चैत्र ९ गते बुर्तिबाङ
शिशिर विश्वकर्मा
बागलुङको बुर्तिबाङमा ढोरपाटन नगरपालिकाको आयोजना ,TDH/BMZ जर्मनीको सहयोग ,सिवाइसी बागलुङको सहजिकरणमा दिगो पर्यटन प्रबर्द्धन परियोजना तथा सचेतनामूलक कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।
“समानता ,सामाजिक न्याय र जातीय विभेद उन्मूलनको लागि ऐक्यबद्धता” भन्ने मूल नाराका साथ ६० औं अन्तराष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा दिगो पर्यटन प्रवर्द्धन परियोजना तथा सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको हो ।
ढोरपाटन नगर कार्यपालिका सदस्य दिलिप थापाको अध्यक्षता ,ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको प्रमुख आतिथ्यता, निसीखोला २ को अध्यक्ष कुविर विश्वकर्मा, दलित अधिकार कर्मी अशोक स्मित, दलित अभियन्ता एवि खाती नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश सदस्य लोकेन्द्र सुनुवार, लगायतको विशिष्ट आतिथ्यता तथा स्थानीय नागरिकको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कार्यवाहक मेयर कायतले बोल्दै ढोरपाटन नगरपालिकाले दलित ,महिला, विपन्न अल्पसङ्ख्यक उत्पेदित वर्गहरूका समस्यालाई विशेष प्राथमिकता दिएर जात व्यवस्थाका निम्ति विभिन्न सचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी रहेको बताउनुभयो ।
त्यस्तै नेपालको संविधानमा जातिय विभेद अन्त्य भनेर लेखिए पनि व्याहारमा भने अझै पनि कार्यन्वनमा आउन सकेको छैन् यसलाई एकै चोटि हटाउन नसकिने भएका कारण क्रमिक रुपमा विस्तारै हद्दै गइरहेको र दलित वर्ग भित्र पनि विभेद भएको हुदा सवै भन्दा पहिले दलितहरु सुध्रिएर अगाडि बद्न सुझाव दिनुभएको हो ।
मेयरले थप बोल्दै ढोरपाटन नगरपालिकाले जातिय विभेद रोक्नका लागि धेरै सहयोग गर्दै आईरहेको छ अझै पनि समाजमा जातिय विभेद व्याप्क्त रहेका कारण जात व्यवस्था हटाउनका लागि नगरपालिकाले जस्तो सुकै परिस्थितिमा पनि साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
नेपालको संविधान २०७२ मा जात व्यवस्था सम्वन्धि धेरै ऐन कानुन लेखिए पनि कानुनी रुपमा मात्र भएको त्यसको कार्यन्वन भने नभएको र कागजमा मात्र सीमित भएको र त्यसको कार्यन्वयन नभएको यसमा विशेष गहन हुनपर्ने तथा दलित पछाडि परेको, नेपनलमा अझै पनि जातीय विभेदको अन्त्य नभएको ,जव बच्चा भोकाउछ तव काराउछ , एककाइसौँ शताव्दी सम्म आइपुग्दा पनि जातीय विभेदको पुर्ण रुपमा अन्त्य नभएका कारण आफूहरू दलितका लागि बोल्दै आएको कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् ।
ढोरपाटन नगरपालिकाले जात व्यवस्थाको मूल्याङ्कन गरेर सामाजिक अवस्था कस्तो छ , समानता र समता कत्तिको छ व्यावहारिक हिसाबले समाजमा भेदभाव कति छ कति व्यक्ति उद्पेदित वर्गमा परेका छन जस्ता विषयवस्तुमा आगामी दिनहरूमा गहन अध्ययन गरेर अगाडि बद्न कार्यक्रममा बोल्ने वक्ताहरुको सुझाव रहेका थियो ।
जातीय बिभेद कानुनी रुममा मात्र सीमित भएको तर व्यवहारिक रुपमा अझै पनि व्याप्त रहेका कारण मानसिक जनचेतना स्तरमा वृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सहजकर्ता सिवाइसी बागलुङका दिगो पर्यटन प्रबर्द्धन परियोजनाको सामाजिक परिचालक अधिकृत ओम सिर्पालीले जानकारी दिनुभयो ।
कार्यक्रम लोक हर्मेलको सञ्चालनमा सम्पन्न भएको हो ।