चैत्र ३ गते बुर्तिबाङ
हर्पे कृषि तथा पशु पक्षी पालनको तेस्रो सार्वजनिक सुनाई तथा छलफल कार्यक्रम आइतबार निसीखोला ७ मा सपन्न भएको छ ।
हर्पे कृषि तथा पशु पक्षी पालनका कृषक समूहको सुरु देखी अहिले सम्म भए गरेका भौतिक संरचना निर्माण, खर्च विवरण ,बाख्रा खरिद ,दाना खरिद, घाँस उपलब्ध तथा खोर व्यवस्थापन दर्ता जस्ता विषयवस्तुमा सार्वजनिक सुनाई भएको हो ।आयोजित कार्यक्रम रण बहादुर सिंहको अध्यक्षता तथा कार्यपालिका सदस्य गौमला मल्लको प्रमख अथिति , निसीखोला ७ का वडा अध्यक्ष दिपु कुवर,कृषि प्राविधिक राम बहादुर पौडेल, हर्पे कृषि तथा पशु पक्षी पालनका संयोजक भगवती शाही, विष्णु साही लगायत स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो ।
स्थानीय नागरिकहरूलाई आधुनिक कृषि तथा पशुपक्षी पालनमा जोडिन प्रेरणा गर्ने ,आफ्नै देशमा पनि केही गर्न सकिन्छ भन्ने उद्देश्यले वि. स . २०७८/०३ /०३ मा रण बहादुर सिंहको अध्यक्षमा आम भेला गरी वि. स २०७८/०५/२७ गते फर्म दर्ता गरी पान नम्बर निकालेर नेपालको प्रचलित कानुन र नेपाल सरकारको अधीनमा रहि काम गर्नका निम्ति ५ प्रकारका उद्देश्य बनाई आधुनिक कृषि तथा व्यवसायिक तरकारी बाट कृषिजन्य बस्तु तथा तरकारी उत्पादन सँग जोड्ने, पशुपक्षीको उत्पादन मार्फत जीवनस्तरमा बृद्धि गर्ने उद्देश्यले सामूहिक रुपमा करिव करिव ४५ लाख लागतमा फर्म खोलिएको हर्पे कृषि तथा पशु पक्षी पालनका सचिव कृष्ण शाहीले जानकारी दिनुभएको हो ।
अहिले खोरमा करिव ६० वटा बाख्रा , खसी बाका रहेका छन।
त्यस्तै बजारको माग अनुरुप माछा, मासु,महि ,घ्यू कृषि तथा पशुपक्षी सेवा सम्वन्धि अध्यन गरी आन्तरिक तथा बाहिरी पर्यटन भित्राउन मैत्रीपूर्ण वातावरण सिर्जना नहुदा ,पशुपक्षीको बजारीकरण ,पशुपक्षीका लागि कच्चा पर्दाथ तथा दाना उत्पादन नहुदा निकै सास्ती खेप्नु परेको संस्थामा आवद्ध कृषकहरूको गुनासो रहेको छ ।
हर्पे कृषि तथा पशु पक्षी पालनको तेस्रो सार्वजनिक सुनाई ।

