फागुन १५ गते बुर्तिबाङ
बागलुङको ढोरपाटन नगरपालिका १ भब्रेटामा रहेको सरस्वती आधारभूत विद्यालयको ३४ औं बार्षिकोत्सव ,अभिभावक दिवश तथा चन्दादाता सम्मान कार्यक्रम विहिबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समिती अध्यक्ष मनलाल भट्टराइको अध्यक्षतामा आयोजीत कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले कार्यक्रमको प्रमुख अतिथीको रुपमा सम्बोधन गर्नुभएको हो ।
प्रमुख अतिथी कायतले कार्यक्रमको उद्धघाटन सहित सम्बोधन गर्दे शिक्षाको ज्वती फैलाउँदै आएको सरस्तवी आधारभूत विद्यालयले महिला शिक्षकहरुको नेतृत्वमा राम्रो व्यवस्थापन सहित शिक्षण पद्धतीलाई अगाडी बढाएकोका आभार व्यक्त गर्नुभयो । अन्य सामुदायिक विद्यालयले सरस्वती आधारभुत विद्यालयबाट धेरै कुराहरु सिक्न आवस्यक रहेको बताउँदै विद्यालयको आर्थिक, शैक्षिक, भौतिक व्यवस्थापन पनी महत्वपूर्ण विषय रहेको बताउनु भयो ।
सामुदायिक विद्यालयको गुणस्तर अगाडी बढाउन राज्य संगै विद्यालय व्यवस्थापन समिती र शिक्षकको मिहिनेत समेत उत्तिकै आवस्य पर्ने बताउनु भयो ।
ढोरपाटन नगरपालिकाले शिक्षा क्षेत्रमा राम्रो लगानी गरिरहेको तर शिक्षाको गुणस्तर बृद्धिमा अझै मिहिनेत गर्न आवस्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नम्बर १ का अध्यक्ष वान बहादुर छन्त्याल, शिक्षा शाखा अधिकृत गणेश बहादुर रावल, स्थानीय समाजसेवी, बुद्धिजिवी लगाएतको आतिथ्यता एव्म शुभकामना मन्तव्य रहेको थियो । विद्यार्थीको प्रतिभा पहिचान संगै विविध कार्यक्रम गरिएको हो ।
विद्यालयका प्रध्यानाध्यापक ढालकुमारी पाण्डेद्धारा विद्यालयको शैक्षिक, आर्थिक र भौतिक प्रगती प्रतिवेदन सहित भावि लक्ष्यको सन्दर्भमा जानकारी गराउनु भएको हो । कार्यक्रम प्रतिभा आर्चायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।