शिक्षक सङ्घ ढोरपाटनको भेला सम्पन्न ।

अखिल नेपाल शिक्षक सङ्घ ढोरपाटन नगर समितिको दोस्रो भेला २०८१ फागुन १४ गते बुधबार सम्पन्न भएको छ । शिक्षक सङ्घ बागलुङका अध्यक्ष मित्रदत्त ढकालको प्रमुख आतिथ्यमा सो भेला सम्पन्न भएको हो ।

दिप प्रज्वलन गर्दे कार्यक्रमको उद्घाटन गरेपछि मन्तव्य राख्दै ढकालले शिक्षकका पेसागत हकहितका लागि शिक्षक सङ्घले निरन्तर नेतृत्वदायी भूमिका खेलेको आएको दाबी गर्नुभयो । उहाँले सङ्घीयता खारेजीसँगै शिक्षकका हकहितका लागि सशक्त आन्दोलन उठाउनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।

त्यस्तै, विशिष्ट अतिथिको आसनबाट मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गौरीश्वर पाण्डेले शिक्षक सचेत तप्का भएका कारण सामाजिक रूपान्तरणका अग्रणी भूमिका खेल्न आग्रह गर्नुभएको थियो । सङ्घका नगर अध्यक्ष पदमबहादुर छन्त्यालको अध्यक्षमा सुरु भएको सो कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान दिएका धनबहादुर कुँवर र केशव सापकोटालाई सम्मान गरिएको थियो ।

रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव सहबिन अर्गेजा, ढोरपाटन नगर कार्यपालिका सदस्य कुलबहादुर छन्त्याल, अखिल ९छैठौं० बागलुङका अध्यक्ष विमल खरेल, शिक्षकहरू दुर्गा भण्डारी, सुनमाया घर्ती, चकबहादुर अदै, दीपक छन्त्याल, राजमो नेता दीपक थापा, अभिनन्दित व्यक्तित्व कुवर, सापकोटा लगायतले भेलामा शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन इन्द्रमणि पाण्डे र स्वागत धनवीर भण्डारीले गर्नुभएको थियो ।

भेलाले सुनमायाँ घर्ती अध्यक्ष रहनुभएको दुई रिक्तसहित १५ पूर्ण र एक रिक्तसहित छ सल्लाहकार रहनुभएको २१ सदस्यीय शिक्षक सङ्घको ढोरपाटन नगर समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा धनवीर भण्डारी, सचिवमा इन्द्रमणि पाण्डे, सहसचिवमा श्यामकुमार विक र कोषाध्यक्षमा प्रियासी पुनघर्ती रहनुभएको छ ।

त्यस्तै, सदस्यमा विनिता खरेल, चकबहादुर अदै, इन्द्रकुमारी बुढाकुँवर, विशाल छन्त्याल, देवेन्द्र घर्ती, प्रेमलाल अर्गेजा, रिमाकुमारी छन्त्याल र हेमलाल पौडेल रहनुभएको छ । भेलाले टीकाबहादुर पुन, पदमबहादुर छन्त्याल, दीपककुमार छन्त्याल, नन्दराम गौतम र धनबहादुर महतलाई सल्लाहकारमा चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित