बागलुङको ढोरपाटन नगरपालिकामा कालिका लघुवित्त वित्तीय संस्थाको आयोजनामा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
आयोजित कार्यक्रममा चिरबाङ कालिका महिला विकास केन्द्रका केन्द्र प्रमुख नन्दा अर्गेजा मगरको अध्यक्षता , ढोरपाटन नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भान बहादुर छन्त्यालको प्रमख आथ्यितता , ढोरपाटन नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष वेग बहादुर खत्री, इलाका प्रशासन कार्यलयका प्रमुख रविन विष्ट ,उद्योग वाणिज्य सङ्घका अध्यक्ष दालेन्द्र छन्त्यालको विशिष्ट आथ्यितता , सुरक्षकर्मी, सञ्चारकर्मी, सेयर सदस्य, उपभोक्ता लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका अवसरमा प्रमूख अथिति ढोरपाटन नगरपालिका वडा नम्बर १ वडा अध्यक्ष भान बहादुर छन्त्यालले बोल्दै पछिल्लो समयमा वैदेशिक रोजगारका लागि सबै युवा विदेशिएका कारण युवाहरुमा पनि यस्तो आय स्रोत सँग जोड्ने कार्यक्रमहरू ल्यायमा युवाहरूलाई स्वरोजगार बनाउन सकिने बताउनु भयो ।
नागरिकहरूलाई आत्मनिर्भर बनाउन , ल्याउन कालिका लघुवित्त वित्तीय सस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरामा जोड् दिनुभयो ।
त्यस्तै नागरिकहरूलाई आय स्रोत सँग जोड्ने उपायहरूको बारेमा राम्रो ज्ञान दिने भएकाले गाँउघर तिर पनि यस्ता खालका कार्यक्रमहरू हुन जरूरी भएको बताउनुभयो ।
निरक्षर जनतालाई साक्षर बनाई सामूहिक जिम्मेवारी, विश्वास, इमानदारिता बन्न सिकाउने, जनतालाई सरल सहज दङगाबाट कर्जा प्रदान गरी रोजगार सिर्जना गर्ने, कर्जालाई आफ्नो सीप क्षमतामा उपयोग तथा सदुपयोग गर्ने, कर्जाबाट मुक्त बनाई परिवारमा आम्दानी बदाई बचत गर्ने बानीको विकास गर्ने ,बिद्यालय छाडेर बसेका बालबालिकाहरूलाई विद्यालय जान प्रेरणा प्रदान गर्ने, सामूदायिक भाइचारा बदाउने र नागरिकहरूलाई आर्थिक ,भौतिक ,नैतिक रुपमा अव्बल बनाई गरीवी हटाउने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको जनाईएको हो ।
कार्यक्रममा नागरिकहरूलाई आय स्रोत बदाएर कर्जा मुक्त कसरी बनाउन सकिन्छ , बचत के कसरी गर्न सकिन्छ लगायतका विषयवस्तुमा छलफल तथा अन्तरक्रिया गरिएको हो ।