फागुन १७ गते बुर्तिबाङ
बागलुङ जिल्लाको निसीखोला गाउँपालिका ३ मा रहेका विभिन्न विद्यालयको आयोजनामा विद्यार्थीको क्षमता र प्रतिभा प्रस्फुटन गर्ने उदेश्य सहित असल अभ्यास प्रर्दशनी मेला २०८१ सम्पन्न गरिएको हो ।
स्थानीय प्रभा माध्यमिक विद्यालय, पशुपती आधारभुत विद्यालय र बोहोरागाउँ आधारभुत विद्यालयको आयोजना, निसीखोला गाउँपालिका ३ नम्बर वडा कार्यालय ,क्यारेन ट्रस्ट युके र साथी नेपालको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।
पर्दशनी मेलामा स्थानीय प्रावि तहका शिक्षक, विद्यार्थी र अभिभावकले तयार पारेका विभिन्न कलात्मक चित्र, नक्सा, लगायतका सिप, कलाबाट निर्मित सामाग्रि स्टलमार्फत पर्दशनी गरिएको हो ।
यस्तो प्रकारका कार्यक्रमकले विद्यार्थीको अध्ययन संगै सिकाई उपलब्धीमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा स्थानीय अभिभावक, शिक्षा प्रेमी, शिक्षक लगायतको अवलोकन रहेको थियो ।
कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष रमेश विक्रम शाही ,क्यारेन ट्रस्ट युकेका पेम्बा तामाङ र साथी नेपालका सोनी पौडेलको उपश्थिती रहेको थियो ।
कार्यक्रम प्रभा माध्यमिक विद्यालयको प्राङगणमा सम्पन्न भएको विद्यालयका प्रध्यानाध्यापक नवराज आर्चायले बताउनु भयो ।