ढोरपाटनस्थित ज्योति विकास माविमा सुबिधा सम्पन्न आइसीटी ल्याबको उद्घाटन

ढोरपाटन, फाल्गुन १२ –

ढोरपाटनस्थित ज्योति विकास माध्यमिक विद्यालयमा एक नयाँ, सुबिधा सम्पन्न आइसीटी कम्प्युटर ल्याबको आइतबार उद्घाटन गरिएको छ।

ग्रामीण नेपालमा डिजिटल खाडल पुर्ने उद्देश्यले गरिएको यो पहल एडुटेक नेपाल, कर्माफ्लाइट्स फाउन्डेसन र ढोरपाटन नगरपालिका बीचको सहकार्यबाट सम्भव भएको हो। दात्रि निकाय, अभिभावक, शिक्षक र समुदायका अगुवाहरूको उपस्थितिमा आयोजीत कार्यक्रममा प्रमुख अतिथि एडुटेक नेपालका संस्थापक र दाता न्युजिल्याण्ड निबासी माइक चिसोल्मले विद्यार्थी, शिक्षक र समुदायलाई ल्याब उपहार दिन पाउँदा खुशी व्यक्त गरे।

नेपालसँगको आफ्नो सम्बन्धको सम्झना गर्दै चिसोल्मले लगभग ४० वर्षअघि आइएनएफ पोखरामा आफ्नो सेवालाई सम्झिए र आफ्नो कान्छो बच्चा नेपालमा जन्मिएको र न्युजिल्याण्ड र नेपालबीचको मित्रताको लामो विरासत बोकेको भन्दै जुन १९५३ (२०१०) मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको ऐतिहासिक सगरमाथा आरोहणदेखि सुरु भएको जुरा स्मरण गराए।

चिसोल्मले प्रविधि र शिक्षा गरिबी हटाउने कुञ्जी हो भन्ने कुरामा जोड दिए। संसार को धनी एलोन मस्कको उदाहरण उद्धृत गर्दै उनले कसरी सानै उमेरमा एउटा कम्प्युटरमा पहुँचले मस्कको भविष्यलाई रूपान्तरण गर्‍यो भन्ने कुरामा प्रकाश पारे। ूयो प्रयोगशाला नेपालका शहरहरू र मेरो आफ्नै देशमा पनि धेरै भन्दा राम्रो छ। यस्ता स्रोतहरू भएकाले, प्रत्येक बच्चामा प्रविधिमा अग्रणी बन्ने क्षमता छ उनले थपे।

एडुटेक नेपालका सीईओ अशोक डल्लीले अभिभावक र शिक्षकहरूलाई शिक्षालाई रूपान्तरण गर्न प्रयोगशालालाई सक्रिय रूपमा प्रयोग गर्न प्रोत्साहित गरे। कम्प्युटर प्रयोगशाला प्राप्त गर्नु मात्र पर्याप्त छैन। बालबालिकाको सिकाइमा वास्तविक प्रभाव पार्न यसलाई उचित रूपमा प्रयोग गर्नुपर्छू, उनले अभिभावकहरूलाई विद्यालय भ्रमण गर्न र आधुनिक शिक्षा उपकरणहरूसँग संलग्न हुन आग्रह गर्दै भने।

यस परियोजनाको एक प्रमुख साझेदार कर्मफ्लाइट्स फाउन्डेसनले नेपालभरका ग्रामीण विद्यालयहरूमा आईसीटी प्रयोगशालाहरू स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको छ। कर्मफ्लाइट्सका राष्ट्रिय निर्देशक प्रेम बहादुर कुँवरले प्रयोगशाला कुशलतापूर्वक स्थापना गरेकोमा विद्यालयको प्रशंसा गरे र शिक्षामा प्रविधिलाई एकीकृत गर्ने महत्त्वमा जोड दिए। ूहामी प्रविधिलाई बेवास्ता गर्न सक्दैनौंस शिक्षालाई रूपान्तरण गर्न र जीवनको गुणस्तर सुधार गर्न हामीले यसलाई अँगाल्नुपर्छ कुँवरले भने।

ढोरपाटन नगरपालिका वडा नम्बर ७ का पूर्व अध्यक्ष दीपक थापा, ढोरपाटन शिकार आरक्ष संरक्षण अधिकृत पशुपति अधिकारी र ढोरपाटन तिब्बती शरणार्थी शिविरका अध्यक्ष रिन्चिन ताशी लगायत धेरै विशिष्ट अतिथिहरूले कार्यक्रममा बोल्दै आधुनिक शिक्षामा डिजिटल साक्षरताको महत्त्वलाई जोड दिए।
ढोरपाटन उपत्यकामा बसोबास गर्ने तिब्बती शरणार्थी बालबालिकाहरूलाई शिक्षा प्रदान गर्न बि स २०१७ सालमा श्री ज्योति विकास विद्यालय स्थापना गरिएको थियो। यो आईसीटी प्रयोगशाला जम्मा १४ लाख मध्ये ढोरपाटन नगरपालिकाले कुल लागतको एक तिहाइ र एडुटेक नेपाल र कर्मफ्लाइट्सले बाँकी दुई तिहाइ म्याचिङ्ग कोष प्रयासबाट सम्भव भएको हो।

प्रयोगशाला २१ वटा कम्प्युटर र अफ लाइन एआई सफ्टवयर सहित शैक्षिक सामग्रीहरूको विशाल संग्रहले सुसज्जित छ। यो प्रकार को पहल कदमी ले ग्रामीण नेपालमा शिक्षामा क्रान्तिकारी परिवर्तन ल्याउने, विद्यार्थीहरूलाई २१औ सताप्दीको विश्वनागरिक बनाउन कोशेढुंगा साबित हुने कुरा अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित