Home Blog Page 58

कर्मफ्लाइट्सद्वारा विद्यालयमा न्यानो ज्याकेट र पुस्तक वितरण

0

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका विद्यार्थीहरुलाई न्यानो जाकेट वितरण गरिएको छ । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम (पुूर्वी भाग)  को पुथा उत्तरगङ्गा गाउँपालिकाका २२ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरिएको हो । गत डिसेम्बर ५ देखि १७ तारिखसम्म न्यानो ज्याकेट वितरण गरिएको थियो ।

कर्मफ्लाइट्स फाउन्डेसन र मेटल फर नेपालको आर्थिक सहयोग, कर्मफ्लाइट्सको व्यवस्थापन तथा पुथा उत्तरगङ्गा गाउँपालिकाको समन्वयमा हिमाली जिल्ला रुकुम (पूर्वी भाग) का विद्यार्थीको पठनपाठन अभियानमा सहजीकरण गर्न न्यानो ज्याकेट परियोजना सञ्चालन गरिदै आएको संस्थाका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले बताउनुभएको छ ।

उहाँका अनुसार न्यानो ज्याकेट परियोजना अन्तर्गत जनप्रिय आवि घुम्लिबाङमा १०१ जना, उत्तरगङ्गा आवि उपल्लोसेरामा ९१ जना, जनता आवि तल्लोसेरामा २० जना, ज्योति आवि फल्नैमा २३ जना, दुर्गा आवि गर्खानीमा ४३ जनालाई न्यानो जाकेट वितरण गरिएको छ । यस्तै पर्वत मावि कोलमा २ सय ८८ जना, पहाडी आवि छमारीमा १६ जना, जनसेवा आवि गोलखाडामा ५५ जना, डिग्रे आवि पानीचौरमा ४८ जना, सिद्धमण्डली माविमा ३५६ जना, आधारभूत विद्यालय नाखामा ८० जना, सानोभेरी आधारभूत विद्यालय खारखोलामा ७३ जना, जनसहयोग मावि रिवाङचौरमा २२० जना, सृजनशील बालविकास केन्द्र खराङमा १९ जना विद्यार्थिलाई न्यानो ज्याकेट वितरण गरिएको छ ।

यसैगरी लालपाटन आवि चुमामा ३६ जना, बालकल्याण आवि घरेलुटाकुरामा २९ जना, आधारभुत विद्यालय घुर्बाङमा २९ जना, जनज्योति मावि जाङमा १७१ जना, बालविकास जुनाङमा ५ जना, मनराज बालविबास हिममा ५ जना, तातोपानी आवि गुइबाङमा ८ जना र नियमित छात्रवृत्ति पाउनेतर्फ पुथा मावि मैकोटमा १७ जना गरेर जम्मा १ हजार ७ सय ३३ जना विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरिएको हो ।

वडा नं १४ का वडा अध्यक्ष द्रवेश बुढा मगरले सिद्धमण्डली माविमा न्यानो ज्याकेट वितरण कार्यक्रमा बोल्दै ‘राज्यले गर्न नसकेको काम कर्मफ्लाइट्स मार्फत भएको हुँदा स्थानीय तहलाई विकास निर्माणमा ठूलो सहयोग भएको’ बताउनुभएको थियो ।

बालकल्याण आवि घरेलुटाकुराका प्रअ अर्जुन बुढाक्षेत्रीले ‘न्यानो ज्याकेट तथा पुस्तकालयको लागि पुस्तक वितरण कार्यक्रम यो विद्यालयमा पहिलो पटक भएको र यस्तो कार्यक्रम पहिला प्रदेश मुख्यमन्त्री कार्यक्रम मार्फत हुने भनिए पनि कहिल्यै नभएको’ गुनासो गगर्नुभएको थियो । कर्मफ्लाईट्सले विद्यालयमा पुस्तकालयको लागि पुस्तक वितरण गरेपछि खुसी हुँदै विद्यार्थिलाई गरेको न्यानो ज्याकेटको सहयोगले चिसो मौसममा विद्यार्थी संख्या घट्ने समस्या कम हुने अपेक्षा गरेको बताउनुभएको छ ।

कर्मफ्लाइट्स फाउन्डेसन पोखरा कास्कीले लुम्बिनी प्रदेश रुकुम (पूर्वी भाग) जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं ८ मा रहेका ३ वटा विद्यालय वडा नं ७ को १ विद्यालयमा पुस्तकालयको लागि पुस्तकहरू वितरण गरिसकेको छ ।

आफ्नो स्थापनाकालदेखि शिक्षा तथा स्वास्थ्य क्षेत्रमा थुप्रै कामकार्य गरिआएको कर्मफ्लाइट्स फाउन्डेसनले ‘एक विद्यालय, एक पुस्तकालय’ कार्यक्रम मार्फत पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं ८ मा रहेका जनसहयोग मावि रिवाङचौर, लालपाटन आधारभूत विद्यालय चुमा र बालकल्याण आधारभूत विद्यालय घरेलुटाकुरा र वडा नं ७ मा रहेको आधारभूत विद्यालय खारखोलामा पुस्तकालय स्थापनार्थ पुस्तक वितरण गरेको कुरा कार्यक्रम निर्देशक प्रेम बहादुर कुँवरले बताउनुभएको छ ।

सकियो प्रथम निसीखोला महोत्सव ।

0

 मंसिर ३०

बागलुङको निसीखोला गाउँपालिका ४ झिवाखोला बजारमा सञ्चालित प्रथम निसिखोला महोत्सव आइतबार सम्पन्न भएको छ । गत मंसिर १७ गतेदेखि सञ्चालित महोत्सव आफूहरूको सिकाइका रुपमा महत्वपूर्ण रहेको आयोजकले जनाएको छ ।

स्थानीय, कला संस्कृति खेलकुदको जर्गेना सहित व्यापार व्यवसाय, मनोरञ्जनलाई लक्षित गर्दे सञ्चालन गरिएको महोत्सवमा उल्लेखनीय मात्रामा दर्शकको भने उपस्थित हुन नसकेको पाइएको छ ।

आइतबार समापन गरिएको महोत्सवको गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले प्रमुख अतिथिको रुपमा कार्यक्रमको सम्बोधन गर्नुभएको हो । कार्यक्रममा बोल्दै सांसद कुवँरले महोत्सवले निसीखोलाको एकता, सदभाव सँगै यहाँको व्यापार, पर्यटन प्रर्वद्धन संगै धेरै कुराको सिकाईको रुपमा सहयोग पुर्याएको बताउनु भएको छ ।

यहाँकै युवाहरूको सक्रियतामा महोत्सव सम्पन्न भएको बताउँदै यस्ता महत्वपूर्ण कला संस्कृति, खेलकुद, पर्यटन प्रर्वद्धन हुने कार्यक्रमलाई सबैले साथ दिन आवश्यक रहेको बताउँदै आफुले यस क्षेत्रको विकास र समृद्धिमा जनता संगै हातेमालो गरेर अगाडि बढने बताउनु भयो ।

जनताको सबैभन्दा ठुलो समस्या र आवश्यकताको रुपमा रहेको स्वास्थ्य क्षेत्रको विकास र विस्तारका निम्ती आफूले सुरुका दिन देखिनै सक्रिय रुपमा लागि परेका कारण बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरवृद्धि गर्दे ५० शैयाको अस्पताल बनिसकेका कारण अब धेरै सेवा सुविधा घर नजिकैको अस्पतालबाट नागरिकले प्राप्त गर्न सक्ने भएको बताउनु भयो । पौष १२ गते अस्पतालको विधिवत उद्‌घाटन गरेसँगै चाँडै सेवा सुचारु हुने बताउनु भयो ।

त्यस्तै सांसद कुवँरले पश्चिम बागलुङमा निरन्तर विपद, दैवी प्रकोप लगायतका समस्याहरू हुँदै गर्दा सबैभन्दा पहिले रेस्क्यु गर्ने ससत्र प्रहरी रहेका कारण यस क्षेत्रमा पनी ससत्र प्रहरी बल युनिट राख्ने विषयमा सरकारले ठाउँहरू हेरिरहेका कारण पश्चिमका ४ पालिका मध्ये पायक पर्ने स्थानमा ससत्र बस्ने भएका कारण आफूहरूले नागरिकलाई सूचना दिन खोज्दै गर्दा केही व्यक्तिबाट त्यसमा आपत्ती जनाएकोमा पहिले कुरा बुझेर मात्र बोल्न आग्रह गर्दे आफ्नो व्यक्तिगत स्वार्थ नभई राज्यले यस क्षेत्रका नागरिकको सुरक्षाका निम्ती गर्न खोजिएको कदम रहेको बताउँदै पायक पर्ने स्थानमा राख्ने व्यवस्था मिलाउने गरी सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो ।

रंगिन युवा क्लबको आयोजनामा सञ्चालित महोत्सव राजमान बुढाको अध्यक्षता, निसीखोला गाउँपालिकामा कृयाशिल राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, क्लबका पदाधिकारी, मेला व्यवस्थापन समिती पदाधिकारी लगाएतको आतिथ्यता एव्म शुभकामना मन्तव्य रहेको थियो ।

क्लले सञ्चालन गर्ने भनिएको हेली मार्फत प्रर्यटकिय क्षेत्रको अवलोकन भलिवल लगायतका विभिन्न कार्यक्रम सञ्चालन गर्न नसकेको पाइएको छ ।

नेकपा माओबादी केन्द्र निसीखोलाको अध्यक्षमा भिम बहादुर घर्ति चयन

0

मंसिर २७ गते बुर्तिबाङ

नेकपा माओबादी केन्द्र निसीखोलाको अध्यक्षमा भिम बहादुर घर्ति चयन हुनुभएको छ । बुधबार पार्टीको दोश्रो गाउँपालिकाको दोश्रो अधिवेशनबाट भिम बहादुर घर्तिको नेतृत्वमा २७ सदस्य पदाधिकारी चयन गरिएको हो ।
समितीको उपाध्यक्षमा हिरा बहादुर पुन, बेल बहादुर बुढा, टेक प्रसाद श्रेष्ठ सचिबमा इद बहादुर रसाईली, कोषाध्यक्ष गिता सापकोटा लगाएत अन्य पदाधिकारी चयन हुनुभएको हो ।

खुल्ला सत्रको कार्यक्रम नेकपा माओबादी केन्द्र निसीखोला गाउँपालिका अध्यक्ष कुविर विश्वकर्माको अध्यक्षता, माओबादी केन्द्र बरिष्ठ केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सह इन्चार्ज हरि अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा केन्द्रिय सदस्य निल बहादुर पुन, गण्डकी प्रदेश पार्टी उपाध्यक्ष ज्ञामनाथ गैरे अनिल, गण्डकी प्रदेश सचिवालय सदस्य प्रेम बहादुर घर्ति, गण्डकी प्रदेश सचिवलाय सदस्य कुशुम बुढा लगाएत जिल्ला पदाधिकारी, पालिका पदाधिकारीको आतिथ्यता एव्म मन्तव्य रहेको थियो ।

नेकपा माओबादी केन्द्र तमानखोलाको अध्यक्षमा नारायण सुनार

0

मंसिर २७ गते बुर्तिबाङ

नेकपा माओबादी केन्द्र तमानखोला गाउँपालिकाको अध्यक्षमा नारायण सुनार अध्यक्ष पदमा चयन हुनुभएको छ ।
बुधबार पार्टीको दोश्रो गाउँपालिका अधिवेशनबाट नारायण सुनार अध्यक्ष रहेको १८ सदस्य समितीको सहमतीबाट गठन गरिएको छ ।
समितीको उपाध्यक्षमा दल प्रसाद पुन, सचिब तारानाथ सिर्पाली, कोषाध्यक्ष दालमाया घर्ति सहितको समिती चयन गरिएको हो ।
उद्धघाटन सत्रको कार्यक्रम नेकपा माओबादी केन्द्र तमानखोला गाउँपालिका अध्यक्ष प्रेम घर्तिको अध्यक्षता माओबादी केन्द्र केन्द्रिय सदस्य कृष्ण केसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समिती पदाधिकारी, पालिका पदाधिकारी लगाएतको सहभागिता एव्म मन्तव्य रहेको थियो । कार्यक्रम सचिव छ प्रसाद श्रीपालीले सञ्चालन गर्नुभएको हो ।

माओबादी केन्द्र ढोरपाटनको अध्यक्षमा हेमेन्द्र घर्ति ।

0

मंसिर २६
नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र ढोरपाटन नगर कमिटीको अध्यक्षमा हेमेन्द्र घर्ति चयन हुनुभएको छ ।
मंगलबार भएको पार्टीको दोश्रो नगर सम्मेलनबाट घर्ति सर्वसहमतीबाट अध्यक्षमा चयन हुनुभएको हो ।

पाँच जनाको अध्यक्ष पदमा आकांक्षा रहेपनी सहमतीबाट नेतृत्व चयन गरिएको जनाइएको छ । उपाध्यक्ष खुल्लामा राष्ट्रिय पुन, मिलन विक रहनु भएको छ । त्यस्तै उपाध्यक्ष १ पद रिक्त रहेको जनाइएको हो ।सचिबमा गोपाल महत, कोेषाध्यक्ष वेलमती घर्ति लगाएत ३१ सदस्य पदाधिकारी चयन गरिएको नेकपा माओबादी केन्द्रका दिलिप थापाले बताउनु भयो ।

नेपाल कम्युनिष्ट पार्टी माओवादीको दोस्रो ढोरपाटन नगर सम्मेलन सुरु अध्यक्षमा ५आकांँक्षी

0


नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको दोश्रो ढोरपाटन नगर सम्मेलन मंगलबार देखि सुरु भएको छ । नगर सम्मेलन मार्फत नेतृत्व चयनमा जुटेको माओवादी केन्द्रमा अध्यक्ष पदको प्रत्यासीमा पाँच जना देखिएका छन ।

बन्द सत्रमाफर्त उमेद्वारी दर्ता सुरु भएको जसमा अध्यक्ष पदमा पाँच जनाको उमेद्वारी परेको हो । अध्यक्ष पदका लागी हेमेन्द्र घर्ति, सुमित घर्ति, राष्ट्रिय पुन, दिलिप थापा, गोपाल महत रहनु भएको छ ।
मंगलबार खुल्ला सत्रको औपचारिक कार्यक्रम सम्पन्न भएसंगै नेतृत्व चयनका निम्ती बन्द सत्र मार्फत छलफल कार्यक्रम सुरु भएको हो ।
उद्‌घाटन सत्रको कार्यक्रम ढोरपाटन नगर सम्मेलन आयोजक समितिका अध्यक्ष भीम बहादुर गौतमको अध्यक्षता,नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका केन्द्रिय सदस्य एवम् गण्डकी प्रदेश सह इन्चार्ज हरि अधिकारी (कुमार) को प्रमुख आथ्यिता रहेको थियो ।
आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि अधिकारीले ऐतिहासिक नगर सम्मेलनको सफलताको शुभकामना कामना सहित सक्षम नेतृत्व अगाडी आउनुपर्नेमा जोड दिनुभयो । देशमा समाजवादी आन्दोलनको लहर आउने अवस्था रहेको बताउँदै नेतृत्व जिम्मेवार रहनुपर्नेमा जोड दिनुभयो ।
माओबादी पार्टीले देशमा उत्पन्न हरेक समस्यामा अग्र स्थानमा रहेर जिम्मेवारी व्यवस्थापन गरिरहेको जनाउँदै माओवादी प्रति जनताको भरोसा र आशा रहेको बताउनु भयो ।
देशमा भ्रष्टाचार न्यूनिकरण गर्न, देश निर्माणमा जनताको मन जित्न माओबादीको आवश्यकता रहेको जनाउँदै माओवादीले मात्रै देशमा समृद्धि ल्याउने बताउनु भयो ।
आयोजित कार्यक्रममा माओबादी केन्द्र केन्द्रिय सदस्य कृष्ण के.सी.,केन्द्रिय सदस्य चन्द्र बहादुर बुदा ,बागलुङ जिल्ला समन्वय समिति संयोजक राजिव घिमिरेको विशिष्ट आतिथ्यता एवम् शुभकामना मन्तव्य रहेको थियो ।
त्यस्तै वैकल्पिक केन्द्रिय सदस्य निल बहादुर  पुन, गण्डकी प्रदेश सचिवालय सदस्य एवम् गण्डकी प्रदेश सभाको प्रमूख सचेतक कुसुम बुदा को मन्तव्य रहेको हो ।
नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय सदस्य ,प्रदेश सदस्य, नगर कार्य समिति तथा माओवादीबाट निर्वाचित जनप्रतिनिधि लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम गण्डकी प्रदेश समिति सदस्य सुमित घर्तीको स्वागत मन्तव्य,गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।
बन्द सत्रमा सहमती प्रयास गरिने र सहमती नभएमा निर्वाचन प्रणालीमा जाने अवस्था आउन सक्ने एक नेताले बताएका छन ।  

रोजगारको कार्यसम्पादनमा ढोरपाटन नगरपालिका र रोजगार संयोजक हिरालाल खनाल सम्मानित

0

ढोरपाटन मंसिर २३ गते

रोजगार सेवा केन्द्रको कार्य सम्पादनमा गण्डकी प्रदेशमा बागलुङको ढोरपाटन नगरपालिका सम्मानित भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको प्रधानमन्त्री रोजगार कार्यक्रममा विगत ३ वर्षदेखिको लागत साझेदारी, कार्य सम्पादन र रोजगार सेवा केन्द्रबाट प्रवाह हुने सेवाहरूको प्रभावकारी रुपमा कार्य सम्पन्नको आधारमा मुल्यांकन गर्दा गण्डकी प्रदेशमा बागलुङको बरेङ गाउँपालिका प्रथम भएको हो ।

त्यस्तै बागलुङकै ढोरपाटन नगरपालिका दोश्रो भएको छ । भने नवलपरासी पूर्वको विनयत्रीवेणी गाउँपालिका तेस्रो भएको छ । गण्डकी प्रदेशमा ८५ स्थानीय तह छन् ।

शनिबार पोखरामा सम्पन्न भएको वार्षिक समीक्षा कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास मन्त्री बिन्दु कुमार थापा, मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला र प्रधानमन्त्री रोजगार कार्यक्रम राष्ट्रिय कार्यक्रम निर्देशकको टिमले स्थानीय तहको श्रम तथा रोजगारीका क्षेत्रमा क्रियाशील रही त्यस क्षेत्रको विकासमा पुर्याएको योगदानको उच्च कदर गर्दै ढोरपाटन नगरपालिकालाई सम्मान गरेको हो । त्यस्तै नगरपालिका रोजगार संयोजक हिरालाल खनाल समेत उत्कृष्ट कार्यसम्पादन गरेबापत सम्मानित हुनुभएको छ ।

ढोरपाटन नगरपालिका कार्यपालिकाको कार्यालयमा रही रोजगार सेवा केन्द्रले प्रवाह गर्नुपर्ने सेवा प्रभावकारी रुपमा सम्पन्न गरी उत्कृष्ट काम, कर्तव्य गरेको, रोजगारीको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याकंन गर्दै उल्लेखनीय योगदान पुर्याउने अपेक्षासहित खनाललाई कदर पत्रले सम्मान गरेको नगरपालिकाले जनाएको छ ।

तमानखोला गाउँपालिकाको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न ।

0

मंसिर २२ बुर्तिबाङ

बागलुङको तमानखोला गाउँपालिकामा आर्थिक बर्ष २०८१÷०८२ अन्र्तगत प्रथम चौमासिक सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम वडा नम्बर ३ तमानमा शनिबार सम्पन्न भएको छ ।

तमानखोला गाउँपालिकाको आयोजना, सामुदायिक रेडियो ढोरपाटनको सहजिकरणमा सम्पन्न कार्यक्रममा सहभागि नागरिकले गाउँपालिको दिगो विकासलाई पुरा गर्नका निम्ती टुक्रे योजना नभई दिगो परिणाम दिने खालका योजनाको छनौट गरेर पुरा गर्नुपर्नेमा जोड दिएका छन ।

गाउँपालिकाले आफनो श्रोत र क्षमताले भ्याए सम्म नागरिकको समस्या सम्वोधन गर्ने गरी काम भइरहेको बताउँदै अझैपनी सहज सडक, कृषिमा बजारीकरण, व्यवसायिक उत्पादनमा जोड दिनुपर्ने र अनुदानका कार्यक्रमलाई थप विस्तार गर्नुपर्ने, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्नका निम्ती नियमित शिक्षण सिकालाई प्रभावकारी वनाउने र विद्यालय अनुगमन गर्दे नराम्रा गतिविधीलाई रोक्ने काम गर्नुपर्नेमा जोड दिएका हुन । स्थानीय विधुतमा निरन्तर समस्या रहने भएका कारण चाँडै केन्द्रिय विधुत जडानमा पहल गर्नुपर्ने लगाएतका माग स्थानीयको थियो ।

सहभागिले पालिका र वडा तहबाट योजना छनौट गर्दा जनसहभागितालाई प्राथमिकता दिएको, सबैको अपनत्व हुने गरी योजना छनौट गरिएको, जनप्रतिनिधी जनता प्रति उत्तरदायी रहेको बताउँदै तमानखोलाको शुसासन र समृद्धिमा अझै सक्रिय पूर्वक अगाडी बढ्नुपर्नेमा नागरिकले जोड दिएका छन ।

सहभागि नागरिकको प्रश्न, जिज्ञासाको विषयमा गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बोल्दै जनताको आवाज सुन्न र अझै सचेत भएर अगाडी बढ्नका निम्ती सार्वजनिक सुनुवाई कार्यक्रम प्रत्यक चौमासिकमा गर्ने गरिएको बताउँदै जनताबाट आएका रचनात्मक सुझावलाइ आफुहरुले ग्रहण गरेर अगाडी बढिने बताउनु भयो ।

संघियताको कार्यान्यन संगै स्थानीय सरकारको रुपमा स्थापित तमानखोला गाउँपालिकाले आफनो सामर्थले भ्याए सम्म विकास निर्माणमा अगाडी बढिरहेको बताउँदै ठुला योजना र परियोजनामा प्रदेश र केन्द्रको साथ आवस्यक रहने भएका कारण निरन्तर पहल गर्ने गरिएको बताउनु भयो ।

सडक निर्माणले गति लिएको, यसबर्ष केन्द्रिय विधुत प्रसारणको ठेक्का भइसकेका कारण केन्द्रिय विधुत सबै वडामा पुर्याउने गरी पहल भइरहेको, खानेपानीको क्षेत्रमा करिब ९० प्रतिशत नागरिक पहुँचमा पुगिसकेको, स्वास्थ्य क्षेत्रमा क्रमिक सुधार भइरहेका कारण , रोजगारी, शिक्षा, सचेतना लगाएतका कार्यक्रमलाई पनी प्राथमिकता दिएर गाउँपालिका अगाडी बढेको बताउनु भयो ।

कार्यक्रममा सहभागिबाट उठेका प्रश्न, जिज्ञासा र गुनासोको सन्दर्भमा सम्बन्धित जनप्रतिनिधी, विषयगत शाखा प्रमुख, लगाएतले प्रस्ट पार्नुभएको हो । गाउँपालिकाको चालु आर्थिक बर्षको कुल ३१ करोड ६२ लाख २५ हजार ५०० बजेट मध्ये चालु र पुँजीगत गरी कुल बजेटको १३ दशमलब १ प्रतिशत खर्च भएको जनाइएको छ ।

कुल ६३ योजना मध्ये अधिकांसको उपभोक्ता समिती गठन गरेर अनुशिक्षण कार्यक्रम भएको र प्राविधीक स्टेमिट समेत भएका कारण अब क्रमिक रुपमा काम सम्पादन हुने निमित्त प्रशासकिय अधिकृत मुना विश्वकर्माले बताउनु भयो ।

पोषण मैत्री गाउँपालिको रुपमा कार्यक्रम अगाडी बढिरहेका कारण यसबर्ष पनी १ करोड ६० लाख बराबरको कार्यक्रम सञ्चालन हुने जनाइएको छ । आयोजित कार्यक्रममा एक सय १० जनाको सहभागिता रहेको थियो ।

गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षता, उपाध्यक्ष हिरा कुमारी छन्त्यालको स्वागत, निमित्त प्रशासकिय अधिकृत मुना विश्वकर्मा द्धारा चालु आर्थिक बर्षको हालसम्मको बजेट र प्रगति प्रतिवेदन पस्तुत गर्नुभएको कार्यक्रम पत्रकार छविलाल पाण्डेले सहजिकरण गर्नुभएको थियो ।

सेरा टोल विकासको अगुवाईमा क्यान्सर पीडित छम सेन लाई आर्थिक सहयोग ।

0

मंसिर १९ गते बुर्तिबाङ विगत तिन महिना देखि क्यान्सर जस्तो घातक रोग बाट पीडित हुनुभएका ढोरपाटन नगरपालिका २ सेराका छम सेन लाई स्थानीय सेरा टोल विकास संस्थाको सक्रियतामा गाउँमा सङ्कलन गरिएको आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ । 

लामो समयदेखि राजनैतिक र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनु भएका छम सेन को आन्द्रामा क्यान्सर सङ्क्रमण देखिएपछि उपचाररत हुनुहुन्छ ।

बिरामीलाई उपचारमा आर्थिक समस्या भएपछि गाउँमा सङ्कलन गरिएको ७९ हजार ६ सय ८० रुपैयाँ उपलब्ध गराइएको टोल विकास संस्थाका अध्यक्ष अमर बहादुर क्षेत्री (ओम) ले भयो । रकम हस्तान्त्रण कार्यक्रममा स्थानीय टोल विकास संस्थाका पदाधिकारी, स्थानीय बासी लगाएतको उपश्थिती रहेको थियो । 

उपचारमा आर्थिक समस्या भएपछि आर्थिक सहयोग गरिदिन परिवारले सबैसँग आग्रह समेत गरेको छ । 

 

बुर्तिबाङ क्षेत्रमा समय समयमा नेपाल टेलिकमको नेटवर्कमा समस्या ।

0

मंसिर १८ बुर्तिबाङ

बागलुङको दोश्रो व्यापारिक केन्द्र समेत रहेको बुर्तिबाङ बजारमा पछिल्लो समय पटक पटक नेपाल टेलिकमको नेटवर्कमा समस्या भइरहँदा सेवा ग्राही नागरिकले सास्ती खेप्दै आइरहेका छन ।

जिल्लाको पश्चिम क्षेत्रमा केन्द्रिय विधुत सेवा सञ्चालन भएपनी दैनिक जसो विधुत सेवा नियमित नहुँदा टेलिकमको नेटवर्कले काम नगर्ने समस्या रहेको टेलिकमका कर्मचारीको भनाई छ ।

दैनिक २०÷२५ पटक जस्तो केन्द्रिय विधुत अवरुद्ध हुने समस्या छ केन्द्रिय विधुत नहुँदै गर्दा फोन सेवा समेत अवरुद्ध हुने गरेको स्थानीय नागरिकको गुनासो रहेको हो । विधुतको समस्याका कारण व्यवस्थापन गर्न नसक्दा प्रत्यक दिन नेटवर्कमा समस्या देखिने गरेको पाइएको छ । 

यस विषयमा नेपाल टेलिकम बागलुङका प्रमुख सन्तोष शर्मालाई ध्यानाकर्षण गराउँदा हालसम्म यस विषयमा आफूलाई जानकारी नभएको तर पौष मसान्त सम्म बुर्तिबाङमा कार्यालय स्थापना गर्ने र टावर राखेर सेवालाई थप प्रभावकारी गराइने बताउनु भयो ।

हाल कुत्थाप्लामा रहेको टावरमा आवश्यक ब्याकप नभएको र यस्तो समस्या रहेको हुन सक्ने बताउँदै चाँडै समस्याको समाधान गरिने बताउनु भयो ।