बाढीपीडितको उद्धार र राहतका लागि बडिगाडका जनप्रतिनिधि र कर्मचारीको ५ लाख सहयोग

भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि बागलुङको बडिगाड गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले ५ लाख रुपैयाँ सहयोग गर्ने भएका छन्।

बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले जनप्रतिनिधि तथा कर्मचारीको तीन दिनको तलब–भत्ता बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीका अनुसार विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउन लागिएको हो।

बडिगाड गाउँपालिकाले आफ्नो तर्फबाट गरिएको सहयोगले बाढी प्रभावितको उद्धार तथा राहतमा केही भए पनि टेवा पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायबाट थप आवश्यक पहल र सहयोगको अपेक्षा गरेको जनाएको छ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img