Home Blog Page 57

तमानखोला गाउँपालिकाद्धारा दोश्रो चौमासिक सम्मको  सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न ।

0


फागुन २७ गते बुर्तिबाङ
बागलुङको तमानखोला गाउँपालिकाले चालु आर्थिक बर्षको दोश्रो चौमासिक सम्मको पालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम मँगलबार वडा नम्बर २ को नावाङमा सम्पन्न भएको छ ।


पालिकाले दोश्रो चौमासिक सम्म गरेका विकास निर्माण, सेवा प्रवाह र सुशासनका सन्दर्भमा सेवा ग्राही नागरिकको विचमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
गाउँपालिका, वडा कार्यालय र विषयगत शाखाबाट प्रवाह भएको सेवा सुविधा, विकास निर्माण र सुशासनका सन्दर्भमा दोश्रो चौमाशिक सम्मको सार्वजनिक सुनुवाई गरिएको हो ।


गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षतामा आयोजीत कार्यक्रममा स्थानीय नागरिक सहित १८० जनाको उल्लेखिय सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय नागरिकले सडक, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, विधुत, पूर्वाधार निर्माण, विद्यालयको शैक्षिक  भौतिक व्यवस्थापन, आत्मनिर्भर मुलक कार्यक्रम, जातीय छुवाछुतको अन्त्य, मोटरेवल पुल निर्माण, सार्वजनिक सौचालय निर्माण, महिला लक्षीत कार्यक्रम लगाएतका सन्दर्भमा प्रश्व, जिज्ञाशा, गुनासो र सुझाव व्यक्त गरेका हुन ।
कार्यक्रममा सहभागिबाट लिल बहादुर पून, टेक प्रसाद विक, चन्द्र बहादुर विश्वकर्मा, ओम पुन, केरसिंह प्रटेल, जितेन्द्र रसाईली, पदम बहादुर घर्ति, ज्ञान बहादुर रसाईली, छविलाल रसाईली, शान्ती सिर्पाली, लाल बहादुर प्रटेल, भक्त बहादुर रसाईली, भिम बहादुर सिर्पाली, रण बहादुर बराल लगाएतले आफनो धारणा राख्नु भएको हो ।

सहभागिबाट उठेका प्रश्न, विज्ञासा र सुझावको सन्दर्भमा गाउँपालिका अध्यक्ष जोकलाल बुढा, वडा नम्बर २ का अध्यक्ष नारायण सुनार, शिक्षा शाखा प्रमुख  कृषि शाखा प्रमुख  लघु उद्यम शाखा प्रमुख लगाएतले चित्त बुझ्दो रुपमा जवाफ दिनुभएको हो ।


गाउँपालिका अध्यक्ष जोकलाल बुढाले सहभागि नागरिकले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै सार्वजनिक सुनुवाई कार्यक्रम स्थानीय सरकार र नागरिक विचको दुरीलाई नजिक बनाउँदै नागरिकका समस्या, गुनासो र सुझावलाई ग्रहण गरेर अगाडी बढ्ने कार्यक्रम भएका कारण तमानखोला गाउँपालिकाले प्रत्यक चौमासिकमा कार्यक्रम गर्दे आइरहेको बताउँदै जनताका महत्वपूर्ण आवस्यकता, समस्यामा गाउँपालिको संधै हातेमालो गरेर अगाडी बढ्ने बताउँदै समस्या र आवस्यकता वमोजिम बजेट न्यून भएका कारण क्रमिक रुपमा विकास अगाडी बढ्ने बताउनु भयो । 

 गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत चालु आर्थिक बर्षको कुल ३२ करोड ९४ लाख बजेट मध्ये चालु तर्फ ३१ प्रतिशत र पुँजीगत तर्फ २३ प्रतिशत प्रगती भएको बताउनु भयो । जम्मा २९ प्रतिशत प्रगती भएको पालिकामा कुल ९२ विकास निर्माणका योजना मध्ये ६१ योजना निर्माण सम्पन्न भएको, १८ वटा सम्झौता भइसकेको र ७ वटा अन्तिम चरणमा रहेको बताउँदै भौतिक विकास निर्माणको काम चाँडै सम्पन्न गर्ने गरी अगाडी बढेको बताउनु भयो ।

पालिकाले किसान परिचयपत्र वितरण, कृषि, पशुपालन र मत्स्यपालन कृषकको तथ्यांक संकलन लगाएतका कार्यक्रम अगाडी बढाइएको जनाइएको हो ।
सहभागि नागरिकले सोधेका प्रश्न र विकास निर्माणका सन्दर्भमा वडा नम्बर २ का अध्यक्ष नारायण सुनारले प्रस्ट पार्नुभएको हो  । कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, राजनैतिक दलका प्रतिनिधी, पत्रकार, प्रहरी स्थानीय नागरिक लगाएतको उपस्थिति रहेको थियो । गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालको स्वागत मन्तव्य रहेको कार्यक्रम नेपाल पत्रकार छविलाल पाण्डेको सहजिकरणमा सम्पन्न भएको हो । 

वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा देशकै प्रभावशाली सय महिलाको सूचीमा

0

फागुन २६ ढोरपाटन
बाग्लुङको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी नेपालका १ सय प्रभावशाली महिलाको सूचीमा पर्नुभएको छ । । वल्र्ड अफि वोमनले अध्यक्ष थापासहित सामाजिक क्षेत्रमा अब्बल काम गर्ने देशका सय जना प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको हो ।

प्रतिनिधि सभाको पहिलो महिला उपसभामुख शिवमाया तुम्बाहाम्फे, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठलगायत महत्वपूर्ण अवसर पाएका र देशका ठुला पदमा पुगेका महिलासहितको सूचीमा बाग्लुङको दुर्गम क्षेत्रमा पर्ने बडिगाड गाउँपालिका अध्यक्ष थापा पनि समेटिनुभएको हो ।
पछिल्लो समय जिम्मेवारीमा रहेर जनपक्षिय काम गरेका महिलाहरुको क्षमता, योजना र क्रियाशिलताका आधारमा सय जनाको सूची सार्वजनिक गरिएको वल्र्ड अफ वोमनले जनाएको छ ।

डब्ल्यूओडब्ल्यूले नेपालमा नेतृत्व तहमा रही परिवर्तनलाई अगाडि बढाउने महिलाहरूको सामूहिक शक्ति नामक शीर्षकमा प्रभावशाली महिलाको सुचिसहित उनीहरुको बारेमा लेखेको छ ।

सरकार, राजनीति, कलाकारिता, खेलकुद, युवा नेतृत्वलगायत विधामा छानिएका प्रभावशाली महिलामा अध्यक्ष थापा जनप्रतिनिधि तर्फ प्रभावशालीको सूचीमा पर्नुभएको हो ।थापा यसअघि शी लिड्स आइकन अवार्डबाट पनि सम्मानित हुनु भएको थियो । देशभरका महिला जनप्रतिनिधिहरु मध्येबाट उत्कृष्ट काम गर्ने प्रतिनिधिलाई छान्ने प्रतिस्पर्धामा पनि अध्यक्ष थापा अब्बल बन्नुभएको हो ।

विभिन्न निकायबाट हुने यस्ता मुल्याङ्कनले थप जनपक्षिय भएर काम गर्न प्रोत्साहन मिलेको अध्यक्ष थापाले बताउनु भयो । चर्चाका लागि भन्दा नागरिकका लागि काम गर्न प्रेरणा मिलेको उहाँको भनाई छ ।बाह्य मुल्याङ्कनमा अध्यक्ष थापा मात्रै होइन, सरकारी संयन्त्रबाटै भएका विभिन्न मुल्याङ्कनमा थापाले नेतृत्व गरेको बडिगाड गाउँपालिका पनि उत्कृष्ट बन्ने गरेको छ ।
अध्यक्ष थापाले निर्वाचित भए लगत्तैदेखि ग्रामीण क्षेत्रमा रहेका महिलाहरुको उत्थान, महिला स्वास्थ्य र ग्रामीण पूर्वाधार सँगै नागरिकको निःशुल्क स्वास्थ्य बीमा, गर्भवती महिलाहरूको लागि एक्स–रे सेवा, पोषण सहयोगसहित कल्याणकारी कार्यक्रमहरू सुरुवात र साना उद्योगहरूलाई प्रवद्र्धन गरेर नागरिकलाई आत्मनिर्भर र पालिकालाई समृद्ध बनाउन भूमिका खेलिरहनु भएको छ ।

गरीमा विकास बैक बुर्तिबाङ द्वारा जेहेन्ददार विद्यार्थीलाई स्टेसनरी हस्तान्तरण तथा वित्तिय साक्षरता कार्यक्रम ।

0

फागुन २५ गते ढोरपाटन

गरीमा विकास बैक बुर्तिबाङ शाखाले उत्तरगंगा नमूना माध्यमिक विद्यालयका जेहेन्ददार विद्यार्थीहरूलाई आइतबार स्टेसनरी सामाग्री हस्तान्तरण गर्नुका साथै कक्षा ११÷१२ मा अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दिइएको

संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत स्टेसनरी सामाग्री हस्तान्तरण गर्नुका साथै विद्यार्थीलाई वित्तिय साक्षरता तालिम दिइएको संस्थाका शाखा प्रबन्धक जित बहादुर गर्वुजाले बताउनु भयो ।

कार्यक्रमका अवसरमा ढोरपाटन नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष वान बहादुर छन्त्यालले बोल्दै पछिल्लो समयमा धेरै बैङ्किङ ठगी भएका कारण बैंकिङ्ग सेवा तथा वित्तीय साक्षरता अत्यन्तै महत्वपूर्ण रहेको बताउनु भयो । विद्यार्थीहरूले यस्ता कार्यक्रममा सहभागिता जनाउँदा आफू आत्मनिर्भर बन्न र वित्तिय साक्षरताका विषयमा यस्ता कार्यक्रमले व्यवहारिक बनाउने बताउनु भयो ।

कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी बैङ्किङ सेवा के हो ,यसले कसरी काम गर्छ , यसको प्रावधानहरू के के छन भन्ने विषयमा प्रस्ट पार्दै बैँकबाट दिइने सेवा, सुविधाहरू के के छन बैँकका प्रकार, खाताका प्रकार, सेयर बजार र सेयर मार्केट ,डिजिटल बैंकिङ्ग, बैंकिङ्ग ठगीबाट कसरी बच्ने लगायतका विषयमा गरीमा विकास बैङ्कका क्षेत्रीय प्रमुख कमल प्रसाद ढुङ्गानाले प्रशिक्षण दिनुभएको हो ।

विद्यालयको नीतिको पालना , अनुशासन, सरसफाइ, नियमित रुपमा विद्यालय आउने जस्ता क्रियाकलापहरूलाई आत्मसाथ गरी दश जना विद्यार्थीहरूलाई स्टेसनरी सामाग्री हस्तान्तरण गरिएको हो । बैङ्किङ ठगीबाट नागरिकहरूलाई सुरक्षित राख्ने उद्देश्यले म्याग्दीका तिन विद्यालय र बागलुङको उत्तरगँगा माध्यमिक विद्यालयमा पनि यस्ता खालका कार्यक्रमहरू गर्दै आइरहेको गरीमा विकास बैक गरीमा विकास बैङ्कका क्षेत्रीय  प्रमुख कमल प्रसाद ढुङ्गानाले जानकारी दिनुभएको हो ।

कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नम्बर एकका वडा अध्यक्ष वान बहादुर छन्त्याल, उत्तरगँगा माध्यामिक विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद पौडेल ,शिक्षक होमनाथ महत , किरण पौडेल , लोकेन्द्र सुनार ,विद्यार्थी लगायतको उपस्थिति रहेको कार्यक्रम गरीमा विकास बैक बुर्तिबाङ शाखाका प्रमुख जित बहादुर गर्वुजाको सञ्चालनमा सम्पन्न भएको हो । 

ढोरपाटन नगरपालिकाको आयोजनामा सञ्चालित ११५ औं नारी दिवस बुर्तिबाङमा सम्पन्न ।।

0

ढोरपाटन नगरपालिकाको आयोजनामा महिला तथा बालबालिकाको लागि अधिकार समानता र शसक्तीकरण भन्ने मूल नाराकासाथ ११५ औँ नारी दिवस विभिन्न कार्यव्रmमको साथ बुर्तिबाङमा मनाइएको छ ।
कार्यक्रमको समउद्घाटन प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवीले गर्नुभएको थियो । अतिथि पौवीले बोल्दै महिलाको हक अधिकार निम्ती सम्पूर्ण महिलाहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।
समाजमा उत्पीडनमा परेका महिलाहरुको न्यायका लागि र महिला हरेक हक अधिकारका लागि आफुले प्रदेशमा पनि पनि कुरा उठाइरहेको बताउनुभयो ।
कार्यक्रम सबै महिला तथा बालबालिकाको लागि अधिकार समानता र शसक्तीकरण भन्ने राष्ट्रिय मुल नारा सहित ढोरपाटन नगरपालिकाद्वारा आयोजित महिला तथा बालबालिकाको हकहित अधिकार र संरक्षण सम्बन्धि विषयमा गीत सहित सामुहिक नृत्य प्रतियोगिताको आयोजना गरिएको थियो ।
कार्यक्रममा विभिन्न शाहसिक कार्य गरेर आफ्नो क्षेत्रमा योगदान  पुर्याउने नारीलाई मायाको चिनोसँगै सम्मान पत्र हस्ताणतरण गरिएको हो ।

साथै कार्यक्रममा नृत्य प्रस्तुत गरेर प्रथम , द्वितीय , तृतीय र सान्त्वना स्थान हासिल गर्नुहुने महिलाहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम कार्यपालिका सदस्य बिमला महतको अध्यक्षता, सरस्वती अधारभूत विद्यालय, भवरेटाकी प्रधानाध्यापक माया पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

तमानखोला गाँउपालिकाको आयोजनामा तमानमा ११५ औं नारी दिवस सम्पन्न ।।

0

तमानखोला गाँउपालिकाको आयोजनामा शनिबार तमानमा विभिन्न कार्यक्रमका साथ ११५औं अन्तराष्ट्रिय नारी दिवस मनाईएको छ ।
कार्यक्रमका अवसरमा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवीले बाल्दै महिलाहरुले हरेक क्षेत्रमा समान अधिकार पाउनुपर्ने, संविधानमा महिलाका लागि ३३ प्रतिशत अधिकार छुट्याएपनि कतिपय अवस्थामा व्यवहारमा भने कार्यान्वयन नभएको बताउनुभयो । त्यस्तै महिलाहरुले हरेक क्षेत्रमा उर्जाशील तरिकाले सहभागिता जनाउनुपर्ने बताउनुभयो । महिलाहरु अहिले पनि घरमा गृहनीको रुपमा बस्नुपर्ने बाध्यता रहेको र यसलाई हटाउनुपर्ने बताउनु भयो ।

कार्यक्रमको अवसरमा गाउँपालिका अध्यक्ष जोगलाल बुढा, अधिवक्ता लक्ष्मी बास्कोटा, महिला अधिकारकर्मी सकुन्तला शर्मा, प्रमुखु प्रशासकीय अधिकृत अमित परियार, सामाजिक व्यक्तित्व तथा युवा नेता टेकराज पौडेल, तमानखोला गाउँपालिकाभित्रका जनप्रतिनिधि, शिक्षाप्रेमी, बुद्धिजीवि, विभिन्न आमा समहहरु, स्थानीय नागरिक लगायतको उपस्थिति रहेको थियो ।

तमानखोला गाउँपालिकाकी उपाध्यक्ष हिराकुमारी छन्त्यालको अध्यक्षता, वडा नं. ४ अध्यक्ष छवि र्सिपालीको स्वागत मन्तव्य र बसन्त घर्ति मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तमानखोला र ढोरपाटमा ११५ औं नारी दिवस सम्पन्न ।।

0

तमानखोला गाँउपालिकाको आयोजनामा शनिबार तमानमा विभिन्न कार्यक्रमका साथ ११५औं अन्तराष्ट्रिय नारी दिवस मनाईएको छ ।
कार्यक्रमका अवसरमा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवीले बाल्दै महिलाहरुले हरेक क्षेत्रमा समान अधिकार पाउनुपर्ने, संविधानमा महिलाका लागि ३३ प्रतिशत अधिकार छुट्याएपनि कतिपय अवस्थामा व्यवहारमा भने कार्यान्वयन नभएको बताउनुभयो ।

त्यस्तै महिलाहरुले हरेक क्षेत्रमा उर्जाशील तरिकाले सहभागिता जनाउनुपर्ने बताउनुभयो । महिलाहरु अहिले पनि घरमा गृहनीको रुपमा बस्नुपर्ने बाध्यता रहेको र यसलाई हटाउनुपर्ने बताउनु भयो ।

 

 

 

कार्यक्रमको अवसरमा गाउँपालिका अध्यक्ष जोगलाल बुढा, अधिवक्ता लक्ष्मी बास्कोटा, महिला अधिकारकर्मी सकुन्तला शर्मा, प्रमुखु प्रशासकीय अधिकृत अमित परियार, सामाजिक व्यक्तित्व तथा युवा नेता टेकराज पौडेल, तमानखोला गाउँपालिकाभित्रका जनप्रतिनिधि, शिक्षाप्रेमी, बुद्धिजीवि, विभिन्न आमा समहहरु, स्थानीय नागरिक लगायतको उपस्थिति रहेको थियो ।

तमानखोला गाउँपालिकाकी उपाध्यक्ष हिराकुमारी छन्त्यालको अध्यक्षता, वडा नं. ४ अध्यक्ष छवि र्सिपालीको स्वागत मन्तव्य र बसन्त घर्ति मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

वैदिक सनातन धर्मको संरक्षण तथा शिव मन्दिरको संरक्षनार्थ निसीखोलामा महायज्ञ गरिँदै ।

0

बागलुको निसीखोला गाउँपालिका ४ स्थित योगी थुम्कामा वैदिक सनातन धर्मको संरक्षण तथा शिव मन्दिरको संरक्षनार्थ महायज्ञ गर्ने गरी आवस्यक तयारी अगाडि बढाइएको छ ।

फागुन २४ देखि चैत्र २ गतेसम्म सञ्चालन हुने महायज्ञको माध्यमबाट मन्दिर व्यवस्थापन, १०८ शिवलिग स्थापना, शिव मन्दिर, पक्की संरचना निर्माण, नृत्य पुजा सञ्चालानार्थ महायज्ञ कार्यक्रमको आयोजना गरिएको मुल आयोजक समितीका अध्यक्ष तारानाथ पौडेलले बताउनु भयो ।

समितीले प्रचार प्रसार, स्थल व्यवस्थापन लगायतको कार्यक्रमको तयारी भइरहेको समितीका सचिब टिकानिधी पौडेलले बताउनु भयो ।

ढोरपाटन नगरपालिकाले कक्षा ६–८ को पाठ्यक्रम बनाउँदै ।

0

फागुन २३ गते

ढोरपाटन बागलुङको ढोरपाटन नगरपालिकाले शैक्षिक सत्र २०८२ देखि पठन पाठन हुने गरी कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम तयारी गर्न थालेको हो । कक्षा १ देखि ५ सम्म पठन पाठनलाई अगाडि बढाएको पालिकाले ६–८ को पाठ्यक्रम निर्माणको पहिलो मस्यौदा माथि छलफल अगाडि बढाएको हो ।

आगामी शैक्षिक सत्रदेखि सुरु हुने गरी तयार पार्न लागिएको पाठ्यक्रमको मस्यौदामाथि शुक्रबार छलफल अगाडी बढाइएको हो । आधारभुत र माध्यमिक तहका विद्यालयका प्रधानाध्यापक , शिक्षा समिती, शिक्षा शाखाका कर्मचारी लगाएतको उपश्थितीमा कार्यक्रम सुरु भएको हो ।

गत पौष महिनामा कार्यशाला गोष्ठी आयोजना गरेको शिक्षा शाखाले निर्माण हुन लागिरहेको पाठ्यक्रमको विषयमा जानकारी गराउने, मस्यौदा लेखन लगाएतका विषयमा सहजिकरण हुने जनाइएको छ । काठमान्डौ स्थित संकल्प अध्यन केन्द्रले सहजिकरण गर्ने गरी जिम्मेवारी दिइएको उक्त पाठ्यक्रममा ढोरपाटन नगरपालिकाको विभिन्न विषयलाई समावेश गरिने भएको हो । १२८ पाठ्यघण्टा निर्धारण गरिएको कोर्षमा ऐतिहासिक ढोरपाटन, स्थानीय चाडपर्व,संस्कृर्ती र सम्पदा ,स्थानीय पेशा, व्यवसाय र उद्योग, वातावरण संरक्षण, सामाजिक मूल्य , मान्यता र संस्कार, पर्यटन, प्रकोप तथा विपद व्यवस्थापन, सामाजिक सचेतना लगायतका विषयमा कोर्ष तयार हुने भएको सहजकर्ता रविन्द्र आर्चायले बताउनु भयो ।

आयोजीत उद्‌घाटन सत्रको कार्यक्रमलाई ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले सम्बोधन गर्दे बालबालिकालाई स्थानीय क्षेत्रको विषयमा जानकारी गराउन सकेमा मात्र व्यवहारीक हुने र यहाँको परिवेश, अवस्था, विकास लगाएतका विषयमा ज्ञान हुने भएका कारण नगरपालिको कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम निर्माण गरेर लागु गर्न थालेको बताउनु भयो ।

कायतले थप बोल्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न केही विद्यालय सक्रिय पूर्वक लागिपरेको देखिएको र सबै विद्यालयले असल कुरालाई सिको गर्दे अगाडी बढ्न आग्रह गर्दे नगरपालिकाले राम्रो परिणाम देखिने गरी अगाडी बढेमा शिक्षामा लगानी गर्न कुनै कन्जुस्याईँ नगर्ने बताउनु भयो । कार्यक्रमका अध्यक्ष समेत रहनु भएको ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले शिक्षा ऐन लागू भएसंगै शिक्षा क्षेत्रको विकासमा अव केहि परिवर्तन हुनेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।

विद्यालयमा व्यवस्थापन समितीप्रधानाध्यापक विच सुमधुर सम्बन्ध नदेखिएको पाइएको बताउँदै त्यसमा शिक्षक प्रधानाध्यापक सच्चियर अगाडी बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा नगरपालिका भरका सामुदायिक र संस्थागत विद्यालयका प्रध्यानाध्यापक, जनप्रतिनिधी, कर्मचारी लगाएतको उपश्थिती रहेको थियो ।कार्यक्रम ज्ञानेन्द्र सापकोटाको सञ्चालनमा सम्पन्न भएको हो । 

पन्ध्रदिन देखि इलाका प्रशासन बुर्तिबाङमा प्रमुख बिहिनः अझै छैन आउने नआउने टुँगो ।

0

फागुन १८ गते ढोरपाटन

इलाका प्रशासन कार्यालय बुर्तिबाङमा कार्यालय प्रमुख बिहिन बन्दा गत फागुनको ४ गतेदेखि सबै कामकाज ठप्प बनेको छ । गृह मन्त्रालयले समयमा कर्मचारी पठाउन नसक्दा पश्चिम बागलुङका ४ पालिकाका नागरिकले निरन्तर सास्ती खेप्दै आएका हुन ।

कार्यालयबाट प्रवाह हुने नागरिकता, राजधानी, नागरिकता प्रतिलिपि, अभिलेख पठाउने, दलित, जनजाति प्रमाणित, दुई नामथर प्रमाणित, राष्टिय परिचय लगायत कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवा ठप्प भएको पाइएको छ । सेवाग्राही दैनिक रुपमा आइरहनुहुन्छ कार्यालय प्रमुख आउने टुँगो नहुँदा सेवा नदिई हुर्काउनुपर्ने बाध्यता छ इलाका प्रशासन कार्यालयका सहायक कम्प्युटर अप्रेटर पवन खाम्चाको भनाई छ ।

उता बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीका अनुसार यसै हप्ता आउने भन्ने जानकारी प्राप्त भएपनि कर्मचारी नआउँदा आफूले पनि ध्यानाकर्षण गराइरहेको बताउनु भयो । गृह मन्त्रालयबाट फागुन १० गते नै बरिष्ठ सुब्बा नरेश पुडासैनीलाई पठाउने भनिए पनी हालसम्म पुडाशैनी कार्यालयमा आउनु भएको छैन ।

पुडासैनीलाई ढोरपाटन टाइम्सबाट फोन मार्फत सरकारले पठाएको क्षेत्रमा किन अझै कार्यालयमा नआउनु भएको भनी सोध्दा आफू हाल बिदामा घरमा रहेको र बुर्तिबाङ आउने नआउने टुँगो अझै नभएको बताउनु भयो । बुर्तिबाङ दुरीको हिसाबले टाढा रहेका कारण सकभर नजिकै खोजीरहेको र अन्यत्र व्यवस्था नभएको खण्डमा अर्का हप्ताको बुधबार सम्म आउन सक्ने बताउनु भयो ।

पुडासैनीले पारिवारिक समस्या देखाउँदै आउने नआउने विषयमा अन्यौलता रहेको बताउनु भएको हो । । कर्मचारीको कारण अझै कति समय नागरिकले सास्ती खेप्नुपर्ने हो यो विषयमा स्थानीय सरकार, यहाँबाट निर्वाचित जनप्रतिनिधि र राज्यले नै सोच्नुपर्ने होला । दैनिक पचास जना भन्दा बढि सेवाग्राहीले सेवा लिने कार्यालयमा कर्मचारी नहुँदा यहाँका नागरिकले निरन्तर सास्ती खेपिरहेको स्थानीय ज्ञान प्रसाद कँडेलको भनाई छ ।

 

ढोरपाटन नगरपालिकाले दियो कृषकलाई यान्त्रिक हलो ।

0

फागुन १८ गते ढोरपाटन
बागलुङको  ढोरपाटन नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो वितरण गरेको छ। यान्त्रिकीकरणमार्फत कृषकलाई व्यावसायिक र कृषि पेसातर्फ उन्मुख गराउन मिनी टिलर प्रदान गरिएको  नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले बताउनु भयो ।

कार्यवाहक मेयर कायतका अनुसार १९ जना कृषकलाई मिनी टिलर (हलो) वितरण गरिएको हो। आधुनिक प्रविधिसँगै खेतबारी जोत्न सजिलो होस् भनेर मागमा आधारित भएर कृषकलाई अनुदानमा हलो वितरण गरिएको कायतको भनाई छ ।
गाउँमा खनजोतका लागि गोरुको अभाव र जनशक्तिसमेत नरहेकाले किसानको माग यान्त्रिक हलो भएकाले वितरण गरिएको उहाँले बताउनुभयो।

डिजेल वा पेट्रोलबाट चल्ने तथा कम जनशक्ति भए पनि पुग्ने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको उहाँको भनाइ छ। उता मिनि टेलर प्रयोग गर्न सम्भव नहुने स्थानमा हलगोरु पाल्न प्रोत्साहन गरेका छौँ । हलगोरु पाल्ने किसानलाई समेत प्रोत्साहन गर्ने गरी अनदान उपलब्ध गराउने गरी आवस्यक तयारी अगाडी बढाइएको कायतले बताउनु भयो ।

माग र आवश्यकताका आधारमा किसानलाई मिनिटेलर हलो वितरण गरिएको नगरपालिका  कृषि शाखा प्रमुख रोशन बलायरले जानकारी दिनुभयो। उहाँले कृषिलाई यान्त्रिकीकरणमा जोडी उत्पादन लागत घटाउन यो कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। वडाको सिफारीस अनुसार २१ जनाको आवेदन आएकोमा फिल्डमा पुगेर अध्यन गरिसकेपछि १९ जनालाई अनुदानमा मिनि टिलर उपलब्ध गराइएको बलायरको भनाई छ ।