फागुन ६ गते बुर्तिबाङ
बागलुङ जिल्लाको तमानखोला गाउँपालिका वडा नम्बर ६ ले चालु आर्थिक बर्षमा गाउँपालिकाबाट विनीयोजन भएको बजेटका योजना फागुन मशान्त सम्म सम्पन्न गर्ने गरी काम अगाडी बढाइएको छ ।
सडक, खानेपानी, पदमार्ग लगाएतका शिर्षकमा योजना रहेको उक्त वडामा अधिकांस योजना सम्पन्न भइसकेको र केही अन्तिम चरणमा रहेका कारण फागुन मशान्त सम्म सम्पन्न गर्ने लक्ष्य रहेको वडा अध्यक्ष चित्र छन्त्यालले बताउनु भयो ।
वडाले स्थानीय नागरिकलाई पैदल यात्रामा सहजताका निम्ती विभिन्न ठाउँमा पदमार्ग निर्माण गरेको हो । बहुबर्षिय योजना अन्र्तगत विष्णु आधारभुत विद्यालय देखि किमचौर सम्म ६२२ मिटर पदमार्ग निर्माण सम्पन्न भइसकेको छ त्यस्तै नर्जा आधारभुत स्वास्थ्य केन्द्रदेखि खोपखेल्ना सम्म ६८९ मिटर भित्रिवन डिल्ली प्राथमिक विद्यालय देखि लालेविसौना सम्म ३०० मिटर र पात्ले गाउँमा ६२१ मिटर पदमार्ग निर्माण सम्पन्न भएको वडा अध्यक्ष छन्त्यालले बताउनु भयो ।
विगतमा स्थानीयलाई पैदल यात्रा गर्न निकै समस्या थियो पदमार्गले बालबालीका र स्थानीय नागरिकलाई सहज हुनेगरी नागरिकको माग अनुसार काम गरेका छौँ अध्यक्ष छन्त्यालले बताउनु भयो । वडाले विष्णु आधारभुत विद्यालय घेराबार, ठगुल्नी क्षेत्रमा गएको पहिरो टटवन्ध ग्वाविन जाली लगाउने कार्य लगाएतका योजनामा बजेट विनीयोजन गरेको थियो ।