चैत्र २ गते
बुर्तिबाङमा प्रशासनिक भवन निर्माण गर्नका निम्ती जग्गा खरिद व्यवस्थापन समितिको बैठक शनिबार सम्पन्न भएको छ ।
इलाका प्रशासन, मालपोत र नापि कार्यालय बुर्तिबाङ बजारमै राख्ने गरी गत असार महिनादेखि समिति गठन गरेर नागरिक योगदान अभियान मार्फत अभियान सञ्चालन भइरहेको छ ।
करिब ३ करोड रुपैयाँमा दुई स्थानमा करिब दुई रोपनी जग्गा खरिद गर्न स्थानीयको सक्रियतामा समिती गठन गरेर अगाडी बढिएको छ । शनिबार बसेको बैठकले प्रशासनिक र सरकारी कार्यालय भवनका निम्ती जग्गा खरिद गर्ने अभियानमा नयाँ शहर आयोजना सम्मोन्य कार्यालय बबरमहल काठमान्डौको गत माघ महिनाको पत्र र ढोरपाटन नगरपालिकाको फागुन २० गतेको पत्रको आधारमा जग्गा व्यवस्थापन ,भौगोलिक अवस्था लगाएतका सन्दर्भमा एक हप्ताभित्र प्रतिवेदन तयार गरी नयाँ शहर आयोजना सम्मन्य कार्यालय बवरमहलमा पेश गर्ने निर्णय गरीएको छ ।
नयाँ शहर आयोजना कार्यालय मार्फत प्रशासनिक सरकारी जग्गा खरिका निम्ती आर्थिक व्यवस्थापनमा माग गर्ने गरी प्रतिवेदन पेश गर्ने जनाइएको हो । त्यस्तै नागरिक योगदान अभियानमा जग्गा व्यवस्थापनका निम्ती बनेको समिति मार्फत प्रतिवेदन नयाँ शहर आयोजना कार्यालय मार्फत नयाँ शहर आयोजना सम्मोन्य कार्यालय बवरमहलमा पठाउने विषयमा छलफल र निर्णय गरिएको हो ।
गण्डकी प्रदेश सभा सांसद दोर्ण कुमार कुवँरको विशेष सक्रियता संगै यहाँ स्थित इलाका प्रशासन, नापी कार्यालय, मालपोत कार्यालय, नागरिक योगदान अभियान समितीका पदाधिकारी लगाएतको उपश्थितीमा बैठक सम्पन्न भएको हो । समितिले कर्वडहलमा रहेको जग्गा र पहिले ढोरपाटन नगरपालिका कार्यालय रहेको क्षेत्र गरी दुई स्थानको जग्गा खरिद गर्न अभियान अगाडी बढाएको हो ।