बुर्तिबाङ– ढोरपाटन सडक खण्डको काम ३८ प्रतिशत बढि ।

माघ १६ ढोरपाटन
सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगतको बुर्तिबाङ ढोरपाटन फल्लेघर सडक खण्डको कामले पछिल्लो समय गति लिएको छ ।
तिन बर्षमा जम्मा २६ प्रतिशत भौतिक प्रगती भएको सडक आयोजनाको पछिल्लो समय धमाधम निर्माणको काम भएपछि एक महिनामै १२ प्रतिशत हाराहारीमा काम भइरहेको निर्माण व्यवसायी दाल बहादुर कुवँरले बताउनु भयो ।
गत पौष पहिलो हप्तादेखि सुरु भएको काम अन्र्तगत स्टक्चर वाल निर्माण, सडक चौडा लगाएतका काम तिव्र गतिमा भइरहेको कुवँरले बताउनु भयो ।
मंगलबार गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले निर्माण क्षेत्रको स्थलगत अवलोकन गर्दे काम राम्रो भइरहेको र निर्माण कम्पनीलाई असार मशान्त सम्म काम सक्ने गरी म्याद थपका निम्ती निरन्तर पहल भइरहेको बताउनु भयो ।
सडक निर्माणले गति लिएपछि स्थानीय नागरिक अब चाँडै सडक बन्नेमा आशाबादी देखिएका छन । तिन बर्ष सम्म पनी सडकले गति नलिएपछि संघर्ष समितीनै गठन गरिएको थियो । पछिल्लो समय भइरहेको कामको गति हेर्दा सडकले परिणाम लिने बताउँदै आफुहरुको पूर्ण साथ सर्मथन रहेको संघर्ष समितीका अध्यक्ष चुना बहादुर घर्तिले बताउनु भयो ।
सडक आयोजनाले गति लिएपछि स्थानीय समेत खुसि देखिन्छन ।

उता सडकले गति लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा दुई पटक सम्म बेनामी उजुरी हालेर कार्यसम्पादनमा सास्ति दिन खोजीरहेको दाल बहादुर कुवँरको भनाई छ ।
बुर्तिबाङ देखि २२ किलोमिटर स्टान्डर्ड ग्राभेलिङ सहित सम्पन्न हुने उक्त योजनाको अधिकारीचौर, बोबाङ क्षेत्रमा बढि काम भइरहेको हो । आयोजनालाई पूर्णता दिनका निम्ती सम्झौता अनुसारको म्याद सकिएका कारण अब म्याद थप गरेर मात्रै अगाडी बढ्नुपर्ने बाध्यता रहेको छ ।

स्वच्छन्द ओम बुद्ध जेवीले निर्माणको जिम्मा पाइरहँदा ओम बुद्ध निर्माण कम्पनीले सम्झौता अवधिमा काम गर्न नसकेपछि पछिल्लो समय स्वच्छन्द निर्माण कम्पनीले स्थानीय निर्माण व्यवसायी दाल बहादुर कुवँरलाई निर्माणको जिम्मा दिएको थियो । सडक निर्माणलाई समयमै सम्पन्न गर्नका निम्ती ढोरपाटन नगरपालिका, यस क्षेत्रबाट निर्वाचित गण्डकी प्रदेश सरकारका माननीय र संघर्ष समिती सहित स्थानीय नागरिकले सक्रिय भुमिका निर्वाह गर्दे आइरहेका छन ।

पहाडी जिल्लालाई तराईसँग जोड्नका लागि विसं २०६७ देखि सुरु सडक निर्माण सुरु भएको हो ।
रुपन्देहीको सालझण्डीबाट सुरु भएको सडकले पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङगरी पाँच जिल्लालाई जोडेको छ।
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जोड्ने मुख्यमार्गका रूपमा रहेको यस खण्डको ट्र्याक खुलेदेखि स्तरोन्नति हुन सकेको छैन।
सालझण्डीबाट ढोरपाटनसम्म १९७ किलोमिटर लामो यस खण्डअन्तर्गत हालसम्म १८ किमी मात्रै कालोपत्र भएको आयोजना कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित