३६ वर्ष एकै विद्यालयमा शिक्षण गर्नुभएका शिक्षक डिल्लीराज अर्यालको बिदाई ।

माघ १४ गते बुर्तिबाङ

बागलुङको बडिगाड गाउँपालिका ७ स्थित जनक आधारभुत विद्यालयका प्रधानाध्यापक डिल्लीराज अर्यालको सरुवा भएर अर्का विद्यालयमा जाने भएपछि भव्य रुपमा एक कार्यक्रमका बिच बिदाई गरिएको छ ।

२०४५ सालदेखि अस्थाई २०४८ मा स्थाई हुँदै २०४८ फाल्गुन ११ गतेदेखि विद्यालयमा प्रधानाध्यापकको रुपमा जिम्मेवारी सहित शैक्षिक गुणस्तरमा अगाडि बढ्नु भएका अर्यालको बडिगाड गाउँपालिका १० स्थित चिसापानी आधारभुत विद्यालयमा सरुवा भएपछि विद्यालयले सम्मान सहित बिदाई गरेको हो । बिदाई समोराहमा गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरको प्रमुख आतिथ्यता रहेको थियो ।

सांसद कुवँरले बोल्दै शैक्षिक, सामाजिक र राजनैतिक व्यक्तित्व डिल्लीराज अर्यालले पुर्‍याउनु भएको योगदान महत्वपूर्ण रहेको बताउँदै उहाँले उर्वराशील उमेरमा शिक्षा क्षेत्रको सत्कर्म र समाज रूपान्तरणमुखी अभियान संगै सामाजिक कार्यमा अतिनै महत्वपूर्ण भूमिका रहेको बताउँदै आगामी दिनमा समेत यसरी नै सत्कर्मका साथ अगाडि बढ्न आग्रह गर्दे यस क्षेत्रले उहाँबाट धेरै पाठ सिक्न आवश्यक रहेको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बोल्दै डिल्ली सरले फरक जिल्लाबाट आएर पनी यस क्षेत्रको शिक्षा क्षेत्रको विकास र समुदायको विकास, समाज रूपान्तरण मुखी क्षेत्रमा खेल्नु भएको जिम्मेवारी पूर्ण भुमिका आफुहरुले सम्झिरहने बताउँदै बडिगाड गाउँपालिकाकै वडा नम्बर १० मा सरुवा भएर जान लाग्नु भएका कारण आगामी दिनमा पनी सहकार्य, सहयात्रा हुने बताउनु भयो ।

अध्यक्ष थापाले थप बोल्दै जनक आधारभुत विद्यालयको भौतिक पूर्वाधारको विकासका निम्ती पहल भइरहेका कारण चाँडै व्यवस्थित बनाएर अगाडि बढिने बताउनु भयो । कार्यक्रममा वडिगाड गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेल, वडिगाड गाउँपालिका ७ का अध्यक्ष दिपेन्द्र प्रताप के.सी., भिमगिठे माध्यमिक विद्यालयका प्रधानाध्यापक सागर खरेल , स्थानीय समाजसेवी, बुद्धिजीवी, अभिभावक लगाएतको आतिथ्यमा विदाई कार्यक्रम गरिएको हो । 

गुल्मी जिल्लाको मालिका गाउँपालिका ४ घर भई भई अध्यापनको सिलसिलामा बागलुङको बडिगाड गाउँपालिका ७ मा रहँदै आउनु भएको थियो । घर पायक पर्ने गरी सरुवा भई वडिगाड १० चिसापानी आधारभुत विद्यालयमा जान लाग्नु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित