तमानखोला र ढोरपाटमा ११५ औं नारी दिवस सम्पन्न ।।

तमानखोला गाँउपालिकाको आयोजनामा शनिबार तमानमा विभिन्न कार्यक्रमका साथ ११५औं अन्तराष्ट्रिय नारी दिवस मनाईएको छ ।
कार्यक्रमका अवसरमा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवीले बाल्दै महिलाहरुले हरेक क्षेत्रमा समान अधिकार पाउनुपर्ने, संविधानमा महिलाका लागि ३३ प्रतिशत अधिकार छुट्याएपनि कतिपय अवस्थामा व्यवहारमा भने कार्यान्वयन नभएको बताउनुभयो ।

त्यस्तै महिलाहरुले हरेक क्षेत्रमा उर्जाशील तरिकाले सहभागिता जनाउनुपर्ने बताउनुभयो । महिलाहरु अहिले पनि घरमा गृहनीको रुपमा बस्नुपर्ने बाध्यता रहेको र यसलाई हटाउनुपर्ने बताउनु भयो ।

 

 

 

कार्यक्रमको अवसरमा गाउँपालिका अध्यक्ष जोगलाल बुढा, अधिवक्ता लक्ष्मी बास्कोटा, महिला अधिकारकर्मी सकुन्तला शर्मा, प्रमुखु प्रशासकीय अधिकृत अमित परियार, सामाजिक व्यक्तित्व तथा युवा नेता टेकराज पौडेल, तमानखोला गाउँपालिकाभित्रका जनप्रतिनिधि, शिक्षाप्रेमी, बुद्धिजीवि, विभिन्न आमा समहहरु, स्थानीय नागरिक लगायतको उपस्थिति रहेको थियो ।

तमानखोला गाउँपालिकाकी उपाध्यक्ष हिराकुमारी छन्त्यालको अध्यक्षता, वडा नं. ४ अध्यक्ष छवि र्सिपालीको स्वागत मन्तव्य र बसन्त घर्ति मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित