Home Blog Page 56

हर्पे कृषि तथा पशु पक्षी पालनको तेस्रो सार्वजनिक सुनाई ।

0

चैत्र ३ गते बुर्तिबाङ
हर्पे कृषि तथा पशु पक्षी पालनको तेस्रो सार्वजनिक सुनाई तथा छलफल कार्यक्रम आइतबार निसीखोला ७ मा सपन्न भएको छ ।
हर्पे कृषि तथा पशु पक्षी पालनका कृषक समूहको सुरु देखी अहिले सम्म भए गरेका भौतिक संरचना निर्माण, खर्च विवरण ,बाख्रा खरिद ,दाना खरिद, घाँस उपलब्ध तथा खोर व्यवस्थापन  दर्ता जस्ता विषयवस्तुमा सार्वजनिक सुनाई भएको हो ।
आयोजित कार्यक्रम  रण बहादुर  सिंहको अध्यक्षता तथा कार्यपालिका सदस्य गौमला मल्लको प्रमख अथिति , निसीखोला ७ का वडा अध्यक्ष दिपु कुवर,कृषि प्राविधिक राम बहादुर पौडेल, हर्पे कृषि तथा पशु पक्षी पालनका संयोजक भगवती शाही, विष्णु साही लगायत स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो ।
स्थानीय नागरिकहरूलाई आधुनिक कृषि तथा पशुपक्षी पालनमा जोडिन प्रेरणा गर्ने ,आफ्नै देशमा पनि केही गर्न सकिन्छ भन्ने उद्देश्यले वि. स . २०७८/०३ /०३ मा रण बहादुर सिंहको अध्यक्षमा आम भेला गरी वि. स २०७८/०५/२७ गते फर्म दर्ता गरी पान नम्बर निकालेर नेपालको प्रचलित कानुन र नेपाल सरकारको अधीनमा रहि काम गर्नका निम्ति ५ प्रकारका उद्देश्य बनाई आधुनिक कृषि तथा व्यवसायिक तरकारी बाट कृषिजन्य बस्तु तथा तरकारी उत्पादन सँग जोड्ने, पशुपक्षीको उत्पादन मार्फत जीवनस्तरमा बृद्धि गर्ने उद्देश्यले सामूहिक रुपमा करिव करिव ४५ लाख लागतमा फर्म खोलिएको हर्पे कृषि तथा पशु पक्षी पालनका  सचिव कृष्ण शाहीले जानकारी दिनुभएको हो ।
अहिले खोरमा करिव ६० वटा बाख्रा , खसी बाका रहेका छन।
त्यस्तै बजारको माग अनुरुप माछा, मासु,महि ,घ्यू कृषि तथा पशुपक्षी सेवा सम्वन्धि  अध्यन गरी आन्तरिक तथा बाहिरी पर्यटन भित्राउन मैत्रीपूर्ण वातावरण सिर्जना नहुदा ,पशुपक्षीको बजारीकरण ,पशुपक्षीका लागि कच्चा पर्दाथ तथा दाना उत्पादन नहुदा निकै सास्ती खेप्नु परेको  संस्थामा  आवद्ध  कृषकहरूको गुनासो रहेको छ । 

    बोबाङमा सिँचाइ ल्याएरै छाड्छु  ः माननीय दोर्ण ।।

0

गण्डकी प्रदेश सभा सदस्य  माननीय दोर्ण कुमार कुवर ढोरपाटन नगरपालिका अन्तर्गत विभिन्न  भौतिक संरचना, सडक योजना विकास निर्माणको अनुगमन तथा स्थानीय नागरिक सँग भेटघाट कार्यक्रममा  जानुभएको हो ।


ढोरपाटन सालझण्डी सडकको अवलोकन गर्दै  अहिले  सम्म भए गरेका कामलाई तिव्र रुपमा अगाडि बदाउने गरी
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास कार्यलयलाई सडक योजना निरन्तर अगाडि बदाउन सहयोग गर्न आग्रह सहित निर्माण कम्पनीलाई सहयोग गर्न ध्यानाकर्षण गराउनुभएको हो । 


वडा नम्बर २,५ ६, ७,८ र ९ का नागरिकहरूको सिँचाइ समस्याको विषयमा  स्थलगत अवलोकन गरी  स्थानिय जनप्रतिनिधि ,स्थानीय नागरीकले  साथ दिएमा चैत्र सम्म बजेटको टुङगो लाग्ने बताउनुभयो ।
उक्त सडकको अवलोकन  गर्दै सांसद कुवँरले बहुवर्षीय सडक आयोजनाको रुपमा यसलाई स्थानीय नगरीका र ढोरपाटन सिकार आरक्ष घुम्न आउने  पर्यटकहरूलाई सास्ती खेप्न नपर्ने बताउदै जनताको समस्याको रुपमा रहेको सिँचाइ व्यवस्थापनलाई चाँडै संंघिय सरकारबाट बजेट विनियोजन गरी निर्माणलाई परिणाम आउने गरी अगाडि बदाउने  बताउनुभयो ।
ढोरपाटन नगरपालिका वडा नम्बर २,५,६, ७ , ८ र ९ वडाका  नागरिकहरूलाई  सिँचाइको व्यवस्थापन गरी कृषिमा क्रान्ति गर्ने उद्देश्यले माननीय त्यहाँ पुग्नुभएको हो ।
वडा नम्बर ९, देखि ६ सम्मका नागरिकले कृषि सँग जोड्न  सिँचाइ विस्तारका निम्ति  बहुवर्षीय योजना अन्तर्गत वृहत सिँचाइलाई पहिलो प्राथमिकतामा राखेर जनतालाई सास्तीबाट बञ्चित गराउन उहाँ जनता माझ पुग्नुभएको हो ।


स्थानीयले राखेका माग र आवश्यक समस्याको विषयमा  कुवरले बोल्दै  जनताका आवश्यकता धेरै रहेका कारण सबै समस्याको  एकैचोटि समधान गर्न नसकिने भएकाले आवश्यकता अनुसार काम गरिएको र जनताका समस्यालाई आफूले नजिकबाट नियालेर हेरेको र चालु आर्थिक वर्षमा हुन नसकेका विकास निर्माणलाई आगामी वर्षमा समेट्ने गरी काम गर्ने बताउनुभयो ।


कृषियोग्य जमिन भएयता पनि आकाशे पानीको भर पर्दा समयमा पानी नपर्ने भएकाले कृषिमा अगाडि बद्न नसकेको स्थानहरूको भनाई छ ।

   बोबाङमा सिँचाइ ल्याएरै छाड्छु  ः माननीय दोर्ण ।।

0

गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवर ढोरपाटन नगरपालिका अन्तर्गत विभिन्न  भौतिक संरचना, सडक योजना विकास निर्माणको अनुगमन तथा स्थानीय नागरिक सँग भेटघाट कार्यक्रममा   जानुभएको हो ।


ढोरपाटन सालझण्डी सडकको अवलोकन गर्दै  अहिले  सम्म भए गरेका कामलाई तिव्र रुपमा अगाडि बदाउने गरी प्रदेशको भौतिक पूर्वाधार विकास कार्यलयलाई सडक योजना निरन्तर अगाडि अटाउन सहयोग गर्न आग्रह सहित निर्माण कम्पनीलाई सहयोग गर्न ध्यानाकर्षण गराउनुभएको हो ।


वडा नम्बर ६,७, ८ र ९ का नागरिकहरूको सिँचाइ समस्याको विषयमा  स्थलगत अवलोकन गरी  स्थानीय जनप्रतिनिधि ,स्थानीय नगरीकहरुले साथ दिएमा चैत्र सम्म बजेटको टुङगो लाग्ने बताउनुभयो ।


उक्त सडकको अवलोकन  गर्दै सांसद कुँवरले बहुवर्षीय सडक आयोजनाको रुपमा यसलाई स्थानीय नगरीका र ढोरपाटन सिकार आरक्ष घुम्न आउने  पर्यटकहरूलाई सास्ती खेप्न नपर्ने बताउदै जनताको समस्याको रुपमा रहेको सिँचाइ व्यवस्थापनलाई चाँडै संंघिय सरकारबाट बजेट विनियोजन गरी निर्माणलाई परिणाम आउने गरी अगाडि बदाउने  बताउनुभयो ।


ढोरपाटन नगरपालिका वडा नम्बर ६, ७ , ८ र ९ वडाका  नागरिकहरूलाई  सिँचाइको व्यवस्थापन गरी कृषिमा क्रान्ति गर्ने उद्देश्यले माननीय त्यहाँ पुग्नुभएको हो ।


वडा नम्बर ९, देखि ६ सम्मका नागरिकले कृषि सँग जोड्न  सिँचाइ विस्तारका निम्ति  बहुवर्षीय योजना अन्तर्गत वृहत सिँचाइलाई पहिलो प्राथमिकतामा राखेर जनतालाई सास्तीबाट बञ्चित गराउन उहाँ जनता माझ पुग्नुभएको हो ।


स्थानीयले राखेका माग र आवश्यक समस्याको विषयमा  कुवँरले बोल्दै  जनताका आवश्यकता धेरै रहेका कारण सबै समस्याको  एकचोटि समधान गर्न नसकिने भएकाले आवश्यकता अनुसार काम गरिएको र जनताका समस्यालाई आफूले नजिकबाट नियालेर हेरेको र चालु आर्थिक वर्षमा हुन नसकेका विकास निर्माणलाई आगामी वर्षमा समेट्ने गरी काम गर्ने बताउनुभयो ।


कृषियोग्य जमिन भएयता पनि आकाशे पानीको भर पर्दा समयमा पानी नपर्ने भएकाले कृषिमा अगाडि बद्न नसकेको   स्थानियहरुको  भनाई छ ।

ढोरपाटनमा कालिका लघुवित्तको आयोजनामा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम ।। 

0

बागलुङको ढोरपाटन नगरपालिकामा कालिका लघुवित्त वित्तीय संस्थाको आयोजनामा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

आयोजित कार्यक्रममा चिरबाङ कालिका महिला विकास केन्द्रका केन्द्र प्रमुख नन्दा अर्गेजा मगरको अध्यक्षता , ढोरपाटन नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भान बहादुर छन्त्यालको प्रमख आथ्यितता , ढोरपाटन नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष वेग बहादुर खत्री, इलाका प्रशासन कार्यलयका प्रमुख रविन विष्ट ,उद्योग वाणिज्य सङ्घका अध्यक्ष दालेन्द्र छन्त्यालको विशिष्ट आथ्यितता , सुरक्षकर्मी, सञ्चारकर्मी, सेयर सदस्य, उपभोक्ता लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका अवसरमा प्रमूख अथिति ढोरपाटन नगरपालिका वडा नम्बर १ वडा अध्यक्ष भान बहादुर छन्त्यालले बोल्दै पछिल्लो समयमा वैदेशिक रोजगारका लागि सबै युवा विदेशिएका कारण युवाहरुमा पनि यस्तो आय स्रोत सँग जोड्ने कार्यक्रमहरू ल्यायमा युवाहरूलाई स्वरोजगार बनाउन सकिने बताउनु भयो

नागरिकहरूलाई आत्मनिर्भर बनाउन ,  ल्याउन कालिका लघुवित्त वित्तीय सस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरामा जोड् दिनुभयो ।

त्यस्तै नागरिकहरूलाई आय स्रोत सँग जोड्ने उपायहरूको बारेमा राम्रो ज्ञान दिने भएकाले गाँउघर तिर पनि यस्ता खालका कार्यक्रमहरू हुन जरूरी भएको बताउनुभयो ।

निरक्षर जनतालाई साक्षर बनाई सामूहिक जिम्मेवारी, विश्वास, इमानदारिता बन्न सिकाउने, जनतालाई सरल सहज दङगाबाट कर्जा प्रदान गरी रोजगार सिर्जना गर्ने, कर्जालाई आफ्नो सीप क्षमतामा उपयोग तथा सदुपयोग गर्ने, कर्जाबाट मुक्त बनाई परिवारमा आम्दानी बदाई बचत गर्ने बानीको विकास गर्ने ,बिद्यालय छाडेर बसेका बालबालिकाहरूलाई विद्यालय जान प्रेरणा प्रदान गर्ने, सामूदायिक भाइचारा बदाउने र नागरिकहरूलाई आर्थिक ,भौतिक ,नैतिक रुपमा अव्बल बनाई गरीवी हटाउने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको जनाईएको हो ।

कार्यक्रममा नागरिकहरूलाई आय स्रोत बदाएर कर्जा मुक्त कसरी बनाउन सकिन्छ , बचत के कसरी गर्न सकिन्छ लगायतका विषयवस्तुमा छलफल तथा अन्तरक्रिया गरिएको हो । 

ढोरपाटनमा कालिका लघुवित्तको आयोजनामा केन्द्र प्रमूख गाष्ठी तथा वित्तीय साक्षरता कायक्रम ।।

0

चैत्र २ गते बुर्तिबाङ

बागलुङको ढोरपानटन नगरपालिकामा कालिका लघुवित्त वित्तीय सस्थाको आयोजनामा केन्द्र प्रमूख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

आयोजित कायक्रममा चिरबाङ कालिका महिला विकास केन्द्रका केन्द्र प्र्रमूख नन्दा अर्गेजा मगरको अध्यक्षता , ढोरपाटन नगरपालिका वडा नम्बर १का वडा अध्यक्ष भान बहादुर छन्त्यालको प्रमूख आथ्यितता , ढोरपाटन नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष वेग बहादुर खत्री,इलाका प्रशासन कार्यलय प्रमूख रविन विष्ट ,उद्योग बाण्ज्यि संघका अध्यक्ष दालेन्द्र छन्त्यालको विशिष्त आथ्यितता ,सुरक्षकर्मी, सञ्चारकर्मी, सेयर सदस्य,उपभोक्ता लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका अवसरमा प्रमूख अथिति ढोरपाटन नगरपालिका वडा नम्बर १ वडा अध्यक्ष भान बहादुर छन्त्यालले बोल्दै पछिल्लो समयमा बैदेशीक रोजगारका लागि सवै युवा बिदेशीएका कारण युवाहरुमा पनि यस्तो आय स्रोत सँग जोड्ने कायक्रमहरु ल्यायमा युवाहरुलाई स्वरोजगार बनाउन सकिने बताउनु भयो ।नागरीकहरुलाई आत्मानिर्भर बनाउन ,शुसाषन ल्याउन कालिका लघुवित्त वित्तीय सस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरामा जोड् दिनुभयो ।

त्यस्तै नागरीहरुलाई आय स्रोत सँग जोड्ने उपायहरुको बारेमा राम्रो ज्ञान दिने भएकाले गाँउघर तिर पनि यस्ता खालका कायक्रमहरु हुन जरुली भएको बताउनुभयो ।

निरक्षर जनतालाई साक्षर बनाई सामूहिक जिम्मेवारी,विश्वास, इमानदारीता बन्न सिकाउने,जनतालाई सरल सहज दङगाबाट कर्जा प्रदान गरी रोजगार सिर्जना गर्ने, कर्जालाई आफ्नो सीप क्षमतामा उपयोग तथा सदुपयोग गर्ने,कर्जाबाट मुक्त बनाई परिवारमा आम्दानी बदाई बचत गर्ने बानीको विकास गर्ने ,बिद्यालय छाडेर बसेका बालबालिकाहरुलाई बिद्यालय जान प्रेरण प्रदान गर्ने,सामूदायिक भाईचारा बदाउने र नागरीकहरुलाई आर्थिक ,भौतिक ,नैतिक रुपमा अव्बल बनाई गरीवी हटाउने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको जनाईएको हो ।

कार्यक्रममा नागरीकहरुलाई आय स्रोत बदाएर कर्जा मुक्त कसरी बनाउन सकिन्छ , बचत के कसरी गर्न सकिन्छ लगायतका बिषयवस्तुमा छलफल तथा अन्तरक्रिया गरीएको हो ।

बुर्तिबाङमा प्रशासनिक कार्यालय बनाउन जग्गा खरिद अभियान समितिको बैठक ।

0

चैत्र २ गते

बुर्तिबाङमा प्रशासनिक भवन निर्माण गर्नका निम्ती जग्गा खरिद व्यवस्थापन समितिको बैठक शनिबार सम्पन्न भएको छ ।

इलाका प्रशासन, मालपोत र नापि कार्यालय बुर्तिबाङ बजारमै राख्ने गरी गत असार महिनादेखि समिति गठन गरेर नागरिक योगदान अभियान मार्फत अभियान सञ्चालन भइरहेको छ ।

करिब ३ करोड रुपैयाँमा दुई स्थानमा करिब दुई रोपनी जग्गा खरिद गर्न स्थानीयको सक्रियतामा समिती गठन गरेर अगाडी बढिएको छ । शनिबार बसेको बैठकले प्रशासनिक र सरकारी कार्यालय भवनका निम्ती जग्गा खरिद गर्ने अभियानमा नयाँ शहर आयोजना सम्मोन्य कार्यालय बबरमहल काठमान्डौको गत माघ महिनाको पत्र र ढोरपाटन नगरपालिकाको फागुन २० गतेको पत्रको आधारमा जग्गा व्यवस्थापन ,भौगोलिक अवस्था लगाएतका सन्दर्भमा एक हप्ताभित्र प्रतिवेदन तयार गरी नयाँ शहर आयोजना सम्मन्य कार्यालय बवरमहलमा पेश गर्ने निर्णय गरीएको छ ।

नयाँ शहर आयोजना कार्यालय मार्फत प्रशासनिक सरकारी जग्गा खरिका निम्ती आर्थिक व्यवस्थापनमा माग गर्ने गरी प्रतिवेदन पेश गर्ने जनाइएको हो । त्यस्तै नागरिक योगदान अभियानमा जग्गा व्यवस्थापनका निम्ती बनेको समिति मार्फत प्रतिवेदन नयाँ शहर आयोजना कार्यालय मार्फत नयाँ शहर आयोजना सम्मोन्य कार्यालय बवरमहलमा पठाउने विषयमा छलफल र निर्णय गरिएको हो ।

गण्डकी प्रदेश सभा सांसद दोर्ण कुमार कुवँरको विशेष सक्रियता संगै यहाँ स्थित इलाका प्रशासन, नापी कार्यालय, मालपोत कार्यालय, नागरिक योगदान अभियान समितीका पदाधिकारी लगाएतको उपश्थितीमा बैठक सम्पन्न भएको हो । समितिले कर्वडहलमा रहेको जग्गा र पहिले ढोरपाटन नगरपालिका कार्यालय रहेको क्षेत्र गरी दुई स्थानको जग्गा खरिद गर्न अभियान अगाडी बढाएको हो । 

ढोरपाटन नगरपालिकाको आयोजनामा गाडीखोलामा निःशुल्क स्वास्थ्य शिविर ।

0

चैत्र २ गते
ढोरपाटन नगरपालिकाको आयोजनामा वडा नम्बर ६ गाडीखोला स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । स्थानीय नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवाको पहुँच उपलब्ध गराउने उदेश्य सहित शिविर आयोजना गरिएको कार्यवाहक मेयर धन बहादुर कायलते बताउनु भयो ।

नगरपालिकाले विगत बर्षदेखि जनताको घरदैलोमा पुगेर यस्ता शिविर आयोजना गरिरहेको बताउँदै जनताको आवस्यकता र समस्यालाई पहिलो प्राथमिकता दिएर काम गरिने बताउनु भयो
शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. हरि शर्मा, फिजीसियन डा. गणेश पौडेल, वालरोग विशेषज्ञ डा. नविन्द्र ढकाल, आँखारोग विशेषज्ञ रुद्ध खत्री लगाएत स्वास्थ्य कर्मीद्धारा विरामीको स्वास्थ्य परिक्षण संगै उपचार गरिएको हो ।

शिविरमा सहभागि अधिकांस नागरिकमा ढाड कम्मर दुख्ने, आँखाको समस्या, शरिरका जोर्नी दुख्ने लगाएतका समस्या देखिएको पाइएको छ । लायन्स क्लब अफ ढोरपाटन र लायन्स क्लब अफ बुर्तिबाङको समेत सहयोग रहेको शिविरमा जेष्ठ नागरिक, महिला, बालबालीले बढि मात्रामा सेवा लिएका हुन ।

स्थानीय सरकारले गाउँघरमै शिविरको आयोजना गरेकोमा धन्यबाद ज्ञापन गर्दे आगामी दिनमा पनी नागरिकको समस्या वमोजिम स्थानीय सरकारले काम गर्नुपर्नेमा स्थानीयको भनाई थियो ।
आइतबार वडा नम्बर ४ मा शिविर आयोजना गरिने जनाइएको हो ।

बुर्तिबाङमा प्रशासनिक कार्यालय बनाउन जग्गा खरिद अभियान समितिको बैठक ।

0

 चैत्र २ गते

बुर्तिबाङमा प्रशासनिक भवन निर्माण गर्नका निम्ती जग्गा खरिद व्यवस्थापन समितिको बैठक शनिबार सम्पन्न भएको छ ।

इलाका प्रशासन, मालपोत र नापि कार्यालय बुर्तिबाङ बजारमै राख्ने गरी गत असार महिनादेखि समिति गठन गरेर नागरिक योगदान अभियान मार्फत अभियान सञ्चालन भइरहेको छ ।

करिब ३ करोड रुपैयाँमा दुई स्थानमा करिब दुई रोपनी जग्गा खरिद गर्न स्थानीयको सक्रियतामा समिती गठन गरेर अगाडी बढिएको छ । शनिबार बसेको बैठकले प्रशासनिक र सरकारी कार्यालय भवनका निम्ती जग्गा खरिद गर्ने अभियानमा नयाँ शहर आयोजना सम्मोन्य कार्यालय बबरमहल काठमान्डौको गत माघ महिनाको पत्र र ढोरपाटन नगरपालिकाको फागुन २० गतेको पत्रको आधारमा जग्गा व्यवस्थापन ,भौगोलिक अवस्था लगाएतका सन्दर्भमा एक हप्ताभित्र प्रतिवेदन तयार गरी नयाँ शहर आयोजना सम्मन्य कार्यालय बवरमहलमा पेश गर्ने निर्णय गरीएको छ ।

नयाँ शहर आयोजना कार्यालय मार्फत प्रशासनिक सरकारी जग्गा खरिका निम्ती आर्थिक व्यवस्थापनमा माग गर्ने गरी प्रतिवेदन पेश गर्ने जनाइएको हो । त्यस्तै नागरिक योगदान अभियानमा जग्गा व्यवस्थापनका निम्ती बनेको समिति मार्फत प्रतिवेदन नयाँ शहर आयोजना कार्यालय मार्फत नयाँ शहर आयोजना सम्मोन्य कार्यालय बवरमहलमा पठाउने विषयमा छलफल र निर्णय गरिएको हो ।

गण्डकी प्रदेश सभा सांसद दोर्ण कुमार कुवँरको विशेष सक्रियता संगै यहाँ स्थित इलाका प्रशासन, नापी कार्यालय, मालपोत कार्यालय, नागरिक योगदान अभियान समितीका पदाधिकारी लगाएतको उपश्थितीमा बैठक सम्पन्न भएको हो । समितिले कर्वडहलमा रहेको जग्गा र पहिले ढोरपाटन नगरपालिका कार्यालय रहेको क्षेत्र गरी दुई स्थानको जग्गा खरिद गर्न अभियान अगाडी बढाएको हो । 

सांसद दोर्ण कुवँर सहित जनप्रतिनिधीको टोली द्धारा नागरिक सँग भेटघाट सडक र विधुतको अनुगमन ।

0

 चैत्र १ गते बुर्तिबाङ

गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँर सहितको टोलीले तमानखोला गाउँपालिका अन्र्तगत विभिन्न सडक योजना र केन्द्रिय विद्युतको अनुगमन सँगै स्थानीय नागरिक सँग भेटघाट कार्यक्रम गर्नुभएको छ ।

शुक्रबार बुर्तिबाङ–बोङगादोभान सडकको अवलोकन गर्दे चालु आर्थिक वर्षमै कालोपत्रे सुरु गर्ने गरी काम अगाडि बढाउने गरि गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास कार्यालयलाई सडक योजना निरन्तर अगाडी बढाउन सहयोग गर्न आग्रह सहित निर्माण कम्पनीलाई सहयोग गर्न ध्यानाकर्षण गराउनु भएको हो ।

तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, उपाध्यक्ष हिरा कुमारी छन्त्याल, वडा नम्बर ५ का अध्यक्ष हिरा बहादुर सिर्पाली, वडा नम्बर ६ का अध्यक्ष चित्र छन्त्याल लगायत जनप्रतिनिधि, स्थानीय बासिन्दाको बिचमा तमानखोला ५ र ६ को विकास निर्माण, स्थानीयको समस्या, अबको विकास आवश्यकता लगायतका विषयमा छलफल गरिएको हो ।

वडा नम्बर ५ र ६ का नागरिकको विधुत समस्याको विषयमा स्थलगत अवलोकन गर्दे बैशाख सम्म केन्द्रिय विधुत सञ्चालन हुने गरी आवश्यक प्रवप्रबन्धन्ध मिलाउन विधुत कार्यालय बुर्तिबाङको टोलीलाई आवश्यक सम्मन्य सहयोग गर्न आग्रह गर्दे चाँडै केन्द्रिय विस्तृतीकरणमा समावेश हुन स्थानीयलाई आग्रह गर्नुभयो ।

वडा नम्बर ५ र ६ मा हिँउदको समयमा निरन्तर स्थानीय लघुजलविद्युत आयोजनाबाट उत्पादनमा गिरावट आउन थालेपछी उपभोक्ता मारमा पर्दे आएका छन । तमानखोला गाउँपालिका भर चाँडै केन्द्रिय विद्युत पुर्याउने गरी आफूले पहल गरिरहेका कारण अब सबै वडाका नागरिक केन्द्रिय विधुतको पहुँचमा पुग्ने बताउनु भयो ।

स्थानीयले तमानखोला वडा नम्बर ३ र ४ जाने मोटरवेल पुल, वडा नम्बर ५ र ६ जाने क्षेत्रमा मोटरेवल पुल, झलुङगे पुल, सडक, खानेपानी, पदमार्ग, विद्यालयको भौतिक व्यवस्थापन, सिँचाई, विधुत लगायतका विषयमा समस्या राख्दै आफुहरुको समस्यमा क्रमिक रुपमा सम्वोधन गरिदिन स्थानीय सरकार र प्रदेश सांसद कुवँर समक्ष माग गरेका हुन ।

स्थानीयले राखेको माग र समस्याको विषयमा सांसद कुवँरले बोल्दै नागरिकको आवस्यकता र समस्यालाई आफुले नजिकबाट बुझेको बताउँदै चालुबर्ष हुन नसकेका योजना आगामी बर्षमा समेट्ने गरी काम गर्ने बताउनु भयो । पालिका अध्यक्ष जोकलाल बुढाले बोल्दै साना योजनाको काम पालिकाले गर्न सक्ने भएपनी ठुलो योजनामा बजेट अभाव हुने भएका कारण प्रदेश सांसदले गरिरहेको र आगामी बजेटमा समेत यहाँको समस्या र आवस्यकतालाई सम्बोधन गरिदिन अपिल गर्नुभयो ।

वडा नम्बर ५ र ६ को सडक विस्तारका निम्ती बहुवर्षीय योजना अन्र्तगत शहरी विकास मन्त्रालय स्थानीय पूर्वाधार कार्यालय अन्र्तगत चालु वर्षमा ३५ लाख बजेटमा नर्जा मा काम भइरहेको छ । उक्त सडकको अवलोकन गर्दे सांसद कुवँरले बुहबर्षिय सडक आयोजनाको रुपमा यसलाई अगाडि बढाइएका कारण सडक सञ्जालमा स्थानीय नागरिकले चाँडै राहात प्राप्त गर्ने बताउँदै जनताको समस्याको रुपमा रहेका मोटरवेल पुल निर्माणलाई चाँडै परिणामा देखिने गरी काम गरिने बताउनु भयो ।

स्थानीय तहका जनप्रतिनिधी र प्रदेश सभा सांसद गाउँमै आएर जनताको समस्या र आवस्यआवश्यकताकता बुझ्ने प्रयास गरेकोमा स्थानीय नागरिकले धन्यबाद ज्ञापन गरेका हुन । 

 

निसीखोलाको झिवाखोलामा भव्य रुपमा मनाइयो फागु पूर्णिमा ।

0

फागुन २९ गते बुर्तिबाङ बिहिबार फागुपूर्णिमा अर्थात होली पर्व नेपालका पहाडी क्षेत्र लगायत विभिन्न स्थानमा मनाइरहँदा बागलुङको निसीखोला गाउँपालिका ४ झिवाखोला बजारमा स्थानीय रङ्गिन युवा क्लबको आयोजनामा भव्य रुपमा होली मेला मनाइएको छ ।

क्लबले प्रत्यक बर्ष मनाउँदै आएको होली मेला यसबर्ष पनी १८ औँ वार्षिकोत्सव धुमधामका साथ विभिन्न कार्यक्रमका साथ सुरु भएको हो । बिहीबार आयोजित कार्यक्रमको गण्डकी प्रदेश सभा सांसद दोर्ण कुमार कुवँरले उद्‌घाटन गर्नुभएको हो । विभिन्न खेलकुद एवम् सांस्कृतिक कार्यक्रमका साथ सुरु भएको कार्यक्रममा बिहीबार उद्‌घाटन संगै चर्चित कलाकारको साथमा साङ्गीतिक मनोरम सँगै सप्तरङ्गी रङमा हजारौँ दर्शक होली खेलेर रमाएका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि सांसद दोर्ण कुमार कुवँरले कला संस्कृति जर्गेना गर्नू सबैको दायित्व रहेको बताउँदै रङ्गिन होली मेलाले कला संस्कृति सँगै एक आपसमा सद्भाव साटासाट गर्न महत्वपूर्ण सहयोग गरिरहेको बताउनु भयो । सांसद कुवँरले थप बोल्दै आफूले आफ्नो निर्वाचन क्षेत्रको विकास र समृद्धिका निम्ती निरन्तर अगाडि बढिरहेको बताउँदै जनअपेक्षा र यहाँको आवश्यकता बमोजिम विकासलाई अगाडि बढाउन सक्रिय पूर्वक लागेको बताउनु भयो ।

उहाँले थप बोल्दै आफूले बोलेका कुराहरू पुरा गर्ने प्रतिबद्धता जनाउँदै विगतमा पनी यहाँको खानेपानी, सडक लगायतका क्षेत्रमा काम गरिसकेको बताउँदै खेलमैदान व्यवस्थापन, झिवाखोला बजार तटबन्धन, पाखुते, बायखोला निसी सडक कालोपत्रे, खाडु मोटरपुल पुल निर्माण, विभिन्न स्थानमा झुलुङ्गे पुल निर्माण लगायतका विकास निर्माण यसै कार्यकालमा गरेरै छाड्ने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथि गण्डकी प्रदेश पूर्व सदस्य खिम विक्रम शाही, निसीखोला गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तिको शुभकामना मन्तव्य रहेको थियो । कार्यक्रममा निसीखोला गाउँपालिका पूर्व अध्यक्ष तारानाथ पौडेल, निसीखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जिवन पून, वडा अध्यक्षहरू, क्लबका पदाधिकारी, पत्रकार प्रहरी, समाजसेवी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका अवसरमा कलाकारहरू सुमन थापा मगर, दिप्लव खाती, लालुमाया कुवँर, कृष्ण क्षेत्री लगायतको साङ्गीतिक प्रस्तुती रहेको हो । कार्यक्रम क्लब अध्यक्ष नन्दलाल रेग्मीको अध्यक्षता, सचिव उमानन्द रेग्मीको स्वागत मिलन हमाल र इन्द्रलाल रेग्मीको सञ्चालनमा उद्‌घाटन सत्रको कार्यक्रम सम्पन्न भएको हो ।भविवल, नृत्य, लगायत विभिन्न प्रतियोगितात्मक कार्यक्रम आगामी चैत्र ३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।