बागलुङको वडिगाडमा पिकअप दुर्घटना दुईजनाको ज्यान गयो ४ घाइते ।


फागुन १२ बुर्तिबाङ
बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ९ मा सोमबार साँझ पिकअप जिप दुर्घटना हुँदा जिपमा सवार  दुई जना यात्रुको ज्यान जानुका साथै ४ जना घाइते भएका छन ।
बडिगाड ७ भिमगिठे देखि यात्रु लिएर वडा नम्बर १० दर्लिङतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको जिप दुर्घटना हुँदा सवार निसीखोला गाउँपालिका ७ चोलाङ बस्ने ७५ बर्षिया खड्क बहादुर कुवँर र ढोरपाटन नगरपालिका ५ बस्ने ३५ बर्षिया जुना कँडेलको ज्यान गएको हो ।
साँझपख यात्रु लिएर जाँदै गरेको जीप सार्कीपाटा भन्ने स्थानमा पुग्दा उकालोमा समस्या देखिएपछि रोकेर ओत लगाउने क्रममा ब्याक हुँदा दुर्घटना भएको सवार यात्रुको भनाई छ । दुर्घटनामा बडिगाड ९ बस्ने ६३ बर्षिया तेज कुमारी बूढा, सोही ठाउँका ५० बर्षिया निमसरा बुढा, ५२ बर्षिय थम कुमारी पौडेल घाइते हुनुभएको छ । एक घाइतेको सनाखत हुन सकेको छैन । घाइते मध्ये तेज कुमारी बुढालाई थप उपचारका निम्ती रेफर गरिएको छ अन्य घाइतेको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटना लगत्तै बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा, इलाका प्रहरी कार्यालय बुर्तिबाङ, भिमगिठे प्रहरी, स्थानीय बासिन्दा लगायतको सक्रियतामा उद्धार गरिएको हो । जिपमा १२ जना जती सवार रहेपनि अन्यको अवस्था सामान्य रहेको जनाइएको छ । घाइेतको उद्धार भइरहेको प्रह्रीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित