चैत्र ५ गते ढोरपाटन
ग्लोवल मनी विकको अबसरमा साईन रेसुङगा विकास वैँक बुर्तिबाङ शाखाको आयोजनामा निसीखोलामा रहेको जनजीवराज शुसिला माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता मंगलबार सम्पन्न गरिएको छ ।
नेपाल राष्ट्र बैँकको निर्दशन वमोविम चैत्र ४ देखि १० गतेसम्म वालवालिका र यूवाहरुमा वित्तिय साक्षरता अभिबृद्धि गर्दे वित्तिय ज्ञान , सिप र मनोबृर्तिको विकास गराउने उदेश्य स्वरुप विभिन्न कार्यक्रम अगाडी बढाइएको छ ।
जसमध्ये साईन रेसुङगा विकास वैँक बुर्तिबाङ शाखाले निसीखोला ४ मा रहेको जनजीवराज शुसिला माध्यमिक विद्यालयमा हाजीरी जवाफ प्रतियोगिता आयोजना गरिएको शाखा प्रवन्धक प्रेमनाथ पौडेलले बताउनु भयो ।
प्रतियोगितामा उत्कृष्ट हुने समुहलाई क्रमश तिन हजार, दुई हजार र एक हजार रुपैयाँ नगद सहित पुरस्कृति गरिएको जनाइएको छ ।