नेपाल मगर सङ्घको ४३ औँ राष्ट्रिय एकता दिवस बुर्तिबाङमा विभिन्न कार्यक्रम गरी मनाइयो ।


फागुन १५ गते बुर्तिबाङ
नेपाल मगर सङ्घको ४३औँ राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी बुर्तिबाङमा मनाइएको छ । नेपाल मगर सङ्घ क्षेत्रीय समिति बागलुङ क्षेत्र नम्बर २ प्रदेश सभा २ को आयोजनामा बिहीबार विभिन्न कार्यक्रमका साथ बुर्तिबाङ बजारमा मनाइएको छ ।
भलीवल खेल सहित स्थानीय भेषभुषा, कला संस्कृति सहित बुर्तिबाङ बजारमा र्‍याली सहित परिक्रमा गर्दे सुरु भएको कार्यक्रम क्षेत्रीय अध्यक्ष गंग बहादुर घर्तिको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमलाई गण्डकी प्रदेश पूर्व कृषि मन्त्री चन्द्र बहादुर बूढा सागरले उद्‌घाटन गर्नुभएको हो ।


कार्यक्रमलाई सम्बोधन गर्दे बुढाले आज मगर समुदायको विजय र एकताको दिन भएको बताउँदै यस अवस्था सम्म ल्याउन सफल विभिन्न नेतृत्वलाई सम्झँदै सङ्घर्ष र बलिदानीबाट प्राप्त अवसरलाई प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
अब नयाँ सङ्कलनको आवश्यक रहेको जनाउँदै संस्कृति, भाषा, पहिचान र मगर समुदायका मुद्दालाई नयाँ सन्ततीलाई सिकाउन आवश्यक रहेको भइरहेका त्रुटिमा समीक्षा आवश्यक रहेको बताउनु भयो । मगर समुदायको हक अधिकारलाई स्थापित गर्न संविधानले समेत साथ दिएको बताउनु भयो ।


कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ति, मगरात सङ्घर्ष समिति केन्द्रिय सदस्य निल बहादुर पुन, नेपाल मगर संघ ढोरपाटन नगरसमिति अध्यक्ष हेमेन्द्र पुन मगर,  नेपाल मगर सङ्घका पदाधिकारी जनप्रतिनिधि लगायतको आतिथ्यता रहेको कार्यक्रम नेपाल मगर संघ क्षेत्रीय उपाध्यक्ष खगेन्द्रमान पुनको स्वागत सचिव टिका रानाको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रमका अवसरमा मगर संस्कृति झल्कने विभिन्न नृत्य, कला संस्कृतिको प्रस्तुती, कलाकारको प्रस्तुती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित