Home Blog Page 55

ढोरपाटनमा आगलागि पिडितलाई लायन्स क्लब अफ ढोरपाटन र रेडक्रसको सहयोग ।

0

चैत्र १० गते बुर्तिबाङ
शनिबार दिउँसो आगलागिबाट घर जलेर नस्ट हुँदा पिडामा रहेका ढोरपाटन नगरपालिका ४ भाङ्गीका नरेश बुढाको परिवारलाई लायन्स क्लब अफ ढोरपाटन र नेपाल रेडक्रस सोसाइटी उपशाखा बुर्तिबाङद्धारा घरमै पुगेर राहात हस्तान्त्रण गरिएको छ ।
घरमा साना बच्चाहरुले आगो खेलाउँदा सुरु भएको आगालागिबाट बुढा बस्दै आएको घरको संरचना पूर्ण रुपमा जलेर नस्ट भएपछि पिडामा रहेको परिवारलाई खाध्यान्ह, लत्ता कपडा, भाँडा कुँडा सहितको सामाग्रि उपलब्ध गराइएको लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष छविलाल पाण्डेले बताउनु भयो ।
नागरिकको समस्या र पिडामा मल्हम लगाउँदै आएको लायन्स क्लबले आगलागीको घटनाबाट पिडित परिवारलाई थोरे भएपनी मल्हम लगाउने उदेश्य सहित खाध्यान्ह, लत्ता कपडा भाँडाकुँडा सहितका सामाग्रि लिएर पुगेको पाण्डेले बताउनु भयो ।
ढोरपाटन नगरपालिका ४ का अध्यक्ष तिलक पुनको विशेष उपश्थितीमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी उपशाखा बुर्तिबाङले समेत म्याट, भाँडाकुँडा सहितका सामाग्रि उपलब्ध गराएको हो , संस्थाका उपसभापती लक्ष्मि वानीयाको उपश्थितीमा सामाग्रि उपलब्ध गराइएको थियो ।
नागरिकलाई दुख र समस्या पर्दा लायन्स क्लब र रेडक्रस सोसाईटीले गरेको सहयोग र सद्भाव महत्वपूर्ण रहेको बताउँदै राज्यबाट दिने सेवा सुविधाका निम्ती आफुले पहल गर्ने वडा अध्यक्ष तिलक पुनले बताउनु भयो , कार्यक्रममा लायन्स क्बल अफ ढोरपाटनका पदाधिकारी, जनप्रतिनिधी, प्रहरी, स्थानीय बासिन्दा लगाएतको उपश्थिती रहेको थियो । घर आगलागिमा नगद सहित खाध्यान्ह, लत्ता कपडा, भाँडा कुँडा पूर्ण रुपमा जलेर नस्ट भएको पाइएको छ ।

 

निसीखोलामा शिक्षाको गुणस्तर उकास्न शिक्षकलाई अन्तराष्ट्रिय स्तरको तालिम ।

1

चैत्र १० गते बुर्तिबाङ

निसीखोलामा शिक्षाको गुणस्तर उकास्न शिक्षकलाई अन्तराष्ट्रिय स्तरको तालिम ।
चैत्र १० गते बुर्तिबाङ
बागलुङको निसीखोला गाउँपालिका अन्र्तगत रहेका विभिन्न सामुदायिक विद्यालयका शिक्षकलाई उनिहरुको शिक्षा क्षेत्रको गुणस्तर विकास गर्ने उदेश्य सहित दुई दिने अन्तराष्ट्रिय स्तरको तालिम सुरु गरीएको छ ।

शिक्षा क्षेत्रलाई परिणाम मुखि, व्यवहारीक र नयाँ पद्धतीबाट शिक्षण सिकाई प्रकृयालाई अगाडी बढाउने उदेश्य सहित नेदरल्यान्ड्सको केपिजेड बिश्वबिद्यालय र कर्मफ्लाइट्स पोखराले निसीखोला गाउँपालिका संग सम्मोन्य गर्दे तालिमको सुरुवात गरेको हो ।आइतबार र सोबमबार सञ्चालन हुने तालिममा शिक्षालाइ कसरि समाबेसी बनाउने , हाम्रा बालबालिका को फरक तरिकाले सिक्ने क्षमताको पहिचान गर्न उनीहरुको ब्यबहारको अध्ययन तथा आउट डोर एजुकेसन को बारेमा गहन छलफल गरिने प्रमुख प्रशिक्षक केपिजेड बिश्वबिद्यालयका प्रोफेसर बर्ट टोलले बताउनु भयो ।

समावेशी शिक्षामा सम्भावनाहरूको खोजी गरौँ भन्ने मूल नाराका साथ विशेषज्ञ प्रशिक्षकहरू बर्ट थोले, लिन्डा, रेडियन्ट स्कूलका शिक्षकहरूरल्ँइच्क्म्त् प्रशिक्षकहरूले सत्रहरूको सहजीकरण गरेका छन ।

आयोजित उद्घाटन सत्रमा प्रमुख अतिथि गाउँप्ािलका उपाध्यक्ष प्रेम बहादुर घर्ति मगरले नेदरल्यान्ड्सको केपिजेड बिश्वबिद्यालय र कर्मफ्लाइट्स लाइ पालिका संग साझेदारि गर्दै शिक्षकहरुलाई स्थानिय सन्दर्भ मा अन्तराष्ट्रिय स्तरको तालिम प्रदान गरेकोमा आभारी प्रकट गर्दै पालिकाको शिक्षामा दुरदृष्टि निर्माण मा यो तालिम फलदाई हुने कुरा बताउनु भयो

कार्यक्रममा निसीखोला गाउँ पालिका पूर्व अध्यक्ष तारानाथ पौडेलले सुभकामना मन्तब्य राख्नु भएको थियो गतबर्ष पनी तालिमको आयोजना गरिएको यस्तो प्रकारको तालिमले शिक्षा क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण टेवा पुग्ने कर्मफलाईट्स फाउन्डेसनका कार्यक्रम निर्देशक प्रेम बहादुर कुवँरले बताउनु भयो ।

निसीखोला गाउँप्ािलका निमित्त प्रमुख प्रशासकीय अधिकृत भक्ति प्रसाद रेग्मी अध्यक्षता रहेको उद्घाटन सत्रको कार्यक्रम शिक्षा अधिकृत बिष्णु प्रसाद न्यौपाने ले कार्यक्रम संचालन गर्नु भएको थियो |

निसीखोलामा कर्मफलाइट्स फाउन्डेसन र केपीजेड युनिभर्सिटी, नेदरल्यान्ड्सद्वारा गत २ वर्ष देखि विभिन्न चरणमा अन्तर्राष्ट्रिय स्तरको शिक्षक तालिम कार्यक्रम हुदै आएको छ |

तालिममा विभिन्न विद्यालयका ४७ जना शिक्षकको सहभागिता रहेको छ । तालिममा बर्ट थोले, लिन्डा, ५ जना रेडियन्ट स्कूलका शिक्षकहरू,NFORSDT र प्रशिक्षक, कर्मफलाइट्स फाउन्डेसनका कार्यक्रम निर्देशक प्रेम कुँवर र आशमाले कार्यक्रमको सहिजकरण गर्नुभएको छ ।

ढोरपाटन र निसीखोलाका नागरिकलाई खानेपानीको पहुँचमा पुर्याउन १८ करोडको आयोजना ।

0

ढोरपाटन चैत्र १० गते

ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिका अन्र्तगत खानेपानीको पहुँचबाट टाढा रहेका करिब दुई हजार एक सय घरधुरीका नागरिकले बर्षाे देखि खानेपानीको अभाव झेल्नुपर्ने बाध्यताको अब अन्त्य हुने देखिएको छ ।

गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँर र ढोरपाटन नगरपालिकाको सक्रियतामा ढोरपाटन ९ मा रहेको ठुलो खोली खानेपानी आयोजनाबाट पानी ल्याउने गरी खानेपानी तथा ढल निकास विभाग, जलवायु अनुकुलित खानेपानी आयोजना कार्यालयबाट १८ करोड बराबरको ठेक्का स्वीकृत भई आव्हान भएपछि अबको केही वर्षमा नागरिकले खानेपानीको पहुँचमा पुग्ने देखिएको हो ।

सङ्घीय सरकार अन्र्तगत ठेक्का आव्हान भएको उक्त आयोजना निर्माण भएमा ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिका अन्र्तगत ६ वटा वडाका नागरिकले सहज खानेपानीको सेवा प्राप्त गर्ने भएका हुन । ढोरपाटन नगरपालिका वडा नम्बर २,५,७,८ र ९ वडा र निसीखोला गाउँपालिकाको वडा नम्बर २ को देउराली,बेङरी, सिंदेरी, निन्नेचौर लगायतका गाउँका नागरिक आयोजना सम्पन्न भएपश्चात सहज खानेपानीको पहुँचमा पुग्ने भएका हुन ।

खानेपानी अभावकै कारण निरन्तर बसाइ सराइ हुने अवस्था थियो अव खानेपानीको पहुँच भयो भने यहाँका नागरिकहरू गाउँ छोडेर बसाइ सराई गर्नुपर्ने बाध्यताको कमी हुने ढोरपाटन नगरपालिका २ का धन बहादुर थापाको भनाई छ । गाउँमा बिहान पाँचदेखि अबेरसम्म खानेपानी भर्नेकै चटारो हुन्थ्यो आधा घण्टा टाढाको दुरीमा पानीको मुहानमा पुगेर खानेपानी ल्याउनुपर्ने बाध्यताको अब अन्त्य हुनेमा स्थानीय आशावादी देखिएका छन ।

खानेपानी आयोजना सञ्चालन भई सम्पन्न पश्चात खल्बाङ, अर्नाक, माडे, अर्नाकोट, देउराली, घम्पु, मस्ति, जाडवडा, सिंदेरी, निन्नेचौर, चौर, गलेप, गाल्दुङ, बिजौले, वालेगाउँ, सिंदेरी, पाखापानी, बेङग्री, बोबाङ ,कुँगु सुप्राङ लगायत करिब दुई दर्जन गाउँका नागरिक सहज खानेपानीको पहुँचमा पुग्ने माननीय दोर्ण कुमार कुवँरले बताउनु भयो ।

नजिकमा खानेपानीको मुहान नहुनु, पर्याप्त बजेट व्यवस्थापन नहुनु जस्ता समस्याका कारण स्थानीय नागरिकले सयौँ मिटर टाढाको मुहान, घैँटोमा बर्षातको पानी सङ्कलन, पम्पिङ माध्यम लगायतबाट खानेपानीको गर्जो टार्ने गरेपनि दीर्घकालिक समस्याको समाधान हुन सकेको थिएन ।

खानेपानी आयोजना निर्माणमा ढोरपाटन नगरपालिका र वडा कार्यालयबाट खानेपानी समिति गठन प्रकृया लगायतका कार्यमा सहजीकरण गरेको हो । केहि दिन अगाडी मन बहादुर घर्ति मगर अध्यक्ष रहेको १३ सदस्य खानेपानी समितीको गठन गरिएको थियो ।

हिमपात र वर्षाले बागलुङका किसानलाई राहत

0

चैत्र १० गते बुर्तिबाङ
बागलुङ जिल्लाका हिमपात र हिउँदे वर्षा भएको छ । लामो समयपछि भएको वर्षाले किसानलाई राहत मिलेको छ । वर्षा नहुँदा हिउँदे गहुँ, जौँ, आलुलगायत खाद्यबाली र सागसब्जीखेतीसँगै फलफूलखेती प्रभावित बनेको थियो ।
हिउँदमा वर्षा नभएर बाली नै सुक्ने अवस्थामा पुगेको थियो ।

वर्षाले खेतबारीमा लगाएको मकै, सिमीलगायत खेतीबाली र फलफूल बगैँचामा सिँचाइ भएको कृषकले बताएका छन । । लामो समयपछि शनिबार दिउँसो जमिन भिज्ने गरी भएको वर्षाले किसानलाई राहत मिलेको छ ।
यस वर्ष बागलुङको उच्च पहाडी क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । जिल्लाको ढोरपाटन, निसीको पातिहाल्ने लगाएत उच्च पहाडी क्षेत्रमा साँझपखदेखि हिमपात भएको हो हिउँदयाम सुक्खा हुँदा खेतीबालीसँगै घाँसपात सुकेको अवस्थामा वर्षासँगै भएको हिमपातले राहत मिलेको हो । आजदेखि मौसममा क्रमिक सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बर्षात र हिमपात संगै अव किसानले मकै आलु फलफुल, तरकारी लगाएतका बाली लगाउने चटारो सुरु हुन थालेको हो ।

 ढोरपाटन नगरपालिकाको आयोजनामा दिगो पर्यटन प्रवर्द्धन परियोजना तथा सचेतनामूलक कार्यक्रम ।।

0

 चैत्र ९ गते बुर्तिबाङ
शिशिर विश्वकर्मा

बागलुङको बुर्तिबाङमा ढोरपाटन नगरपालिकाको आयोजना ,TDH/BMZ जर्मनीको सहयोग ,सिवाइसी बागलुङको सहजिकरणमा दिगो पर्यटन प्रबर्द्धन  परियोजना तथा सचेतनामूलक कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।

“समानता ,सामाजिक न्याय र जातीय विभेद उन्मूलनको लागि ऐक्यबद्धता” भन्ने मूल नाराका साथ ६० औं अन्तराष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा दिगो पर्यटन प्रवर्द्धन परियोजना तथा सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको हो ।
ढोरपाटन नगर कार्यपालिका सदस्य दिलिप थापाको अध्यक्षता ,ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको प्रमुख आतिथ्यता, निसीखोला २ को अध्यक्ष कुविर विश्वकर्मा, दलित अधिकार कर्मी अशोक स्मित,  दलित अभियन्ता एवि खाती नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश सदस्य लोकेन्द्र सुनुवार, लगायतको विशिष्ट आतिथ्यता तथा स्थानीय नागरिकको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कार्यवाहक मेयर कायतले बोल्दै ढोरपाटन नगरपालिकाले दलित ,महिला, विपन्न अल्पसङ्ख्यक उत्पेदित वर्गहरूका समस्यालाई विशेष प्राथमिकता दिएर जात व्यवस्थाका निम्ति विभिन्न सचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी रहेको बताउनुभयो ।
त्यस्तै नेपालको संविधानमा जातिय विभेद अन्त्य भनेर लेखिए पनि व्याहारमा भने अझै पनि कार्यन्वनमा आउन सकेको छैन्  यसलाई एकै चोटि हटाउन नसकिने भएका कारण क्रमिक रुपमा विस्तारै हद्दै गइरहेको र दलित वर्ग भित्र पनि विभेद भएको हुदा सवै भन्दा पहिले दलितहरु सुध्रिएर अगाडि बद्न सुझाव दिनुभएको हो ।
मेयरले थप बोल्दै ढोरपाटन नगरपालिकाले जातिय विभेद रोक्नका लागि धेरै सहयोग गर्दै आईरहेको छ अझै पनि समाजमा जातिय विभेद व्याप्क्त रहेका कारण जात व्यवस्था हटाउनका लागि नगरपालिकाले जस्तो सुकै परिस्थितिमा पनि साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
नेपालको संविधान २०७२ मा जात व्यवस्था सम्वन्धि धेरै ऐन कानुन लेखिए पनि कानुनी रुपमा मात्र भएको त्यसको कार्यन्वन भने नभएको र कागजमा मात्र सीमित भएको र त्यसको कार्यन्वयन नभएको यसमा विशेष गहन हुनपर्ने तथा दलित पछाडि परेको, नेपनलमा अझै पनि जातीय विभेदको अन्त्य नभएको ,जव बच्चा भोकाउछ तव काराउछ , एककाइसौँ शताव्दी सम्म आइपुग्दा पनि  जातीय विभेदको पुर्ण रुपमा अन्त्य नभएका कारण आफूहरू दलितका लागि बोल्दै आएको कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् ।
ढोरपाटन नगरपालिकाले जात व्यवस्थाको मूल्याङ्कन गरेर सामाजिक अवस्था कस्तो छ , समानता र समता कत्तिको छ व्यावहारिक हिसाबले समाजमा भेदभाव कति छ  कति व्यक्ति उद्पेदित वर्गमा परेका छन जस्ता विषयवस्तुमा आगामी दिनहरूमा गहन अध्ययन गरेर अगाडि बद्न कार्यक्रममा बोल्ने वक्ताहरुको सुझाव रहेका थियो ।
जातीय बिभेद कानुनी रुममा मात्र सीमित भएको तर व्यवहारिक रुपमा अझै पनि व्याप्त रहेका कारण  मानसिक जनचेतना स्तरमा वृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सहजकर्ता  सिवाइसी बागलुङका दिगो पर्यटन प्रबर्द्धन परियोजनाको सामाजिक परिचालक अधिकृत ओम सिर्पालीले जानकारी दिनुभयो ।
कार्यक्रम  लोक हर्मेलको सञ्चालनमा सम्पन्न भएको हो ।

३५ दिनदेखि इलाका प्रशासन कार्यालय बुर्तिबाङमा कामकाज ठप्प ।

0

चैत्र ८ गते ढोरपाटन

इलाका प्रशासन कार्यालय बुर्तिबाङमा कार्यालय प्रमुख विहीन भएर कामकाज ठप्प भएको ३५ दिन बितिसक्दा समेत कर्मचारी नआउँदा पश्चिम बागलुङका नागरिकले निरन्तर सास्ती खेप्दै आएका छन ।

गत पौष महिनादेखि प्रमुख विहीन बनेको कार्यालयमा जिल्ला प्रशासन कार्यालयबाट कर्मचारी खटाएर फागुन ४ गतेसम्म सेवा प्रवाह भएपनि पछिल्लो समय कार्यालय प्रमुखको अभावले सेवा प्रवाह ठप्प भएको हो ।

गत फागुन ४ गतेदेखि ठप्प भएको सेवा इलाका प्रशासनबाट प्राप्त गर्न नसकेपछि नागरिकले फेरिपनि हजारौँ रुपैयाँ खर्च गरेर नागरिकता लगायत प्रशासन कार्यालय बाट प्राप्त हुने सेवा लिन बागलुङ सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालय पुग्नुपर्ने बाध्यता सिर्जना भएको हो ।

गृह मन्त्रालयले गत फागुन दोश्रो हप्ता पठाएका कर्मचारी नरेश पुडासैनी इलाका प्रशासन बुर्तिबाङमा नआई उतैबाट सरुवा भएपछि हालसम्म प्रशासन कार्यालय प्रमुख विहीन हुँदा सबै प्रकारका काम ठप्प भएको हो ।

लामो समयसम्म कार्यालयमा कर्मचारी नहुँदा पश्चिम बागलुङको वडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका अन्तर्रगतका हजारौँ नागरिक नागरिकता, राहदानी, नागरिकता प्रतिलिपि, दुई नामथर प्रमाणित, दलित जनजाति प्रमाणित लगायतका सेवाबाट बञ्चित भएका हुन ।

लामो समय सम्म कार्यालय प्रमुख नहुँदा पनी गृह मन्त्रालय र यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि सांसदको गम्भिर रुपमा ध्यान जान नसकेको नागरिकले गुनासो गर्दे आइरहेका छन । कार्यालयबाट हाल राहदानी वितरण, राष्ट्रिय परिचय पत्र उपलब्ध गराउने मात्र काम भएको पाइन्छ ।

चार महिनादेखि शिक्षक विद्यार्थी विद्यालयमा नै ।

0
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; algolist: 0; multi-frame: 1; brp_mask:0; brp_del_th:0.0000,0.0000; brp_del_sen:0.0000,0.0000; motionR: 0; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 121.945465;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: 0;weatherinfo: null;temperature: 35;

चैत ८ गते ।

यहि चैत ७ गतेदेखि सञ्चालन भइरहेको कक्षा १० को SEE परीक्षामा सहभागी देविस्थान माध्यमिक विद्यालय निसीखोला वडा नं.१, देविस्थानका ४० जना विद्यार्थीलाई करिब ६ किलोमिटर टाढा बुर्तिबाङ बजारमा रहेको परीक्षा केन्द्रमा विद्यालयबाट नै प्रत्येक दिन गाडिको व्यवस्था गरी शिक्षकको प्रत्यक्ष संलग्नतामा लैजाने र ल्याउने गरेको विद्यालयका प्रधानाध्यपक झग बहादुर क्षेत्रीले बताउनुभयो ।
बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नं. १ मा अवस्थित देविस्थान माध्यमिक विद्यालयमा गत मङ्सिर महिनादेखि कक्षा १० र १२ का विद्यार्थीहरु सहित शिक्षकहरु समेत विद्यालयमा नै बसी अध्ययन अध्यापन कार्यलाई अगाडि बढाइएको छ । विद्यालयमा माध्यमिक शिक्षा परीक्षा SEE र कक्षा १२ को SLC परीक्षालाई मध्यनजर गरी विद्यार्थीको पढाइलाई थप प्रभावकारी बनाउनका निमित्त यस्तो कार्य गरेको विद्यालयका प्र.अ. झग बहादुर क्षेत्री बताउनुभयो । विद्यार्थीका अभिभावकको प्रत्यक्ष सहभागितामा छलफल गरी विद्यार्थीहरुलाई विद्यालयमा आवासीय सुविधाको व्यवस्था गरिएको हो ।
कक्षा १० मा ४० जना विद्यार्थी र कक्षा १२ का ३४ जना विद्यार्थीहरु रहेका छन् । यी विद्यार्थीहरुले विद्यालयको शान्त वातावरणमा रमाएर अध्ययन गरिरहेका छन् । विद्यार्थीको पढाइलाई मध्यनजर गरेर प्रत्येक सार्वजनिक बिदामा समेत विद्यार्थीलाई परीक्षामा सामेल गराउने व्यवस्था गरिएको थियो । जसले गर्दा उनीहरु परीक्षादेखि लाग्ने डरबाट मुक्त भएका छन् ।

विद्यालयबाट नै टाढाको परीक्षा केन्द्रमा लैजाने र ल्याउने व्यवस्था हुँदा अनावस्यक खर्चमा कमी आएको विद्यार्थीका अभिभावकले बताएका छन् । हाल विद्यार्थीहरु परीक्षा दिइएर आइसकेपछि पछिल्लो दिनको परीक्षाको तयारी विषय शिक्षककै प्रत्यक्ष सहयोगमा गरिरहेका छन् । यस्तो कार्यले SEE लगायत SLC को नतिजामा सुधार आउने अपेक्षा विद्यालयले राखेको छ । यस विद्यालयमा हाल कक्षा बालविकास देखि कक्षा १२ सम्मका करिब ४२५ विद्यार्थीहरु रहेका छन् । विद्यालयमा अब SEE दिइएर बसेका विद्यार्थीलाई खाली समयको सदुपयोग गर्नका लागि कम्प्युटर आधारभूत तालिम, बोल्ने कला तथा उद्घोषण तालिम समेत सञ्चालन गर्ने योजना रहेको प्र.अ. क्षेत्रीले जानकारी दिनुभयो । विद्यालयले शिक्षण सिकाइ प्रक्रियालाई सहजता ल्याउन तथा विद्यार्थीको सिकाइलाई दिगोपन बनाउनका लागि प्रविधिमैत्री कक्षा सञ्चालनमा समेत जोड दिदै आएको बताइएको छ ।

ग्लोवल मनी विकको अबसरमा साईन रेसुङगा वैँक बुर्तिबाङ द्धारा हाजिरी जवाफ प्रतियोगिता ।

0

चैत्र ५ गते ढोरपाटन
ग्लोवल मनी विकको अबसरमा साईन रेसुङगा विकास वैँक बुर्तिबाङ शाखाको आयोजनामा निसीखोलामा रहेको जनजीवराज शुसिला माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता मंगलबार सम्पन्न गरिएको छ ।

नेपाल राष्ट्र बैँकको निर्दशन वमोविम चैत्र ४ देखि १० गतेसम्म वालवालिका र यूवाहरुमा वित्तिय साक्षरता अभिबृद्धि गर्दे वित्तिय ज्ञान , सिप र मनोबृर्तिको विकास गराउने उदेश्य स्वरुप विभिन्न कार्यक्रम अगाडी बढाइएको छ ।

जसमध्ये साईन रेसुङगा विकास वैँक बुर्तिबाङ शाखाले निसीखोला ४ मा रहेको जनजीवराज शुसिला माध्यमिक विद्यालयमा हाजीरी जवाफ प्रतियोगिता आयोजना गरिएको शाखा प्रवन्धक प्रेमनाथ पौडेलले बताउनु भयो ।

प्रतियोगितामा उत्कृष्ट हुने समुहलाई क्रमश तिन हजार, दुई हजार र एक हजार रुपैयाँ नगद सहित पुरस्कृति गरिएको जनाइएको छ ।

प्रभु बैक द्वारा बुर्तिबाङमा ग्लोबलमनीवीक २०२५ को अवसरमा र्‍याली

0

 


चैत्र ०४ ,गते ,बुर्तिबाङ
प्रभु बैङ्क लिमिटेड गण्डकी प्रदेशद्वारा बागलुङ जिल्लाको पश्चिम भेग बुर्तिबाङमा ग्लोबलमनीवीक २०२५ को अवसर पारेर सोमबार वित्तिय जनचेतनामूलक र्‍यालीको आयोजना गरिएको हो ।
“अनुसरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानी पूर्ण वित्तीय निर्णय गरौँ ” अरुका कुरा सुनौँ तर आधिकारिक कुरा सुनी निर्णय गरौं।” भन्ने मूलनाराका साथ आयोजित यस र्‍यालीले बुर्तिबाङ बजार क्षेत्रको परिक्रमा गरेको थियो ।
र्‍यालीमा सहभागीहरूले वित्तीय साक्षरता सम्बन्धी नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेर बजार परिक्रमा गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रभु बैंक बुर्तिबाङ शाखाका प्रमुख ज्ञान बहादुर क्षेत्रीले ग्लोबलमनीवीकको महत्व र वित्तीय साक्षरताको आवश्यकताबारे प्रकाश पार्नुभयो ।
उहाँले बालबालिका, वृद्ध तथा युवापुस्तालाई बचत, लगानी र वित्तीय योजनाको महत्व बुझाउन यस्ता कार्यक्रमहरूले  महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
यस र्‍यालीको मुख्य उद्देश्य युवापुस्तालाई सानै देखि बचत गर्ने बानीको विकास गराउनु, वित्तीय योजनाको महत्व बुझाउनु र वित्तीय साक्षरताको प्रवर्द्धन गर्नुथियो ।
बैङ्कले आगामी दिनहरूमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमहरू आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
यस र्‍यालीमा सहभागी सम्पूर्णतालाई प्रभु बैँक बुर्तिबाङ शाखाले हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

 

ढोरपाटन नगरपालिकाको आयोजनामा गाडीखोला र खुङ्गामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ।

0

चैत्र ४ गते

ढोरपाटन नगरपालिकाको आयोजनामा वडा नम्बर ६ गाडीखोला स्वास्थ्य चौकी र वडा नम्बर ४ को खुङ्गा स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्थानीय नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवाको पहुँच उपलब्ध गराउने उद्देश्यसहित शिविर आयोजना गरिएको कार्यवाहक मेयर धन बहादुर कायलते बताउनु भयो । शिविरबाट शनिबार गाडिखोलामा ६२१ जना र खुङ्गा स्वास्थ्य चौकीबाट आइतबार ३१४ गरी ९३५ जनाले सेवा लिएको मेयर कायतले जानकारी दिनुभयो ।

शिविरमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. हरि शर्मा, फिजीसियन डा. गणेश पौडेल, बालरोग विशेषज्ञ डा. नविन्द्र ढकाल, आँखारोग विशेषज्ञ रुद्र खत्री लगायत स्वास्थ्य कर्मीद्धारा विरामीको स्वास्थ्य परिक्षणसँगै उपचार गरिएको हो ।
शिविरमा सहभागि अधिकांश नागरिकमा ढाड कम्मर दुख्ने, आँखाको समस्या, शरिरका जोर्नी दुख्ने लगायतका समस्या देखिएको थियो । लायन्स क्लब अफ ढोरपाटन र लायन्स क्लब अफ बुर्तिबाङको समेत सहयोग रहेको शिविरमा जेष्ठ नागरिक, महिला, बालबालिकाले बढी मात्रामा सेवा लिएका हुन् ।

स्थानीय सरकारले गाउँघरमै शिविरको आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि नागरिकको समस्या बमोजिम स्थानीय सरकारले काम गर्नुपर्नेमा स्थानीयले जोड दिइएका हुन् । नागरिकका हरेक समस्यालाई नजिकबाट हेर्न र सेवा गर्नका लागि नगरपालिका सदैव तत्पर रहेको ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर धन बहादुर कायत कल्याणले बताउनुभएको छ ।