ढोरपाटन नगरपालिकाले कक्षा ६–८ को पाठ्यक्रम बनाउँदै ।

फागुन २३ गते

ढोरपाटन बागलुङको ढोरपाटन नगरपालिकाले शैक्षिक सत्र २०८२ देखि पठन पाठन हुने गरी कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम तयारी गर्न थालेको हो । कक्षा १ देखि ५ सम्म पठन पाठनलाई अगाडि बढाएको पालिकाले ६–८ को पाठ्यक्रम निर्माणको पहिलो मस्यौदा माथि छलफल अगाडि बढाएको हो ।

आगामी शैक्षिक सत्रदेखि सुरु हुने गरी तयार पार्न लागिएको पाठ्यक्रमको मस्यौदामाथि शुक्रबार छलफल अगाडी बढाइएको हो । आधारभुत र माध्यमिक तहका विद्यालयका प्रधानाध्यापक , शिक्षा समिती, शिक्षा शाखाका कर्मचारी लगाएतको उपश्थितीमा कार्यक्रम सुरु भएको हो ।

गत पौष महिनामा कार्यशाला गोष्ठी आयोजना गरेको शिक्षा शाखाले निर्माण हुन लागिरहेको पाठ्यक्रमको विषयमा जानकारी गराउने, मस्यौदा लेखन लगाएतका विषयमा सहजिकरण हुने जनाइएको छ । काठमान्डौ स्थित संकल्प अध्यन केन्द्रले सहजिकरण गर्ने गरी जिम्मेवारी दिइएको उक्त पाठ्यक्रममा ढोरपाटन नगरपालिकाको विभिन्न विषयलाई समावेश गरिने भएको हो । १२८ पाठ्यघण्टा निर्धारण गरिएको कोर्षमा ऐतिहासिक ढोरपाटन, स्थानीय चाडपर्व,संस्कृर्ती र सम्पदा ,स्थानीय पेशा, व्यवसाय र उद्योग, वातावरण संरक्षण, सामाजिक मूल्य , मान्यता र संस्कार, पर्यटन, प्रकोप तथा विपद व्यवस्थापन, सामाजिक सचेतना लगायतका विषयमा कोर्ष तयार हुने भएको सहजकर्ता रविन्द्र आर्चायले बताउनु भयो ।

आयोजीत उद्‌घाटन सत्रको कार्यक्रमलाई ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले सम्बोधन गर्दे बालबालिकालाई स्थानीय क्षेत्रको विषयमा जानकारी गराउन सकेमा मात्र व्यवहारीक हुने र यहाँको परिवेश, अवस्था, विकास लगाएतका विषयमा ज्ञान हुने भएका कारण नगरपालिको कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम निर्माण गरेर लागु गर्न थालेको बताउनु भयो ।

कायतले थप बोल्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न केही विद्यालय सक्रिय पूर्वक लागिपरेको देखिएको र सबै विद्यालयले असल कुरालाई सिको गर्दे अगाडी बढ्न आग्रह गर्दे नगरपालिकाले राम्रो परिणाम देखिने गरी अगाडी बढेमा शिक्षामा लगानी गर्न कुनै कन्जुस्याईँ नगर्ने बताउनु भयो । कार्यक्रमका अध्यक्ष समेत रहनु भएको ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले शिक्षा ऐन लागू भएसंगै शिक्षा क्षेत्रको विकासमा अव केहि परिवर्तन हुनेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।

विद्यालयमा व्यवस्थापन समितीप्रधानाध्यापक विच सुमधुर सम्बन्ध नदेखिएको पाइएको बताउँदै त्यसमा शिक्षक प्रधानाध्यापक सच्चियर अगाडी बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा नगरपालिका भरका सामुदायिक र संस्थागत विद्यालयका प्रध्यानाध्यापक, जनप्रतिनिधी, कर्मचारी लगाएतको उपश्थिती रहेको थियो ।कार्यक्रम ज्ञानेन्द्र सापकोटाको सञ्चालनमा सम्पन्न भएको हो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित