दुई हप्तादेखि बेपत्ता रूपी वि.क.को शव निसीखोलामा फेला ।

फागुन ८ गते बुर्तिबाङ
जिल्लाको निसीखोला गाउँपालिका १ देविस्थान बजार नजिकै निसीखोलामा एक महिलाको शव फेला परेको छ । गत माघ २५ गतेदेखि हराएकी निसीखोला गाउँपालिका १ लेबाङ बस्ने ८० बर्षिय रुपी विक को शव निसीखोला स्थित पाल्लेबास भन्ने स्थानमा विद्युत कुलोको मुहानमा शव फेला परेको हो ।
देविस्थान सामाजिक सुरक्षा भत्ता बुझ्न आएकी वि।क घर नफर्किएपछि स्थानीय परिवार र प्रहरीले विभिन्न स्थानमा खोजी कार्य जारी राखेका थिए । बिहिबार स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गर्दा रुपी विकको शव रहेको पाइएको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जनाइएको हो । शवलाई पोष्ट मार्टमका निम्ती बुर्तिबाङ अस्पत्ताल ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित