रेडक्रसको आयोजनामा विद्यालय उपचार प्राथमिक तालिम बुर्तिबाङमा सम्पन्न।

बुर्तिबाङ फागुन १७

नेपाल रेडक्रस सोसाइटी उपशाखा बुर्तिबाङको आयोजनामा विद्यालय प्राथमिक उपचार तालिम शनिबार सम्पन्न भएको छ ।

शुक्रबार देखि सुरु भएको तालिममा ढोरपाटन नगरपालिका अन्र्तगत रहेका विभिन्न १२ विद्यालयका जुनियर रेडक्रस सर्कलका विद्यार्थी र शिक्षक नायक गरी ४० जनाको सहभागिता रहेको हो ।

तालिमलाई सफल पार्न नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको समन्याय, नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशको प्राविधिक सहयोग रहेको हो ।

तालिममा विद्यार्थी र शिक्षक नायकलाई विभिन्न घटना दुर्घटना हुँदाको अवस्थामा प्राथमिक उपचार र व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रयोगात्मक र सैद्धान्तिक विधि सहित प्रशिक्षण दिइएको हो । नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका महासचिव रामदत्त पौडेलका अनुसार प्राथमिक उपचारको उद्देश्य, सिद्धान्त, घाइतेको परिक्षण, गला लाग्नु, बेहोसी, रक्तश्राव, शरीरका विभिन्न भाग दुर्घटनाबाट भाँचिएको, पोलिएको, जनावरको टोकाई, किराको टोकाई, घारे र पट्टी, घाइतेलाई उद्धार र व्यवस्थापन, मनो सामाजिक प्राथमिक उपचार लगायतका विषयमा प्रशिक्षण दिइएको बताउनु भयो ।

तालिमलाई नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका उप महासचिव कृष्ण चन्द्र पाण्डेले समेत प्रशिक्षण दिनुभएको हो । तालिम लिइ सकेपश्चात अबको दिनमा आफूहरूले सिकेका ज्ञान र सीपलाई आफू, परिवार, विद्यालय र समाजमा सक्रिय पूर्वक व्यवहारमा उतार्ने बताउँदै नेपाल रेडक्रस सोसाइटी उपशाखा बुर्तिबाङले आयोजना गरेको यस्तो तालिम अतिनै महत्वपूर्ण रहेको शिक्षक र विद्यार्थीले बताएका हुन ।

कार्यक्रमका नेपाल रेडक्रस सोसाइटी जिल्ला सभापति जगन्नाथ आर्चाय, ढोरपाटन नगरपालिका वडा नम्बर १ का अध्यक्ष वान बहादुर छन्त्याल लगायतको आतिथ्यता रहेको थियो । तालिमलाई सफल पार्न सहयोग गर्ने सहयोगी व्याक्ति, संस्थालाई धन्यबाद ज्ञापन गर्दे रेडक्रसको माध्यमबाट आफूहरूले यस क्षेत्रमा धेरै सामाजिक कार्य गरिरहेको नेपाल रेडक्रस सोसाइटी बुर्तिबाङ उपशाखा सभापति पुरन पाण्डेले बताउनु भयो ।

आफूहरूले सञ्चालन गरिरहेको कार्यक्रमलाई सहयोग गर्ने सहयोगी सबैलाई धन्यबाद ज्ञापन गर्दे आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्दे जाने बताउनु भयो ।

शनिबार आयोजित समापन सत्रको कार्यक्रम नेपाल रेडक्रस सोसाइटी गण्डकी बुर्तिबाङ उपशाखा सभापति पुरन पाण्डेका अध्यक्षता, नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका महासचिव रामदत्त पौडेलको प्रमुख आतिथ्यता, नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका उप महासचिव कृष्ण चन्द्र पाण्डे, नेपाल रेडक्रस सोसाइटी बागलुङ जिल्ला सभापति जगन्नाथ आर्चाय, ढोरपाटन नगरपालिका वडा नम्बर १ का अध्यक्ष वान बहादुर छन्त्याल, नेपाल रेडक्रस सोसाइटी उपशाखा सल्लाहकार निम बहादुर जिसी, पत्रकार छविलाल पाण्डे, लोकेन्द्र सुनार लगायत नेपाल रेडक्रस सोसाइटी उपशाखा बुर्तिबाङका सल्लाहकार , पदाधिकारी, सहयोगी दाता लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम सचिव गीता कुमारी घिमिरेले सञ्चालन गर्नुभएको हो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित