३५ दिनदेखि इलाका प्रशासन कार्यालय बुर्तिबाङमा कामकाज ठप्प ।

चैत्र ८ गते ढोरपाटन

इलाका प्रशासन कार्यालय बुर्तिबाङमा कार्यालय प्रमुख विहीन भएर कामकाज ठप्प भएको ३५ दिन बितिसक्दा समेत कर्मचारी नआउँदा पश्चिम बागलुङका नागरिकले निरन्तर सास्ती खेप्दै आएका छन ।

गत पौष महिनादेखि प्रमुख विहीन बनेको कार्यालयमा जिल्ला प्रशासन कार्यालयबाट कर्मचारी खटाएर फागुन ४ गतेसम्म सेवा प्रवाह भएपनि पछिल्लो समय कार्यालय प्रमुखको अभावले सेवा प्रवाह ठप्प भएको हो ।

गत फागुन ४ गतेदेखि ठप्प भएको सेवा इलाका प्रशासनबाट प्राप्त गर्न नसकेपछि नागरिकले फेरिपनि हजारौँ रुपैयाँ खर्च गरेर नागरिकता लगायत प्रशासन कार्यालय बाट प्राप्त हुने सेवा लिन बागलुङ सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालय पुग्नुपर्ने बाध्यता सिर्जना भएको हो ।

गृह मन्त्रालयले गत फागुन दोश्रो हप्ता पठाएका कर्मचारी नरेश पुडासैनी इलाका प्रशासन बुर्तिबाङमा नआई उतैबाट सरुवा भएपछि हालसम्म प्रशासन कार्यालय प्रमुख विहीन हुँदा सबै प्रकारका काम ठप्प भएको हो ।

लामो समयसम्म कार्यालयमा कर्मचारी नहुँदा पश्चिम बागलुङको वडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका अन्तर्रगतका हजारौँ नागरिक नागरिकता, राहदानी, नागरिकता प्रतिलिपि, दुई नामथर प्रमाणित, दलित जनजाति प्रमाणित लगायतका सेवाबाट बञ्चित भएका हुन ।

लामो समय सम्म कार्यालय प्रमुख नहुँदा पनी गृह मन्त्रालय र यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि सांसदको गम्भिर रुपमा ध्यान जान नसकेको नागरिकले गुनासो गर्दे आइरहेका छन । कार्यालयबाट हाल राहदानी वितरण, राष्ट्रिय परिचय पत्र उपलब्ध गराउने मात्र काम भएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img