फागुन २९ गते बुर्तिबाङ बिहिबार फागुपूर्णिमा अर्थात होली पर्व नेपालका पहाडी क्षेत्र लगायत विभिन्न स्थानमा मनाइरहँदा बागलुङको निसीखोला गाउँपालिका ४ झिवाखोला बजारमा स्थानीय रङ्गिन युवा क्लबको आयोजनामा भव्य रुपमा होली मेला मनाइएको छ ।
क्लबले प्रत्यक बर्ष मनाउँदै आएको होली मेला यसबर्ष पनी १८ औँ वार्षिकोत्सव धुमधामका साथ विभिन्न कार्यक्रमका साथ सुरु भएको हो । बिहीबार आयोजित कार्यक्रमको गण्डकी प्रदेश सभा सांसद दोर्ण कुमार कुवँरले उद्घाटन गर्नुभएको हो । विभिन्न खेलकुद एवम् सांस्कृतिक कार्यक्रमका साथ सुरु भएको कार्यक्रममा बिहीबार उद्घाटन संगै चर्चित कलाकारको साथमा साङ्गीतिक मनोरम सँगै सप्तरङ्गी रङमा हजारौँ दर्शक होली खेलेर रमाएका हुन ।
कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि सांसद दोर्ण कुमार कुवँरले कला संस्कृति जर्गेना गर्नू सबैको दायित्व रहेको बताउँदै रङ्गिन होली मेलाले कला संस्कृति सँगै एक आपसमा सद्भाव साटासाट गर्न महत्वपूर्ण सहयोग गरिरहेको बताउनु भयो । सांसद कुवँरले थप बोल्दै आफूले आफ्नो निर्वाचन क्षेत्रको विकास र समृद्धिका निम्ती निरन्तर अगाडि बढिरहेको बताउँदै जनअपेक्षा र यहाँको आवश्यकता बमोजिम विकासलाई अगाडि बढाउन सक्रिय पूर्वक लागेको बताउनु भयो ।
उहाँले थप बोल्दै आफूले बोलेका कुराहरू पुरा गर्ने प्रतिबद्धता जनाउँदै विगतमा पनी यहाँको खानेपानी, सडक लगायतका क्षेत्रमा काम गरिसकेको बताउँदै खेलमैदान व्यवस्थापन, झिवाखोला बजार तटबन्धन, पाखुते, बायखोला निसी सडक कालोपत्रे, खाडु मोटरपुल पुल निर्माण, विभिन्न स्थानमा झुलुङ्गे पुल निर्माण लगायतका विकास निर्माण यसै कार्यकालमा गरेरै छाड्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा विशिष्ट अतिथि गण्डकी प्रदेश पूर्व सदस्य खिम विक्रम शाही, निसीखोला गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तिको शुभकामना मन्तव्य रहेको थियो । कार्यक्रममा निसीखोला गाउँपालिका पूर्व अध्यक्ष तारानाथ पौडेल, निसीखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जिवन पून, वडा अध्यक्षहरू, क्लबका पदाधिकारी, पत्रकार प्रहरी, समाजसेवी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमका अवसरमा कलाकारहरू सुमन थापा मगर, दिप्लव खाती, लालुमाया कुवँर, कृष्ण क्षेत्री लगायतको साङ्गीतिक प्रस्तुती रहेको हो । कार्यक्रम क्लब अध्यक्ष नन्दलाल रेग्मीको अध्यक्षता, सचिव उमानन्द रेग्मीको स्वागत मिलन हमाल र इन्द्रलाल रेग्मीको सञ्चालनमा उद्घाटन सत्रको कार्यक्रम सम्पन्न भएको हो ।भविवल, नृत्य, लगायत विभिन्न प्रतियोगितात्मक कार्यक्रम आगामी चैत्र ३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।