बागलुको निसीखोला गाउँपालिका ४ स्थित योगी थुम्कामा वैदिक सनातन धर्मको संरक्षण तथा शिव मन्दिरको संरक्षनार्थ महायज्ञ गर्ने गरी आवस्यक तयारी अगाडि बढाइएको छ ।
फागुन २४ देखि चैत्र २ गतेसम्म सञ्चालन हुने महायज्ञको माध्यमबाट मन्दिर व्यवस्थापन, १०८ शिवलिग स्थापना, शिव मन्दिर, पक्की संरचना निर्माण, नृत्य पुजा सञ्चालानार्थ महायज्ञ कार्यक्रमको आयोजना गरिएको मुल आयोजक समितीका अध्यक्ष तारानाथ पौडेलले बताउनु भयो ।
समितीले प्रचार प्रसार, स्थल व्यवस्थापन लगायतको कार्यक्रमको तयारी भइरहेको समितीका सचिब टिकानिधी पौडेलले बताउनु भयो ।