ढोरपाटन र निसीखोलाका नागरिकलाई खानेपानीको पहुँचमा पुर्याउन १८ करोडको आयोजना ।

ढोरपाटन चैत्र १० गते

ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिका अन्र्तगत खानेपानीको पहुँचबाट टाढा रहेका करिब दुई हजार एक सय घरधुरीका नागरिकले बर्षाे देखि खानेपानीको अभाव झेल्नुपर्ने बाध्यताको अब अन्त्य हुने देखिएको छ ।

गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँर र ढोरपाटन नगरपालिकाको सक्रियतामा ढोरपाटन ९ मा रहेको ठुलो खोली खानेपानी आयोजनाबाट पानी ल्याउने गरी खानेपानी तथा ढल निकास विभाग, जलवायु अनुकुलित खानेपानी आयोजना कार्यालयबाट १८ करोड बराबरको ठेक्का स्वीकृत भई आव्हान भएपछि अबको केही वर्षमा नागरिकले खानेपानीको पहुँचमा पुग्ने देखिएको हो ।

सङ्घीय सरकार अन्र्तगत ठेक्का आव्हान भएको उक्त आयोजना निर्माण भएमा ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिका अन्र्तगत ६ वटा वडाका नागरिकले सहज खानेपानीको सेवा प्राप्त गर्ने भएका हुन । ढोरपाटन नगरपालिका वडा नम्बर २,५,७,८ र ९ वडा र निसीखोला गाउँपालिकाको वडा नम्बर २ को देउराली,बेङरी, सिंदेरी, निन्नेचौर लगायतका गाउँका नागरिक आयोजना सम्पन्न भएपश्चात सहज खानेपानीको पहुँचमा पुग्ने भएका हुन ।

खानेपानी अभावकै कारण निरन्तर बसाइ सराइ हुने अवस्था थियो अव खानेपानीको पहुँच भयो भने यहाँका नागरिकहरू गाउँ छोडेर बसाइ सराई गर्नुपर्ने बाध्यताको कमी हुने ढोरपाटन नगरपालिका २ का धन बहादुर थापाको भनाई छ । गाउँमा बिहान पाँचदेखि अबेरसम्म खानेपानी भर्नेकै चटारो हुन्थ्यो आधा घण्टा टाढाको दुरीमा पानीको मुहानमा पुगेर खानेपानी ल्याउनुपर्ने बाध्यताको अब अन्त्य हुनेमा स्थानीय आशावादी देखिएका छन ।

खानेपानी आयोजना सञ्चालन भई सम्पन्न पश्चात खल्बाङ, अर्नाक, माडे, अर्नाकोट, देउराली, घम्पु, मस्ति, जाडवडा, सिंदेरी, निन्नेचौर, चौर, गलेप, गाल्दुङ, बिजौले, वालेगाउँ, सिंदेरी, पाखापानी, बेङग्री, बोबाङ ,कुँगु सुप्राङ लगायत करिब दुई दर्जन गाउँका नागरिक सहज खानेपानीको पहुँचमा पुग्ने माननीय दोर्ण कुमार कुवँरले बताउनु भयो ।

नजिकमा खानेपानीको मुहान नहुनु, पर्याप्त बजेट व्यवस्थापन नहुनु जस्ता समस्याका कारण स्थानीय नागरिकले सयौँ मिटर टाढाको मुहान, घैँटोमा बर्षातको पानी सङ्कलन, पम्पिङ माध्यम लगायतबाट खानेपानीको गर्जो टार्ने गरेपनि दीर्घकालिक समस्याको समाधान हुन सकेको थिएन ।

खानेपानी आयोजना निर्माणमा ढोरपाटन नगरपालिका र वडा कार्यालयबाट खानेपानी समिति गठन प्रकृया लगायतका कार्यमा सहजीकरण गरेको हो । केहि दिन अगाडी मन बहादुर घर्ति मगर अध्यक्ष रहेको १३ सदस्य खानेपानी समितीको गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img