ढोरपाटन नगरपालिकाको आयोजनामा सञ्चालित ११५ औं नारी दिवस बुर्तिबाङमा सम्पन्न ।।

ढोरपाटन नगरपालिकाको आयोजनामा महिला तथा बालबालिकाको लागि अधिकार समानता र शसक्तीकरण भन्ने मूल नाराकासाथ ११५ औँ नारी दिवस विभिन्न कार्यव्रmमको साथ बुर्तिबाङमा मनाइएको छ ।
कार्यक्रमको समउद्घाटन प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवीले गर्नुभएको थियो । अतिथि पौवीले बोल्दै महिलाको हक अधिकार निम्ती सम्पूर्ण महिलाहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।
समाजमा उत्पीडनमा परेका महिलाहरुको न्यायका लागि र महिला हरेक हक अधिकारका लागि आफुले प्रदेशमा पनि पनि कुरा उठाइरहेको बताउनुभयो ।
कार्यक्रम सबै महिला तथा बालबालिकाको लागि अधिकार समानता र शसक्तीकरण भन्ने राष्ट्रिय मुल नारा सहित ढोरपाटन नगरपालिकाद्वारा आयोजित महिला तथा बालबालिकाको हकहित अधिकार र संरक्षण सम्बन्धि विषयमा गीत सहित सामुहिक नृत्य प्रतियोगिताको आयोजना गरिएको थियो ।
कार्यक्रममा विभिन्न शाहसिक कार्य गरेर आफ्नो क्षेत्रमा योगदान  पुर्याउने नारीलाई मायाको चिनोसँगै सम्मान पत्र हस्ताणतरण गरिएको हो ।

साथै कार्यक्रममा नृत्य प्रस्तुत गरेर प्रथम , द्वितीय , तृतीय र सान्त्वना स्थान हासिल गर्नुहुने महिलाहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम कार्यपालिका सदस्य बिमला महतको अध्यक्षता, सरस्वती अधारभूत विद्यालय, भवरेटाकी प्रधानाध्यापक माया पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित