फागुन १२ बुर्तिबाङ
बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ९ मा सोमबार साँझ पिकअप जिप दुर्घटना हुँदा जिपमा सवार दुई जना यात्रुको ज्यान जानुका साथै ४ जना घाइते भएका छन ।
बडिगाड ७ भिमगिठे देखि यात्रु लिएर वडा नम्बर १० दर्लिङतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको जिप दुर्घटना हुँदा सवार निसीखोला गाउँपालिका ७ चोलाङ बस्ने ७५ बर्षिया खड्क बहादुर कुवँर र ढोरपाटन नगरपालिका ५ बस्ने ३५ बर्षिया जुना कँडेलको ज्यान गएको हो ।
साँझपख यात्रु लिएर जाँदै गरेको जीप सार्कीपाटा भन्ने स्थानमा पुग्दा उकालोमा समस्या देखिएपछि रोकेर ओत लगाउने क्रममा ब्याक हुँदा दुर्घटना भएको सवार यात्रुको भनाई छ । दुर्घटनामा बडिगाड ९ बस्ने ६३ बर्षिया तेज कुमारी बूढा, सोही ठाउँका ५० बर्षिया निमसरा बुढा, ५२ बर्षिय थम कुमारी पौडेल घाइते हुनुभएको छ । एक घाइतेको सनाखत हुन सकेको छैन । घाइते मध्ये तेज कुमारी बुढालाई थप उपचारका निम्ती रेफर गरिएको छ अन्य घाइतेको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटना लगत्तै बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा, इलाका प्रहरी कार्यालय बुर्तिबाङ, भिमगिठे प्रहरी, स्थानीय बासिन्दा लगायतको सक्रियतामा उद्धार गरिएको हो । जिपमा १२ जना जती सवार रहेपनि अन्यको अवस्था सामान्य रहेको जनाइएको छ । घाइेतको उद्धार भइरहेको प्रह्रीले जनाएको छ ।
बागलुङको वडिगाडमा पिकअप दुर्घटना दुईजनाको ज्यान गयो ४ घाइते ।
ढोरपाटनस्थित ज्योति विकास माविमा सुबिधा सम्पन्न आइसीटी ल्याबको उद्घाटन
ढोरपाटन, फाल्गुन १२ –
ढोरपाटनस्थित ज्योति विकास माध्यमिक विद्यालयमा एक नयाँ, सुबिधा सम्पन्न आइसीटी कम्प्युटर ल्याबको आइतबार उद्घाटन गरिएको छ।
ग्रामीण नेपालमा डिजिटल खाडल पुर्ने उद्देश्यले गरिएको यो पहल एडुटेक नेपाल, कर्माफ्लाइट्स फाउन्डेसन र ढोरपाटन नगरपालिका बीचको सहकार्यबाट सम्भव भएको हो। दात्रि निकाय, अभिभावक, शिक्षक र समुदायका अगुवाहरूको उपस्थितिमा आयोजीत कार्यक्रममा प्रमुख अतिथि एडुटेक नेपालका संस्थापक र दाता न्युजिल्याण्ड निबासी माइक चिसोल्मले विद्यार्थी, शिक्षक र समुदायलाई ल्याब उपहार दिन पाउँदा खुशी व्यक्त गरे।
नेपालसँगको आफ्नो सम्बन्धको सम्झना गर्दै चिसोल्मले लगभग ४० वर्षअघि आइएनएफ पोखरामा आफ्नो सेवालाई सम्झिए र आफ्नो कान्छो बच्चा नेपालमा जन्मिएको र न्युजिल्याण्ड र नेपालबीचको मित्रताको लामो विरासत बोकेको भन्दै जुन १९५३ (२०१०) मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको ऐतिहासिक सगरमाथा आरोहणदेखि सुरु भएको जुरा स्मरण गराए।
चिसोल्मले प्रविधि र शिक्षा गरिबी हटाउने कुञ्जी हो भन्ने कुरामा जोड दिए। संसार को धनी एलोन मस्कको उदाहरण उद्धृत गर्दै उनले कसरी सानै उमेरमा एउटा कम्प्युटरमा पहुँचले मस्कको भविष्यलाई रूपान्तरण गर्यो भन्ने कुरामा प्रकाश पारे। ूयो प्रयोगशाला नेपालका शहरहरू र मेरो आफ्नै देशमा पनि धेरै भन्दा राम्रो छ। यस्ता स्रोतहरू भएकाले, प्रत्येक बच्चामा प्रविधिमा अग्रणी बन्ने क्षमता छ उनले थपे।
एडुटेक नेपालका सीईओ अशोक डल्लीले अभिभावक र शिक्षकहरूलाई शिक्षालाई रूपान्तरण गर्न प्रयोगशालालाई सक्रिय रूपमा प्रयोग गर्न प्रोत्साहित गरे। कम्प्युटर प्रयोगशाला प्राप्त गर्नु मात्र पर्याप्त छैन। बालबालिकाको सिकाइमा वास्तविक प्रभाव पार्न यसलाई उचित रूपमा प्रयोग गर्नुपर्छू, उनले अभिभावकहरूलाई विद्यालय भ्रमण गर्न र आधुनिक शिक्षा उपकरणहरूसँग संलग्न हुन आग्रह गर्दै भने।
यस परियोजनाको एक प्रमुख साझेदार कर्मफ्लाइट्स फाउन्डेसनले नेपालभरका ग्रामीण विद्यालयहरूमा आईसीटी प्रयोगशालाहरू स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको छ। कर्मफ्लाइट्सका राष्ट्रिय निर्देशक प्रेम बहादुर कुँवरले प्रयोगशाला कुशलतापूर्वक स्थापना गरेकोमा विद्यालयको प्रशंसा गरे र शिक्षामा प्रविधिलाई एकीकृत गर्ने महत्त्वमा जोड दिए। ूहामी प्रविधिलाई बेवास्ता गर्न सक्दैनौंस शिक्षालाई रूपान्तरण गर्न र जीवनको गुणस्तर सुधार गर्न हामीले यसलाई अँगाल्नुपर्छ कुँवरले भने।
ढोरपाटन नगरपालिका वडा नम्बर ७ का पूर्व अध्यक्ष दीपक थापा, ढोरपाटन शिकार आरक्ष संरक्षण अधिकृत पशुपति अधिकारी र ढोरपाटन तिब्बती शरणार्थी शिविरका अध्यक्ष रिन्चिन ताशी लगायत धेरै विशिष्ट अतिथिहरूले कार्यक्रममा बोल्दै आधुनिक शिक्षामा डिजिटल साक्षरताको महत्त्वलाई जोड दिए।
ढोरपाटन उपत्यकामा बसोबास गर्ने तिब्बती शरणार्थी बालबालिकाहरूलाई शिक्षा प्रदान गर्न बि स २०१७ सालमा श्री ज्योति विकास विद्यालय स्थापना गरिएको थियो। यो आईसीटी प्रयोगशाला जम्मा १४ लाख मध्ये ढोरपाटन नगरपालिकाले कुल लागतको एक तिहाइ र एडुटेक नेपाल र कर्मफ्लाइट्सले बाँकी दुई तिहाइ म्याचिङ्ग कोष प्रयासबाट सम्भव भएको हो।
प्रयोगशाला २१ वटा कम्प्युटर र अफ लाइन एआई सफ्टवयर सहित शैक्षिक सामग्रीहरूको विशाल संग्रहले सुसज्जित छ। यो प्रकार को पहल कदमी ले ग्रामीण नेपालमा शिक्षामा क्रान्तिकारी परिवर्तन ल्याउने, विद्यार्थीहरूलाई २१औ सताप्दीको विश्वनागरिक बनाउन कोशेढुंगा साबित हुने कुरा अपेक्षा गरिएको छ।
मृत्यु हुनेमध्ये धेरै मुटु, श्वासप्रश्वास र क्यान्सरका बिरामी
पुष्पराज चौलागाईं
नेपालीको सबभन्दा धेरै कुन रोगले ज्यान जान्छ ? रोचक भन्दा पनि सर्वत्र चासोको प्रश्न हो, यो । किनभने यसको जवाफले हामी के त्यस्ता गल्ती गरिरहेका छौं, जसको कारण अकालमै ज्यान गुमाइरहेका छौं भन्ने तथ्य उजागर हुन्छ ।
नेपाल ‘बर्डेन अफ् डिजिज’ को पछिल्लो तथ्यांक अनुसार नेपालमा वार्षिक १ लाख ९३ हजार ३३१ जनाको मृत्यु हुन्छ । तथ्यांक बमोजिम नेपालीको मृत्युको कारक प्रमुख रोग र संक्रमण सम्बन्धी विश्लेषण गरेका छौं ।
नेपालीको सर्वाधिक मृत्युको कारण हो– मुटु तथा रक्तनली सम्बन्धी रोग । यो रोगका कारण वार्षिक ४६ हजार ३९९ नेपालीको निधन हुने गर्छ । यसपछि दीर्घ श्वास–प्रश्वास रोगले लैजान्छ धेरैलाई । यो रोगका कारण वार्षिक ४० हजार, ७९२ नेपालीको मृत्यु हुने गर्छ ।
यस्तै ट्युमर र क्यान्सर रोगले वार्षिक २१ हजार ६५३ नेपालीको मृत्यु हुन्छ । फोक्सो संक्रमण र क्षयरोगका कारण १६ हजार २३९, पाचन प्रणाली सम्बन्धी रोगले ११ हजार ४०६ जना, मातृ तथा शिशुको समस्याका कारण १० हजार ५३ जनाले ज्यान गुमाउँछन् ।
यस बाहेक मधुमेह तथा मिर्गौला रोगका कारण ८ हजार ५०३, अप्रत्याशित दुर्घटना र चोटपटकका कारणले ८ हजार ११९, आन्द्राको संक्रमणले ६ हजार ९५९ र मानसिक समस्याका कारण ४ हजार ४४६ जनाको मृत्यु हुने गर्छ ।
हृदयघातको जोखिममा युवा
धुलिखेल अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजु भन्छन्, ‘जीवनशैलीमै आएको खराबीका कारणले मुटुका बिरामी अत्यधिक बढिरहेका छन् ।’ उनका अनुसार मुटु सम्बन्धी रोगलाई बढाउने विभिन्न कारकतत्व छन् । अत्यधिक धुम्रपान, निष्क्रिय जीवनशैली, मोटोपना, उच्च रक्तचाप, मधुमेह, शरीरमा खराब चिल्लोको मात्रा अधिक र तनावले मुटु सम्बन्धी रोगलाई बढाइरहेको छ ।
मुटु सम्बन्धी रोगमध्ये हृदयघातको कारण ७० प्रतिशत मानिसको मृत्यु हुने विज्ञहरू बताउँछन् । ‘आजभोलि युवावस्थामै हृदघयात भइरहेको छ । समाजमा धुम्रपान घटेको छैन । उच्च रक्तचाप र मधुमेह भएका मानिस बढिरहेका छन्’ डा. कोजु भन्छन्, ‘जनचेतना बढेको छ, तर धुम्रपान त्यागेको वा सुरु नै नगरेको त्यति देखिंदैन । यिनै कारणले गर्दा हृदयघात बढेको छ ।’
शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका बिरामीमाथि गरिएको एक अध्ययनले नेपालमा पछिल्ला वर्षमा हृदयघातको जोखिम बढिरहेको देखाएको छ । केन्द्रले गरेको सन् २०२० नोभेम्बरदेखि २०२१ फेब्रुअरीसम्म हृदयघात भएर आएका ३४० जनामा गरिएको अध्ययनमा ४० प्रतिशतमा उच्च रक्तचापको समस्या थियो । यस्तै, ३९ प्रतिशतले चुरोट सेवन, ३० प्रतिशतमा मोटोपना र २१ प्रतिशतमा मधुमेहको समस्या थियो ।
तीमध्ये ४५ वर्षभन्दा मुनिका ११ प्रतिशतलाई हृदयघात भएको थियो । ‘उमेर, वंशाणुगत, लिंग (पुरुष) जस्ता कुरालाई परिवर्तन गर्न सकिंदैन । धुम्रपान, अस्वस्थकर खानपान, मधुमेह र उच्च रक्तचाप लगायत कुरालाई परिवर्तन गर्न सकिन्छ’ वरिष्ठ मुटुरोग विशेषज्ञ डा. दिपंकर प्रजापति भन्छन्, ‘पछिल्लो समय धुम्रपान गर्ने धेरै युवालाई हृदयघात भइरहेको छ ।’
हृदयघात लक्षण थाहा नहुँदा पनि ढिलो गरी अस्पताल आइपुगेको चिकित्सक बताउँछन् । केन्द्रको अध्ययनमा २४ प्रतिशतमा मात्रै मुटुमा समस्या भएको हुनसक्ने अनुमान लगाएका थिए । तर, ८८ प्रतिशत बिरामीले ग्यास्ट्रिक लगायत अन्य कारणले भएको आशंका गरेका थिए ।
‘छाती दुख्दा धेरै मानिसमा ग्यास्ट्रिक भएको आशंका गरेको पाइन्छ । हृदयघातको लक्षण थाहा नहुँदा पनि धेरै मानिसले अकालमा ज्यान गुमाएका छन्’, डा. प्रजापति भन्छन् ।
युवामा मानसिक तनाव पनि हृदयघातको अर्को कारण हो । ‘शारीरिक श्रम गर्ने बानी घटेको छ । परिवार, कार्यालय, अर्थ व्यवस्थासँग सम्बन्धित तनावले पनि हृदयघात निम्त्याउन सक्छ । ‘समाजमा अस्वस्थ प्रतिस्पर्धा छ । देखासिकीले गर्ने प्रचलन बढ्दो छ’ डा. कोजु भन्छन्, ‘पारिवारिक, सामाजिक र आर्थिक कारणले तनाव उत्पन्न भई शरीरमा नकारात्मक असर पर्छ ।’
अत्यधिक तनावले मस्तिष्कमा रहेको पिट्युटरी ग्रन्थीले ‘कार्टिसोल’ रसायनिक पदार्थको उत्पादनलाई बढाउँछ । चिकित्सकहरू ‘स्ट्रेस’ हामोन भन्ने गर्छन् । जसका कारण धड्कन बढाउने, रक्तनली साँघुरो बनाउने हुँदा मुटुमा असर पर्छ ।
केन्द्रले गरेको अर्को अध्ययनमा ५० वर्षभन्दा कम उमेरका मानिसले चुरोट सेवन गर्दा हृदयघात हुने सम्भावना चुरोट नखाने मानिसको तुलनामा आठ गुणाले बढी देखाएको छ । त्यसैगरी, ५० देखि ६५ वर्षसम्ममा पाँच र ६५ वर्षभन्दा माथि तीन गुणाले बढ्छ ।
चिकित्सकका अनुसार चुरोटमा हुने निकोटिनले नसाको भित्री भागमा घाउ बनाइदिन्छ । जसले मुटुको नसामा बोसो र रगतको ढिक्का जम्न मद्दत पुर्याउँछ । त्यसरी रगतको ढिक्का जम्दै जाँदा नसा साँघुरिंदै जान्छन् र मुटुमा रगत सञ्चार गराउने नसा बन्द हुँदा हृदयघात हुन्छ ।

चुरोट सेवन गर्नेलाई नगर्नेको तुलनामा हृदयघात हुने सम्भावना अत्यधिक बढी हुन्छ । अर्का वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारी भन्छन्, ‘युवा अवस्थामा (स्कूल जाने उमेर समूहका) मानिसले चुरोट र खैनी खाने बानी रोकेमा धेरै हदसम्म हृदयघातको जोखिमलाई कम गर्न सकिन्छ ।’
चिकित्सकका अनुसार मुटु मांसपेशीको डल्लो हो । यसले पम्पको काम गर्छ र शरीरभर रक्त सञ्चालन गराउँछ । रक्तनलीभित्र विभिन्न कारणबाट बोसो जमेर (कोलेस्टेरोल) साँघुरो हुनेगर्छ । जसका कारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुका मांसपेशीमा पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन पुग्दैन ।
यदि रक्तनली पूरै बन्द भएको खण्डमा रगत प्रवाह पनि पूरै बन्द हुन्छ र मुटुमा ऊर्जाको आपूर्ति ठप्प हुन्छ । मुटुमा ग्लुकोज र अक्सिजनको आपूर्ति नभएपछि मुटुको मांसपेशी क्षतिग्रस्त हुन थाल्छ र यो क्रम लम्बिंदै गएमा मांसपेशी मर्दछ र काम गर्न छाड्छ । यो अवस्थालाई हृदयघात भनिन्छ ।
यस्तै मुटु तथा रक्तनलीको समस्याले स्ट्रोक (मस्तिष्कघात) बढाइरहेको छ । वीर अस्पतालका न्युरो सर्जन डा. राजीव झाका अनुसार अहिलेकै अनुपातमा स्ट्रोकको समस्या बढ्ने हो भने आगामी ८–१० वर्षभित्रमा मृत्युको पहिलो कारण यो बन्ने निश्चित छ । उच्च रक्तचाप, मुटुको समस्या, धुम्रपान, रक्सी सेवन र मोटोपनाले स्ट्रोक बढाउने चिकित्सक बताउँछन् ।
चिकित्सकका अनुसार मस्तिष्कघात दुई किसिमबाट हुन्छ । मस्तिष्कभित्र नसा फुटेर रक्तस्राव भई सयमा १०–१२ प्रतिशतलाई हुन्छ । यस्तै ८५ प्रतिशतलाई दिमागमा जाने नसा सुकेर मस्तिष्कघात हुन्छ ।
‘मुटुरोगको समस्याका कारण मस्तिष्कमा रगत लैजाने नसा बन्द हुन्छ । जसको कारण दिमागको भाग सुकेर जान्छ’ डा. झा भन्छन्, ‘मस्तिष्कघात भएपछि ४ घन्टाभित्र अस्पताल पुर्याउनुपर्छ । हामीकहाँ भने अस्पताल ढिला पुगेर नै ज्यान गइरहेको छ ।’
डा. झाले अगाडि थपे, ‘नेपालमा मस्तिष्कघात भएका ९५ प्रतिशत बिरामी समयमै अस्पताल पुग्दैनन् । अधिकांश बिरामी बोली हराउने, हात–खुट्टा नचल्ने, आँखा नदेख्ने जस्ता समस्या लिएर आइपुग्छन् ।’
चार घन्टा कटेपछि पनि पक्षघात भएमा १०० मध्ये १५ जना औषधि र फिजियोपछि सामान्य अवस्थामा फर्किन सक्छन् । देशको भौगोलिक, आर्थिक अवस्था, स्वास्थ्य संस्थाको पहुँच नहुँदा मस्तिष्कघात भएका ४० प्रतिशतको मृत्यु हुन्छ ।
‘नेपालमा मस्तिष्कघातकै लागि भनेर विशेष केन्द्रहरू छैनन् । सही उपचार पाउन र बाँच्न कठिन छ’ डा. झा भन्छन्, ‘मस्तिष्कघातको घटना केलाउँदा धेरैजसो अस्पताल पुग्न नपाएर मृत्यु भएको देखिन्छ ।’
धुम्रपान र वायु प्रदूषणले बढ्यो श्वास–प्रश्वास
नेपालीको दोस्रो मृत्युको कारणमा दीर्घ श्वास–प्रश्वासका रोग हुन् । श्वासप्रश्वास सम्बन्धी रोगमध्ये सीओपीडी, दम र आस्थमाले ९० प्रतिशतभन्दा बढी बिरामीलाई प्रभावित पारेको छाती रोग विशेषज्ञ डा. राजु पंगेनी बताउँछन् ।
उनका अनुसार दीर्घ श्वास–प्रश्वासको समस्याले फोक्सो र श्वासनली सुन्निने र खुम्चिने हुन्छ । जसले गर्दा सास फेर्न अप्ठेरो महसुस भई खोकी लाग्ने, स्वाँ–स्वाँ हुने, छाती कस्सिने, छाती भारी हुने लगायत लक्षण देखिन्छन् । धुम्रपान र वायु प्रदूषण दम रोगका प्रमुख कारक हुन् । साथै बाल्यकालमा भएको संक्रमणले पछि गएर दम रोग निम्त्याउने गर्छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालीहरूको मृत्युलाई प्रभाव पर्ने प्रमुख तत्व धुम्रपान हो । धुम्रपानले १८ प्रतिशत, उच्च रक्तचापले १२ प्रतिशत, बाह्य वायु प्रदूषणले ९ प्रतिशत र रगतमा मधुमेहको मात्रा बढी हुने अवस्थाले ८ प्रतिशत मृत्युमा प्रभाव पारेको छ ।
‘श्वासप्रश्वास सम्बन्धी समस्यामध्ये दमरोग प्रमुख हो’, डा. पंगेनी भन्छन्, ‘धुम्रपान, वातावरणीय प्रदूषण र मौसमी परिवर्तन दमका कारक तत्व हुन् ।’ विशेषगरी ४० वर्ष माथिका व्यक्तिमा वंशाणुगत दम बढी देखिन्छ । वृद्धवृद्धाहरूमा चुरोट, बिंडी सेवन र वायु प्रदूषणका कारण ‘सीओपीडी’ (बुढ्यौलीमा देखिने श्वासप्रश्वास समस्या) को जोखिम उच्च रहने गर्दछ ।
यस्तै वायु प्रदूषणको बढ्दो जोखिमले नागरिकको स्वास्थ्यमा गम्भीर चुनौती थपिरहेको चिकित्सकहरू बताउँछन् । विशेषगरी दीर्घरोगी, बालबालिका र वृद्धवृद्धामा यसको तत्काल असर देखिए पनि दीर्घकालीन रूपमा सबै उमेर समूहका व्यक्ति प्रभावित हुने डा. पंगेनीको भनाइ छ ।
‘वर्तमान जीवनशैली र वातावरणीय प्रदूषणले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आएको छ । मिसावटयुक्त हावापानी र अस्वस्थकर खानपानका कारण मानिसको स्वास्थ्य दिन प्रतिदिन कमजोर बन्दै गएको छ’, उनले भने । वातावरणमा रहेका हानिकारक जीवाणु तथा कीटाणुहरू श्वास–प्रश्वासको माध्यमबाट फोक्सोमा प्रवेश गर्दा दम, उच्च रक्तचाप र मिर्गौला सम्बन्धी समस्या निम्त्याइरहेको चिकित्सकहरूको भनाइ छ ।
वायु प्रदूषणजन्य दम रोग विकासोन्मुख देशहरूमा तीव्र गतिमा बढिरहेको छ । ‘दम रोगबाट हुने मृत्युमध्ये ८० प्रतिशत विकासोन्मुख देशमा हुन्छ’ डा. पंगेनी भन्छन्, ‘रोगको समयमै पहिचान नहुनु र धुम्रपानको बानी यसका प्रमुख कारण हुन् ।’
विकसित देशहरूमा भने दम रोगका बिरामीहरू प्रभावकारी उपचारका कारण सामान्य जीवन बिताइरहेका छन् । तर विकासोन्मुख देशमा आर्थिक कारणले निरन्तर स्वास्थ्यको ख्याल गर्न नसक्दा धेरैको मृत्यु हुने गरेको छ । ‘दमले शरीरमा अक्सिजनको मात्रा घटाउँदै विभिन्न अंगहरूमा असर पार्छ र समयमै उपचार नपाए व्यक्तिको मृत्यु हुन्छ’, डा. पंगेनी भन्छन् ।
विशेषज्ञका अनुसार बढ्दो वायु प्रदूषणले गर्भमा रहेका शिशुलाई समेत प्रभाव पार्ने गर्दछ । पश्चिमी मुलुकहरूको तुलनामा नेपाल जस्ता विकासोन्मुख देशहरूमा जन्मिने बच्चाको जीवन दुई वर्षले कम हुनुमा वायु प्रदूषण मुख्य कारक रहेको डा. पंगेनी बताउँछन् ।
उनका अनुसार अझै पनि दम रोग समयमै पहिचान हुँदैन । यदि भइहालेको खण्डमा पनि मानिसले सजिलै चुरोट छाड्दैन् जसका कारण दमको भार घट्न सकेको छैन । ‘निरन्तर खोकी लाग्दा नजिकैको मेडिकलमा गएर खोकीको औषधि सेवन गर्दै बस्नुहुन्छ । दम रोग समयमा पहिचान समेत हुँदैन । पहिचान हुने बेलासम्म फोक्सो बिग्रिसकेको हुन्छ’, डा. पंगेनीले भने ।
खराब जीवनशैली र प्रदूषणले क्यान्सर
क्यान्सरको खास कारण भनेको खराब आनीबानी हो । यसमा खानपान, दिनचर्या, रहनसहन पर्दछन् । विशेषज्ञका अनुसार बाह्य कुरा पनि क्यान्सरको कारण बन्न सक्छ । वातावरणीय प्रदूषण, धुलो–धुवाँ, रसायन, आदि क्यान्सरको कारण हुन्छन् । यस्तै अर्कोचाहिं, वंशानुगत कारणले पनि हुन्छ ।
खराब जीवनशैली र बाह्य वातावरणीय प्रतिकूलताको कारण कोष तथा कोषिकाहरूको वृद्धि अनियन्त्रित हुन्छ । र, स–साना गिर्खा बन्छन् । यी गिर्खामध्ये एकखाले सामान्य अवस्थाका हुन्छन् । जो दुख्दैन र धिमा गतिमा मात्रै बढ्छ । यसले शरीरलाई खासै हानि गरिरहेको हुँदैन ।
साभार अनलाईन खबर 
साइन रेसुङ्गा विकास बैँक द्धारा देविस्थान माविलाई खेलकुद र स्टेसनरी हस्तान्तरण ।
फागुन ११ गते बुर्तिबाङ
साइन रेसुङ्गा विकास बैँक बुर्तिबाङ शाखाले संस्थाको १७ औँ वार्षिकोत्सवका अवसरमा निसीखोला गाउँपालिका १ देविस्थानमा रहेको देविस्थान माध्यमिक विद्यालयलाई आइतबार विभिन्न सामाग्री हस्तान्तरण गरेको छ ।
संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व रुपरुप विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दे शैक्षिक तथा खेलकुदका सामाग्री उपलब्ध गराइएको बैँकका शाखा प्रबन्धक प्रेमनाथ पौडेलले बताउनु भयो ।
साना बालबालिकालाई खेल्दै पढ्दै गर्ने वातावरण सृजना गर्नका निम्ती आफूहरूले कुर्ची, ढिकीच्याउँ लगायत विभिन्न १२ प्रकारका खेलकुद सामाग्री उपलब्ध गराइएको पौडेलले बताउनु भयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष भरत पुन, आर्थिक संयोजक खिम बहादुर कार्की विद्यालयका प्रधानाध्यापक झक बहादुर क्षेत्री लगायत शिक्षकको उपश्थितीमा सामाग्री हस्तान्तरण गरिएको हो ।
बुर्तिबाङमा सञ्चालित एकीकृत स्वास्थ्य शिविर सम्पन्न: ८१९ नागरिकले लिए सेवा ।
फागुन १० गते बुर्तिबाङ
बागलुङको बुर्तिबाङमा नेपाली सेनाको आयोजनामा शनिबार सञ्चालित एकीकृत स्वास्थ्य शिविरमा पश्चिम बागलुङका ८ सय १९ जना नागरिकले सेवा लिएका छन ।
नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डाको नेतृत्व, श्रीमेहर गणको संयोजन प्रभु बैँकको सहयोगमा बुर्तिबाङ प्रादेशिक अस्पतालमा सञ्चालित शिविरमा चिकित्सक सेवा, स्त्री तथा प्रसुती सेवा, हाड तथा जोर्नी सेवा, दन्त सेवा, बालरोग, छाला रोग, प्रयोगशाला, एक्सरे सेवा उपलब्ध गराइएको हो ।

शिविरमा बालरोग तर्फ १२० जना, हाडजोर्नी २६० जना, छाला तर्फ १२०,आयूवेदिक ४० जना र गाइनो तर्फ २०० जना दन्त रोग तर्फ ७९ जना नागरिकले सेवा प्राप्त गरेको नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डाले जनाएको छ ।
शिविरको उद्घाटन सत्रको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दे नेपाली सेनाको २३ नम्बर बाहिनीपति सायक रथी जगत बहादुर पौडेलले नेपाली सेनाले विभिन्न सामाजिक कार्यसँगै नागरिकको स्वास्थ्यसँग जोडिएर निःशुल्क शिविर आयोजना गरिरहेको जनाउँदै दुर्गम क्षेत्रमा आर्थिक र चेतनाको अभावका कारण उपचारबाट बञ्चित भएका नागरिकलाई सहज भएको बताउनु भयो ।

कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले बोल्दै नेपालीमा आहारविहारमा ध्यान नदिने, व्याम नगर्ने जस्ता समस्याका कारण नसर्ने रोगको मात्रा वृद्धि हुँदै गएको बताउँदै खानपानमा ध्यान दिन सके धेरै रोगबाट बच्न सकिने बताउँदै नेपाली सेनाले गरेको शिविरबाट यहाँका धेरै नागरिकले सेवा प्राप्त गरेको बताउनु भयो ।
कार्यक्रममा गणपति श्रीमेहर गणका प्रमुख सेनानी धन राना मगर लगायत विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको आतिथ्यता रहेको थियो । शिविरमा ७३ जना ज्येष्ठ नागरिक, बालबालीका १२४, महिला ५९१ र पुरुष २२८ जना नागरिकको सहभागिता रहेको हो ।

शिविरलाई सफल पार्न सरकारी तथा सामाजिक विभिन्न सङ्घसंस्थाको सहभागिता रहेको थियो । शिविरबाट निःशुल्क रुपमा सेवा प्राप्त गरेसँगै आर्थिक अभाव र चेतनाको अभावका कारण रोग लुकाएर बस्दै आइरहेका नागरिकलाई निः शुल्क शिविरले धेरै राहत भएको पाइएको छ । यस्ता प्रकारका शिविर आगामी दिनमा पनि गर्न सके नागरिकलाई सहज हुने स्थानीयको भनाइ छ ।
निसीखोलामा सञ्चालित स्वास्थ शिविर सकियो: ८६३ नागरिक लाभान्वित
फागुन ९ गते बुर्तिबाङ
बागलुको निसीखोला गाउँपालिका वडा नम्बर २ कोे आयोजनामा सुरु भएको बृहत निः शुल्क स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ ।
हिलारी तेन्जिङ च्योटी न्यूजिल्यान्ड र वि।पी, कोईराला लायन्स सेन्टर फर अप्थाल्मिक स्टडीडको प्राविधिक सहयोगमा फागुन ८ र ९ गते दुई दिनका लागी शिविरमा ३०८ जना आँखाका विरामीको चेकजाँच उपचार तथा ५५६ जनाको स्त्रीरोग, जनरल लगाएतका सेवा प्रवाह गरी कुल ८६३ जनाको चेकजाँच तथा उपचार गरिएको हो ।
शिविरमा महिलारोग, हाडजोर्नी, भिडियो एक्सरे, ल्याब, मेडिसिन तथा आँखाको चेकजाँच तथा उपचार गरिएको जनाइएको छ ।
शिविरमा निसीखोला गाउँपालिका तथा आसपासका नागरिकले निः शुल्क रुपमा स्वास्थ्य सेवा प्राप्त गरेको निसीखोला २ का अध्यक्ष कुविर विश्वकर्माले बताउनु भयो । कान्छीबजारमा सञ्चालित शिविरमा निसीखोला गाउँपालिका २ का अध्यक्ष कुविर विश्वकर्माको अध्यक्षता, निसीखोला गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत जिवन पुन लगाएतको आतिथ्यता रहेको शिविरमा , प्रध्यापक डा.आनन्द शर्मा, डा. राजेश पौडेल, डा. विजय ओझा सहित स्वास्थ्य कर्मीको टोलीले चेकजाँच तथा उपचार गरिरहेको हो ।
दुर्गम क्षेत्रका नागरिकको समस्यालाई मध्यनजर राख्दै आफुहरुले सहयोग गरिएको हिलारी तेन्जिङ च्योटी न्यूजिल्यान्डका प्रतिनिधी वावुराजा मर्हजनले बताउनु भयो ।
निसीखोला २ मा बृहत स्वास्थ्य शिविर सुरु ।
फागुन ८ गते बुर्तिबाङ
बागलुको निसीखोला गाउँपालिका वडा नम्बर २ कोे आयोजनामा बृहत निः शुल्क स्वास्थ्य शिविर बिहिबारदेखि सुरु भएको छ ।
हिलारी तेन्जिङ च्योटी न्यूजिल्यान्ड र वि.पी, कोईराला लायन्स सेन्टर फर अप्थाल्मिक स्टडीडको प्राविधिक सहयोगमा फागुन ८ र ९ गते दुई दिनका लागी शिविर सुरु भएको हो ।
शिविरमा महिलारोग, हाडजोर्नी, भिडियो एक्सरे, ल्याब, मेडिसिन तथा आँखाको चेकजाँच तथा उपचार हुने भएको हो ।
शिविर सञ्चालन हुँदै गर्दा निसीखोला गाउँपालिका तथा आसपासका नागरिकले निः शुल्क रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा लिइएको निसीखोला २ का अध्यक्ष कुविर विश्वकर्माले बताउनु भयो ।
बिहिबार एक औपचारिक कार्यक्रम सहित सिविरको सुरुवात गरिएको हो । कान्छीबजारमा सुरु भएको शिविरमा प्रध्यापक डा. आनन्द शर्मा, डा. राजेश पौडे, डा. विजय ओझा सहित स्वास्थ्य कर्मीको टोलीले चेकजाँच तथा उपचार गरिरहेको हो ।
दुर्गम क्षेत्रका नागरिकको समस्यालाई मध्यनजर राख्दै आफुहरुले सहयोग गरिएको हिलारी तेन्जिङ च्योटी न्यूजिल्यान्डका प्रतिनिधी वावुराजा मर्हजनले बताउनु भयो । शिविर शुक्रबार सम्म सञ्चालन हुने भएको हो ।
दुई हप्तादेखि बेपत्ता रूपी वि.क.को शव निसीखोलामा फेला ।
फागुन ८ गते बुर्तिबाङ
जिल्लाको निसीखोला गाउँपालिका १ देविस्थान बजार नजिकै निसीखोलामा एक महिलाको शव फेला परेको छ । गत माघ २५ गतेदेखि हराएकी निसीखोला गाउँपालिका १ लेबाङ बस्ने ८० बर्षिय रुपी विक को शव निसीखोला स्थित पाल्लेबास भन्ने स्थानमा विद्युत कुलोको मुहानमा शव फेला परेको हो ।
देविस्थान सामाजिक सुरक्षा भत्ता बुझ्न आएकी वि।क घर नफर्किएपछि स्थानीय परिवार र प्रहरीले विभिन्न स्थानमा खोजी कार्य जारी राखेका थिए । बिहिबार स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गर्दा रुपी विकको शव रहेको पाइएको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जनाइएको हो । शवलाई पोष्ट मार्टमका निम्ती बुर्तिबाङ अस्पत्ताल ल्याइएको छ ।
बुर्तिबाङमा निःशुल्क स्वस्थ शिविर हुँदै ।
बुर्तिबाङ फागुन ०८ गते
नेपाली सेनाको आयोजनामा यही फागुनको १० गते शनिबार बुर्तिबाङ प्रादेशिक अस्पतालमा विभिन्न रोगहरूको निःशुल्क रुपमा स्वास्थ्य शिविर मार्फत चेकजाँच तथा उपचार हुने भएको छ ।
पश्चिम बागलुङका ४ वटा पालिकामा रहेका स्वास्थ्य सेवाबाट बञ्चित नागरिकलाई लक्षित गर्दे शिविर आयोजना गर्न लागिएको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाको श्री नं. २३ वाहिनी अड्डाको नेतृत्व, श्रीमेहर गणको संयोजकत्व र प्रभु बैँकको सहयोगमा शिविर सञ्चालन हुन लागेको श्री मेहर गणका सह सेनानी दुर्गा बहादुर थापाले बताउनु भयो ।
शिविरमा चिकित्सक सेवा, स्त्री तथा प्रसुती सेवा, हाड जोर्नी, सेवा, दन्त सेवा, बालरोग, छालारोग, प्रयोगशाला तथा एक्सरे सेवा साथै कृषि सेवा र आयुर्वेद सेवा पनि उपलब्ध गराइने आयोजकले जनाएको छ ।
बिहान ८ देखि ११ बजेसम्म निःशुल्क टिकटको व्यवस्था गरिने र ११ देखि ४ बजेसम्म चेकजाँच तथा उपचार हुने सह सेनानी दुर्गा बहादुर थापाले ढोरपाटन टाइम्सलाई बताउनु भयो ।
तमानखोला ६ ले फागुन मशान्त सम्म पालिकाको सबै योजना सम्पन्न गर्दे ।
फागुन ६ गते बुर्तिबाङ
बागलुङ जिल्लाको तमानखोला गाउँपालिका वडा नम्बर ६ ले चालु आर्थिक बर्षमा गाउँपालिकाबाट विनीयोजन भएको बजेटका योजना फागुन मशान्त सम्म सम्पन्न गर्ने गरी काम अगाडी बढाइएको छ ।
सडक, खानेपानी, पदमार्ग लगाएतका शिर्षकमा योजना रहेको उक्त वडामा अधिकांस योजना सम्पन्न भइसकेको र केही अन्तिम चरणमा रहेका कारण फागुन मशान्त सम्म सम्पन्न गर्ने लक्ष्य रहेको वडा अध्यक्ष चित्र छन्त्यालले बताउनु भयो ।
वडाले स्थानीय नागरिकलाई पैदल यात्रामा सहजताका निम्ती विभिन्न ठाउँमा पदमार्ग निर्माण गरेको हो । बहुबर्षिय योजना अन्र्तगत विष्णु आधारभुत विद्यालय देखि किमचौर सम्म ६२२ मिटर पदमार्ग निर्माण सम्पन्न भइसकेको छ त्यस्तै नर्जा आधारभुत स्वास्थ्य केन्द्रदेखि खोपखेल्ना सम्म ६८९ मिटर भित्रिवन डिल्ली प्राथमिक विद्यालय देखि लालेविसौना सम्म ३०० मिटर र पात्ले गाउँमा ६२१ मिटर पदमार्ग निर्माण सम्पन्न भएको वडा अध्यक्ष छन्त्यालले बताउनु भयो ।
विगतमा स्थानीयलाई पैदल यात्रा गर्न निकै समस्या थियो पदमार्गले बालबालीका र स्थानीय नागरिकलाई सहज हुनेगरी नागरिकको माग अनुसार काम गरेका छौँ अध्यक्ष छन्त्यालले बताउनु भयो । वडाले विष्णु आधारभुत विद्यालय घेराबार, ठगुल्नी क्षेत्रमा गएको पहिरो टटवन्ध ग्वाविन जाली लगाउने कार्य लगाएतका योजनामा बजेट विनीयोजन गरेको थियो ।










