चैत्र २ गते बुर्तिबाङ
बागलुङको ढोरपानटन नगरपालिकामा कालिका लघुवित्त वित्तीय सस्थाको आयोजनामा केन्द्र प्रमूख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
आयोजित कायक्रममा चिरबाङ कालिका महिला विकास केन्द्रका केन्द्र प्र्रमूख नन्दा अर्गेजा मगरको अध्यक्षता , ढोरपाटन नगरपालिका वडा नम्बर १का वडा अध्यक्ष भान बहादुर छन्त्यालको प्रमूख आथ्यितता , ढोरपाटन नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष वेग बहादुर खत्री,इलाका प्रशासन कार्यलय प्रमूख रविन विष्ट ,उद्योग बाण्ज्यि संघका अध्यक्ष दालेन्द्र छन्त्यालको विशिष्त आथ्यितता ,सुरक्षकर्मी, सञ्चारकर्मी, सेयर सदस्य,उपभोक्ता लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका अवसरमा प्रमूख अथिति ढोरपाटन नगरपालिका वडा नम्बर १ वडा अध्यक्ष भान बहादुर छन्त्यालले बोल्दै पछिल्लो समयमा बैदेशीक रोजगारका लागि सवै युवा बिदेशीएका कारण युवाहरुमा पनि यस्तो आय स्रोत सँग जोड्ने कायक्रमहरु ल्यायमा युवाहरुलाई स्वरोजगार बनाउन सकिने बताउनु भयो ।नागरीकहरुलाई आत्मानिर्भर बनाउन ,शुसाषन ल्याउन कालिका लघुवित्त वित्तीय सस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरामा जोड् दिनुभयो ।
त्यस्तै नागरीहरुलाई आय स्रोत सँग जोड्ने उपायहरुको बारेमा राम्रो ज्ञान दिने भएकाले गाँउघर तिर पनि यस्ता खालका कायक्रमहरु हुन जरुली भएको बताउनुभयो ।
निरक्षर जनतालाई साक्षर बनाई सामूहिक जिम्मेवारी,विश्वास, इमानदारीता बन्न सिकाउने,जनतालाई सरल सहज दङगाबाट कर्जा प्रदान गरी रोजगार सिर्जना गर्ने, कर्जालाई आफ्नो सीप क्षमतामा उपयोग तथा सदुपयोग गर्ने,कर्जाबाट मुक्त बनाई परिवारमा आम्दानी बदाई बचत गर्ने बानीको विकास गर्ने ,बिद्यालय छाडेर बसेका बालबालिकाहरुलाई बिद्यालय जान प्रेरण प्रदान गर्ने,सामूदायिक भाईचारा बदाउने र नागरीकहरुलाई आर्थिक ,भौतिक ,नैतिक रुपमा अव्बल बनाई गरीवी हटाउने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको जनाईएको हो ।
कार्यक्रममा नागरीकहरुलाई आय स्रोत बदाएर कर्जा मुक्त कसरी बनाउन सकिन्छ , बचत के कसरी गर्न सकिन्छ लगायतका बिषयवस्तुमा छलफल तथा अन्तरक्रिया गरीएको हो ।