गरीमा विकास बैक बुर्तिबाङ द्वारा जेहेन्ददार विद्यार्थीलाई स्टेसनरी हस्तान्तरण तथा वित्तिय साक्षरता कार्यक्रम ।

फागुन २५ गते ढोरपाटन

गरीमा विकास बैक बुर्तिबाङ शाखाले उत्तरगंगा नमूना माध्यमिक विद्यालयका जेहेन्ददार विद्यार्थीहरूलाई आइतबार स्टेसनरी सामाग्री हस्तान्तरण गर्नुका साथै कक्षा ११÷१२ मा अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दिइएको

संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत स्टेसनरी सामाग्री हस्तान्तरण गर्नुका साथै विद्यार्थीलाई वित्तिय साक्षरता तालिम दिइएको संस्थाका शाखा प्रबन्धक जित बहादुर गर्वुजाले बताउनु भयो ।

कार्यक्रमका अवसरमा ढोरपाटन नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष वान बहादुर छन्त्यालले बोल्दै पछिल्लो समयमा धेरै बैङ्किङ ठगी भएका कारण बैंकिङ्ग सेवा तथा वित्तीय साक्षरता अत्यन्तै महत्वपूर्ण रहेको बताउनु भयो । विद्यार्थीहरूले यस्ता कार्यक्रममा सहभागिता जनाउँदा आफू आत्मनिर्भर बन्न र वित्तिय साक्षरताका विषयमा यस्ता कार्यक्रमले व्यवहारिक बनाउने बताउनु भयो ।

कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी बैङ्किङ सेवा के हो ,यसले कसरी काम गर्छ , यसको प्रावधानहरू के के छन भन्ने विषयमा प्रस्ट पार्दै बैँकबाट दिइने सेवा, सुविधाहरू के के छन बैँकका प्रकार, खाताका प्रकार, सेयर बजार र सेयर मार्केट ,डिजिटल बैंकिङ्ग, बैंकिङ्ग ठगीबाट कसरी बच्ने लगायतका विषयमा गरीमा विकास बैङ्कका क्षेत्रीय प्रमुख कमल प्रसाद ढुङ्गानाले प्रशिक्षण दिनुभएको हो ।

विद्यालयको नीतिको पालना , अनुशासन, सरसफाइ, नियमित रुपमा विद्यालय आउने जस्ता क्रियाकलापहरूलाई आत्मसाथ गरी दश जना विद्यार्थीहरूलाई स्टेसनरी सामाग्री हस्तान्तरण गरिएको हो । बैङ्किङ ठगीबाट नागरिकहरूलाई सुरक्षित राख्ने उद्देश्यले म्याग्दीका तिन विद्यालय र बागलुङको उत्तरगँगा माध्यमिक विद्यालयमा पनि यस्ता खालका कार्यक्रमहरू गर्दै आइरहेको गरीमा विकास बैक गरीमा विकास बैङ्कका क्षेत्रीय  प्रमुख कमल प्रसाद ढुङ्गानाले जानकारी दिनुभएको हो ।

कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नम्बर एकका वडा अध्यक्ष वान बहादुर छन्त्याल, उत्तरगँगा माध्यामिक विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद पौडेल ,शिक्षक होमनाथ महत , किरण पौडेल , लोकेन्द्र सुनार ,विद्यार्थी लगायतको उपस्थिति रहेको कार्यक्रम गरीमा विकास बैक बुर्तिबाङ शाखाका प्रमुख जित बहादुर गर्वुजाको सञ्चालनमा सम्पन्न भएको हो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित