सांसद दोर्ण कुवँर सहित जनप्रतिनिधीको टोली द्धारा नागरिक सँग भेटघाट सडक र विधुतको अनुगमन ।

 चैत्र १ गते बुर्तिबाङ

गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँर सहितको टोलीले तमानखोला गाउँपालिका अन्र्तगत विभिन्न सडक योजना र केन्द्रिय विद्युतको अनुगमन सँगै स्थानीय नागरिक सँग भेटघाट कार्यक्रम गर्नुभएको छ ।

शुक्रबार बुर्तिबाङ–बोङगादोभान सडकको अवलोकन गर्दे चालु आर्थिक वर्षमै कालोपत्रे सुरु गर्ने गरी काम अगाडि बढाउने गरि गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास कार्यालयलाई सडक योजना निरन्तर अगाडी बढाउन सहयोग गर्न आग्रह सहित निर्माण कम्पनीलाई सहयोग गर्न ध्यानाकर्षण गराउनु भएको हो ।

तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, उपाध्यक्ष हिरा कुमारी छन्त्याल, वडा नम्बर ५ का अध्यक्ष हिरा बहादुर सिर्पाली, वडा नम्बर ६ का अध्यक्ष चित्र छन्त्याल लगायत जनप्रतिनिधि, स्थानीय बासिन्दाको बिचमा तमानखोला ५ र ६ को विकास निर्माण, स्थानीयको समस्या, अबको विकास आवश्यकता लगायतका विषयमा छलफल गरिएको हो ।

वडा नम्बर ५ र ६ का नागरिकको विधुत समस्याको विषयमा स्थलगत अवलोकन गर्दे बैशाख सम्म केन्द्रिय विधुत सञ्चालन हुने गरी आवश्यक प्रवप्रबन्धन्ध मिलाउन विधुत कार्यालय बुर्तिबाङको टोलीलाई आवश्यक सम्मन्य सहयोग गर्न आग्रह गर्दे चाँडै केन्द्रिय विस्तृतीकरणमा समावेश हुन स्थानीयलाई आग्रह गर्नुभयो ।

वडा नम्बर ५ र ६ मा हिँउदको समयमा निरन्तर स्थानीय लघुजलविद्युत आयोजनाबाट उत्पादनमा गिरावट आउन थालेपछी उपभोक्ता मारमा पर्दे आएका छन । तमानखोला गाउँपालिका भर चाँडै केन्द्रिय विद्युत पुर्याउने गरी आफूले पहल गरिरहेका कारण अब सबै वडाका नागरिक केन्द्रिय विधुतको पहुँचमा पुग्ने बताउनु भयो ।

स्थानीयले तमानखोला वडा नम्बर ३ र ४ जाने मोटरवेल पुल, वडा नम्बर ५ र ६ जाने क्षेत्रमा मोटरेवल पुल, झलुङगे पुल, सडक, खानेपानी, पदमार्ग, विद्यालयको भौतिक व्यवस्थापन, सिँचाई, विधुत लगायतका विषयमा समस्या राख्दै आफुहरुको समस्यमा क्रमिक रुपमा सम्वोधन गरिदिन स्थानीय सरकार र प्रदेश सांसद कुवँर समक्ष माग गरेका हुन ।

स्थानीयले राखेको माग र समस्याको विषयमा सांसद कुवँरले बोल्दै नागरिकको आवस्यकता र समस्यालाई आफुले नजिकबाट बुझेको बताउँदै चालुबर्ष हुन नसकेका योजना आगामी बर्षमा समेट्ने गरी काम गर्ने बताउनु भयो । पालिका अध्यक्ष जोकलाल बुढाले बोल्दै साना योजनाको काम पालिकाले गर्न सक्ने भएपनी ठुलो योजनामा बजेट अभाव हुने भएका कारण प्रदेश सांसदले गरिरहेको र आगामी बजेटमा समेत यहाँको समस्या र आवस्यकतालाई सम्बोधन गरिदिन अपिल गर्नुभयो ।

वडा नम्बर ५ र ६ को सडक विस्तारका निम्ती बहुवर्षीय योजना अन्र्तगत शहरी विकास मन्त्रालय स्थानीय पूर्वाधार कार्यालय अन्र्तगत चालु वर्षमा ३५ लाख बजेटमा नर्जा मा काम भइरहेको छ । उक्त सडकको अवलोकन गर्दे सांसद कुवँरले बुहबर्षिय सडक आयोजनाको रुपमा यसलाई अगाडि बढाइएका कारण सडक सञ्जालमा स्थानीय नागरिकले चाँडै राहात प्राप्त गर्ने बताउँदै जनताको समस्याको रुपमा रहेका मोटरवेल पुल निर्माणलाई चाँडै परिणामा देखिने गरी काम गरिने बताउनु भयो ।

स्थानीय तहका जनप्रतिनिधी र प्रदेश सभा सांसद गाउँमै आएर जनताको समस्या र आवस्यआवश्यकताकता बुझ्ने प्रयास गरेकोमा स्थानीय नागरिकले धन्यबाद ज्ञापन गरेका हुन । 

 

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img