साइन रेसुङ्गा विकास बैँक द्धारा देविस्थान माविलाई खेलकुद र स्टेसनरी हस्तान्तरण ।

फागुन ११ गते बुर्तिबाङ

साइन रेसुङ्गा विकास बैँक बुर्तिबाङ शाखाले संस्थाको १७ औँ वार्षिकोत्सवका अवसरमा निसीखोला गाउँपालिका १ देविस्थानमा रहेको देविस्थान माध्यमिक विद्यालयलाई आइतबार विभिन्न सामाग्री हस्तान्तरण गरेको छ ।

संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व रुपरुप विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दे शैक्षिक तथा खेलकुदका सामाग्री उपलब्ध गराइएको बैँकका शाखा प्रबन्धक प्रेमनाथ पौडेलले बताउनु भयो ।

साना बालबालिकालाई खेल्दै पढ्दै गर्ने वातावरण सृजना गर्नका निम्ती आफूहरूले कुर्ची, ढिकीच्याउँ लगायत विभिन्न १२ प्रकारका खेलकुद सामाग्री उपलब्ध गराइएको पौडेलले बताउनु भयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष भरत पुन, आर्थिक संयोजक खिम बहादुर कार्की विद्यालयका प्रधानाध्यापक झक बहादुर क्षेत्री लगायत शिक्षकको उपश्थितीमा सामाग्री हस्तान्तरण गरिएको हो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित