गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवर ढोरपाटन नगरपालिका अन्तर्गत विभिन्न भौतिक संरचना, सडक योजना विकास निर्माणको अनुगमन तथा स्थानीय नागरिक सँग भेटघाट कार्यक्रममा जानुभएको हो ।
ढोरपाटन सालझण्डी सडकको अवलोकन गर्दै अहिले सम्म भए गरेका कामलाई तिव्र रुपमा अगाडि बदाउने गरी गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास कार्यलयलाई सडक योजना निरन्तर अगाडि बदाउन सहयोग गर्न आग्रह सहित निर्माण कम्पनीलाई सहयोग गर्न ध्यानाकर्षण गराउनुभएको हो ।
वडा नम्बर २,५ ६, ७,८ र ९ का नागरिकहरूको सिँचाइ समस्याको विषयमा स्थलगत अवलोकन गरी स्थानिय जनप्रतिनिधि ,स्थानीय नागरीकले साथ दिएमा चैत्र सम्म बजेटको टुङगो लाग्ने बताउनुभयो ।
उक्त सडकको अवलोकन गर्दै सांसद कुवँरले बहुवर्षीय सडक आयोजनाको रुपमा यसलाई स्थानीय नगरीका र ढोरपाटन सिकार आरक्ष घुम्न आउने पर्यटकहरूलाई सास्ती खेप्न नपर्ने बताउदै जनताको समस्याको रुपमा रहेको सिँचाइ व्यवस्थापनलाई चाँडै संंघिय सरकारबाट बजेट विनियोजन गरी निर्माणलाई परिणाम आउने गरी अगाडि बदाउने बताउनुभयो ।
ढोरपाटन नगरपालिका वडा नम्बर २,५,६, ७ , ८ र ९ वडाका नागरिकहरूलाई सिँचाइको व्यवस्थापन गरी कृषिमा क्रान्ति गर्ने उद्देश्यले माननीय त्यहाँ पुग्नुभएको हो ।
वडा नम्बर ९, देखि ६ सम्मका नागरिकले कृषि सँग जोड्न सिँचाइ विस्तारका निम्ति बहुवर्षीय योजना अन्तर्गत वृहत सिँचाइलाई पहिलो प्राथमिकतामा राखेर जनतालाई सास्तीबाट बञ्चित गराउन उहाँ जनता माझ पुग्नुभएको हो ।
स्थानीयले राखेका माग र आवश्यक समस्याको विषयमा कुवरले बोल्दै जनताका आवश्यकता धेरै रहेका कारण सबै समस्याको एकैचोटि समधान गर्न नसकिने भएकाले आवश्यकता अनुसार काम गरिएको र जनताका समस्यालाई आफूले नजिकबाट नियालेर हेरेको र चालु आर्थिक वर्षमा हुन नसकेका विकास निर्माणलाई आगामी वर्षमा समेट्ने गरी काम गर्ने बताउनुभयो ।
कृषियोग्य जमिन भएयता पनि आकाशे पानीको भर पर्दा समयमा पानी नपर्ने भएकाले कृषिमा अगाडि बद्न नसकेको स्थानहरूको भनाई छ ।