एकल महिलाको सहारा बन्दै ढोरपाटन नगरपालिका: चिसोमा न्यानो सिरक उपहार ।।

माघ १२ गते बुर्तिबाङ

बागलुङको ढोरपाटन नगरपालिकाले नगरपालिका भरका एकल महिलालाई लक्षित गर्दे चिसो मौसममा न्यानो सिरक लिएर उपहार स्वरुप वडा वडामा पुगेर हस्तान्तरण सुरु गरेको छ ।

एकल महिलालाई सम्मान गर्न र उनीहरूको आत्मसम्मान वृद्धि गर्ने उद्देश्य स्वरुप पालिका भरका करिब ६ सय महिलाहरूलाई फाइबर सिरक उपलब्ध गराउन सुरु गरिएको ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले बताउनु भयो ।

चालु आर्थिक बर्षको निती कार्यक्रम र बजेटमा एकल महिला सँग नगर उपप्रमुख कार्यक्रम अन्र्तगत ९ लाख बजेट विनियोजन गरेर ९ वटै वडाका एकल महिलालाई लक्षित गर्दे कार्यक्रमको आयोजना गरिएको कायतले बताउनु भयो । शनिबार ढोरपाटन नगरपालिका ७, ८ र ९ नम्बर वडाका १७८ जनालाई सिरक उपलब्ध गराइएको हो । सिरक हस्तान्तरण गर्दे कार्यवाहक मेयर धन बहादुर कायतले चिसो मौसममा सिरक उपलब्ध गराइएको बताउँदै आगामी दिनमा ज्येष्ठ नागरिकलाई सम्मान हुने कार्यक्रम लिएर अगाडि बढिने बताउनु भयो ।

समाजका उत्प्रेरक मार्गदर्शकलाई सम्मान गर्नु स्थानीय सरकारको दायित्व रहेको बताउँदै सहारा विहीन, जोडी बिहिन बनेका एकल महिलालाई यसबर्ष सम्मान गरिएको बताउनु भयो । सिरक पाएसँगै आगामी दिनमा पनी आफुहरुलाई सम्झने कार्यक्रम लिएर आउन सहभागि एकल महिलाले कार्यवाहक मेयरलाई अनुरोध गरेका छन । वडा नम्बर ७ मा ५० जना, ८ मा ६४ जना, वडा नम्बर ९ मा ६४ जनालाई सिरक उपलब्ध गराइएको हो ।

कार्यक्रममा सहभागि नभएकालाई वडाले हस्तान्तरण गर्ने गरी जिम्मा लगाइएको छ । कार्यक्रममा ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरे, वडा नम्बर ९ का कार्यवाहक वडा अध्यक्ष मोहन पुन, वडा नम्बर ८ का अध्यक्ष भद्रमणी सुनार, वडा नम्बर ७ का अध्यक्ष धन बहादुर अदै लगायतको रहोबरमा हस्तान्त्रण गरिएको हो । अन्य सबै वडामा लगत्तै सिरक उपलब्ध गराइने जनाईको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित