बिहानैदेखि बर्षात संगै उच्च भुभागमा हिमपात भोलिदेखि मौसम क्रमिक रूपमा सुधार हुने


फागुन १६ गते ढोरपाटन
शुक्रबार बिहानै देखि बागलुङ सहित आसपासका जिल्लामा निरन्तर बर्षात संगै उच्च भुभागमा हिमपात भइरहेको छ । करिब ५ महिना पछि निरन्तर बर्षात हुँदा कृषक खुसि भएका छन । समयमा बर्षात नहुँदा हिँउदे बालीमा नोक्सानी बेहोरेका कृषकले यस सिजनको बर्षातका कारण खेतबारी जोत्ने, तरकारी उत्पादन गर्ने लगायतका कार्यमा सहयोग पुग्ने अपेक्षा गरेका हुन ।
जिल्लाको ढोरपाटन उपत्यका, निसीखोला गाउँपालिका र रुकुमको सिमाना पातिहाल्ने लगायतका क्षेत्रमा अत्याधिक हिमपात भइरहेको छ । हिमपातका कारण रुकुम तर्फको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको छ । हिउँदको अन्तिममा आज राम्रो वर्षा भइरहेको जलवायु विज्ञ डा। धर्मराज उप्रेतीले बताउनुभयो । देशका धेरै ठाउँमा भोलिदेखि मौसम क्रमिक रूपमा सुधार हुने छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित