ज्ञानेन्द्र माविका विद्यार्थीलाई दुबैका मामा लैलाको स्टेशनरी सहयोग ।

फागुन १५ गते ढोरपाटन
निसीखोला गाउँपालिका ५ निसीमा रहेको ज्ञानेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत गरिव विपन्न तथा जेहेन्दार ५० जना विद्यार्थीलाई स्टेशनरी हस्तान्त्रण गरिएको छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हेम राज सापकोटाको सक्रियतामा दुबैका नागरिक मामा लैलाको जन्मोत्सवका अवसरमा लैलाले उपलब्ध गराउनु भएको सामाग्रि विद्यालयमा अध्यनरत ५० जना छात्र छात्रालाई हस्तान्त्रण गरिएको हो ।

निसीखोला गाउँपालिका ४ हाल रोजगारीको सिलशिलामा दुबैमा रहनु भएका भुपाल रेग्मीको सम्मोन्यमा उक्त सामाग्रि विद्यालयमा हस्तान्त्रण गरिएको जनाइएको छ ।

गतबर्ष पनी लैलाले विद्यालयलाई सहयोग उपलब्ध गराएको बताउँदै यस्तो महत्वपूर्ण सहयोगले विद्यार्थीको पठन पाठनमा सहजता पुग्ने बताउँदै सहयोगी दातालाई विद्यालय व्यवस्थापन समिती अध्यक्ष हेमराज सापकोटाले धन्यबाद ज्ञापन गर्नुभयो ।

निसीखोला गाउँपालिका ५ का अध्यक्ष हर्कमान घर्तिको प्रमुख आतिथ्यता रहेको थियो प्रमुख घर्तिले बोल्दै विदेशि दाताले आफनो जन्मदिनमा यहाँका गरिव, विपन्न, विद्यार्थीका निम्ती गरेको सहयोग अतिनै सर्हाननीय कार्य रहेको जनाउँदै यस्तो सहयोगले विद्यार्थीलाई थप अध्ययनमा टेवा पुग्ने बताउनु भयो । कार्यक्रमका अवसरमा कक्षा १ देखि १२ सम्म अध्ययनरत ५० जना छात्रछात्रालाई स्टेशनरी, एक जना छात्रलाई पोषाक, १ जनालाई जुत्ता सहित दुई विद्यार्थीको परिवारलाई खाध्यान्ह उपलब्ध गराइएको हो ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हेमराज सापकोटाको अध्यक्षतामा आयोजीत कार्यक्रममा सदस्य भानसिंह बुढाको स्वागत, शिक्षक अभिभावक संघका अध्यक्ष रोविन बुढा मगर, सदस्य निम्बर बुढामगर, भूतपूर्व विद्यालय व्यवस्थापन समिती अध्यक्ष भरत बुढा मगर, लगाएत विद्यालय व्यवस्थापन समिती पदाधिकारी, अभिभावक विशेष उपश्थितीमा स्टेशनरी र खाध्यान्ह सामाग्रि हस्तान्त्रण गरिएको हो । कार्यक्रम विद्यालयका प्रअ अमृता बुढा मगरले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित