फागुन ८ गते बुर्तिबाङ
बागलुको निसीखोला गाउँपालिका वडा नम्बर २ कोे आयोजनामा बृहत निः शुल्क स्वास्थ्य शिविर बिहिबारदेखि सुरु भएको छ ।
हिलारी तेन्जिङ च्योटी न्यूजिल्यान्ड र वि.पी, कोईराला लायन्स सेन्टर फर अप्थाल्मिक स्टडीडको प्राविधिक सहयोगमा फागुन ८ र ९ गते दुई दिनका लागी शिविर सुरु भएको हो ।
शिविरमा महिलारोग, हाडजोर्नी, भिडियो एक्सरे, ल्याब, मेडिसिन तथा आँखाको चेकजाँच तथा उपचार हुने भएको हो ।
शिविर सञ्चालन हुँदै गर्दा निसीखोला गाउँपालिका तथा आसपासका नागरिकले निः शुल्क रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा लिइएको निसीखोला २ का अध्यक्ष कुविर विश्वकर्माले बताउनु भयो ।
बिहिबार एक औपचारिक कार्यक्रम सहित सिविरको सुरुवात गरिएको हो । कान्छीबजारमा सुरु भएको शिविरमा प्रध्यापक डा. आनन्द शर्मा, डा. राजेश पौडे, डा. विजय ओझा सहित स्वास्थ्य कर्मीको टोलीले चेकजाँच तथा उपचार गरिरहेको हो ।
दुर्गम क्षेत्रका नागरिकको समस्यालाई मध्यनजर राख्दै आफुहरुले सहयोग गरिएको हिलारी तेन्जिङ च्योटी न्यूजिल्यान्डका प्रतिनिधी वावुराजा मर्हजनले बताउनु भयो । शिविर शुक्रबार सम्म सञ्चालन हुने भएको हो ।
निसीखोला २ मा बृहत स्वास्थ्य शिविर सुरु ।

