बुर्तिबाङमा सञ्चालित एकीकृत स्वास्थ्य शिविर सम्पन्न: ८१९ नागरिकले लिए सेवा ।

फागुन १० गते बुर्तिबाङ

बागलुङको बुर्तिबाङमा नेपाली सेनाको आयोजनामा शनिबार सञ्चालित एकीकृत स्वास्थ्य शिविरमा पश्चिम बागलुङका ८ सय १९ जना नागरिकले सेवा लिएका छन ।

नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डाको नेतृत्व, श्रीमेहर गणको संयोजन प्रभु बैँकको सहयोगमा बुर्तिबाङ प्रादेशिक अस्पतालमा सञ्चालित शिविरमा चिकित्सक सेवा, स्त्री तथा प्रसुती सेवा, हाड तथा जोर्नी सेवा, दन्त सेवा, बालरोग, छाला रोग, प्रयोगशाला, एक्सरे सेवा उपलब्ध गराइएको हो ।

शिविरमा बालरोग तर्फ १२० जना, हाडजोर्नी २६० जना, छाला तर्फ १२०,आयूवेदिक ४० जना र गाइनो तर्फ २०० जना दन्त रोग तर्फ ७९ जना नागरिकले सेवा प्राप्त गरेको नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डाले जनाएको छ ।

शिविरको उद्‌घाटन सत्रको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दे नेपाली सेनाको २३ नम्बर बाहिनीपति सायक रथी जगत बहादुर पौडेलले नेपाली सेनाले विभिन्न सामाजिक कार्यसँगै नागरिकको स्वास्थ्यसँग जोडिएर निःशुल्क शिविर आयोजना गरिरहेको जनाउँदै दुर्गम क्षेत्रमा आर्थिक र चेतनाको अभावका कारण उपचारबाट बञ्चित भएका नागरिकलाई सहज भएको बताउनु भयो ।

कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले बोल्दै नेपालीमा आहारविहारमा ध्यान नदिने, व्याम नगर्ने जस्ता समस्याका कारण नसर्ने रोगको मात्रा वृद्धि हुँदै गएको बताउँदै खानपानमा ध्यान दिन सके धेरै रोगबाट बच्न सकिने बताउँदै नेपाली सेनाले गरेको शिविरबाट यहाँका धेरै नागरिकले सेवा प्राप्त गरेको बताउनु भयो ।

कार्यक्रममा गणपति श्रीमेहर गणका प्रमुख सेनानी धन राना मगर लगायत विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको आतिथ्यता रहेको थियो । शिविरमा ७३ जना ज्येष्ठ नागरिक, बालबालीका १२४, महिला ५९१ र पुरुष २२८ जना नागरिकको सहभागिता रहेको हो ।

शिविरलाई सफल पार्न सरकारी तथा सामाजिक विभिन्न सङ्घसंस्थाको सहभागिता रहेको थियो । शिविरबाट निःशुल्क रुपमा सेवा प्राप्त गरेसँगै आर्थिक अभाव र चेतनाको अभावका कारण रोग लुकाएर बस्दै आइरहेका नागरिकलाई निः शुल्क शिविरले धेरै राहत भएको पाइएको छ । यस्ता प्रकारका शिविर आगामी दिनमा पनि गर्न सके नागरिकलाई सहज हुने स्थानीयको भनाइ छ । 

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित