कृष्ण श्रेष्ठले जानकारी दिनु भएको हो । अहिले सम्ममा देशका सात वटा प्रदेशका करिव २८ वटा जिल्ला तथा पालिकामा अनुगमन तथा अन्तरक्रिया कार्यक्रम भएको विष्णु बहादुर नेपालीले जानकारी दिनुभएको हो ।

कार्यक्रमका अवसरमा ढोरपाटन नगरपालिकाका प्रमख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले बोल्दै विभिन्न राजनीतिक दलका जनप्रतिनिधि ,बुद्धिजीवी समाजसेवी , समाजका अगुवाइ , विभिन्न सङ्घ ,संस्था , कर्मचारी ,शिक्षक लगायत सबैको सहकार्य र समन्वय नभए सम्म कुनैपनि जैविक विविधताको समानता नहुने र यस पालिकाका सबै सङ्घ संस्था, समाजका अगुवाइ ,विभिन्न राजनीतिक दलका जनप्रतिनिधि लगायत सवै सरकार वाला तथा गैर सरोकारवालाहरूले हातेमालो र सहयोग गर्नुपर्छ भन्नेमा जोड् दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित