लायन्स क्लब अफ ढोरपाटनको आयोजनामा रक्तदान कार्यक्रम ७० पिन ब्लड सङ्कलन ।

 फागुन १६ गते बुर्तिबाङ

लायन्स क्लब अफ ढोरपाटन बागलुङको आयोजनामा बुर्तिबाङमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा ७० पिन ब्लड सङ्कलन गरिएको छ । लायन्स क्लब अफ ढोरपाटनको आयोजना, प्रादेशिक रक्तसञ्चार सेवा पोखरा र बुर्तिबाङ अस्पतालको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो ।

लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष छविलाल पाण्डेको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका महासचिव राम दत्त पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

पौडेलले बोल्दै खेर गइरहने ब्लडलाई सही ठाउँमा उपभोग गर्नका निम्ती ब्लड सङ्कलन कार्यक्रमको आयोजना गरिएको बताउँदै लायन्स क्लब अफ ढोरपाटनले यस्ता सामाजिक कार्यमा खेलेको भूमिकाको चर्चा गर्दे नेपाल रेडक्रस सोसाईटी ले गण्डकी प्रदेशभरि सहज रुपमा ब्लड उपलब्ध गराउने गरी ब्लड सङ्कलन अभियानलाई प्राथमिकता दिएको बताउनु भयो ।

कार्यक्रममा नेपाल नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आर्चाय ले बोल्दै नेपाल रेडक्रस सोसाइटी विशुद्ध सामाजिक संस्था रहेको र विभिन्न समयमा हुने विपद, दुर्घटना जस्ता घटनामा सक्रिय भूमिका खेल्दै आएको बताउनु भयो । लायन्स क्लबले यस्ता महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा धन्यबाद ज्ञापन गर्दे आगामी दिनमा समेत यस्ता सामाजिक कार्यमा सक्रियता दिँदै जान सुझाब दिनुभयो ।

कार्यक्रममा नेपाल नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश उप महासचिव कृष्ण चन्द्र पाण्डे, ढोरपाटन नगरपालिका १ का अध्यक्ष वान बहादुर छन्त्याल, नेपाल रेडक्रस सोसाइटी उपशाखा बुर्तिबाङका सभापति पुरन पाण्डे, लायन्स क्लब अफ बुर्तिबाङका अध्यक्ष शान्ति पौडेल ,पत्रकार लोकेन्द्र सुनार लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका सभापति छविलाल पाण्डेले कार्यक्रममा बोल्दै विभिन्न सामाजिक कार्य गर्दे आइरहेको लायन्स क्लब अफ ढोरपाटनले वर्षमा ४ हजार सम्म नागरिकलाई प्रत्यक्ष लाभ हुने गरी स्वास्थ्य शिविर, आँखा शिविर, विद्यालयमा सचेतना मूलक कार्यक्रम, विपत्तिमा परेका नागरिकलाई सहयोग लगायतका कार्य गर्दे आइरहेको बताउँदै गण्डकी प्रदेश भरका नागरिकले सुविधा प्राप्त गर्न सक्ने गरी ब्लड सङ्कलन गर्ने गरिएको र बुर्तिबाङमा ब्लड आवश्यक परेको खण्डमा लायन्स क्लबले समन्वयकारी भूमिका खेल्ने बताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सन्चार केन्द्रका महेन्द्र केसी. सहितको टोली द्धारा ब्लड सङ्कलन गरिएको थियो । कार्यक्रमलाई सफल पार्न लायन्स क्लब अफ बुर्तिबाङको सह आयोजना, ढोरपाटन नगरपालिका, नेपाल रेडक्रस सोसाइटी उपशाखा बुर्तिबाङ, उद्योग वाणिज्य सङ्घ ढोरपाटन, बुर्तिबाङ राइजिङ युवा क्लब, बुर्तिबाङ फुटवल क्लब लगायत सङ्घसंस्थाको सहभागिता रहेको हो । कार्यक्रम लायन्स क्लब अफ ढोरपाटनका सचिव हेमेन्द्र घर्तिको सञ्चालनमा सम्पन्न भएको हो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित