फागुन ९ गते बुर्तिबाङ
बागलुको निसीखोला गाउँपालिका वडा नम्बर २ कोे आयोजनामा सुरु भएको बृहत निः शुल्क स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ ।
हिलारी तेन्जिङ च्योटी न्यूजिल्यान्ड र वि।पी, कोईराला लायन्स सेन्टर फर अप्थाल्मिक स्टडीडको प्राविधिक सहयोगमा फागुन ८ र ९ गते दुई दिनका लागी शिविरमा ३०८ जना आँखाका विरामीको चेकजाँच उपचार तथा ५५६ जनाको स्त्रीरोग, जनरल लगाएतका सेवा प्रवाह गरी कुल ८६३ जनाको चेकजाँच तथा उपचार गरिएको हो ।
शिविरमा महिलारोग, हाडजोर्नी, भिडियो एक्सरे, ल्याब, मेडिसिन तथा आँखाको चेकजाँच तथा उपचार गरिएको जनाइएको छ ।
शिविरमा निसीखोला गाउँपालिका तथा आसपासका नागरिकले निः शुल्क रुपमा स्वास्थ्य सेवा प्राप्त गरेको निसीखोला २ का अध्यक्ष कुविर विश्वकर्माले बताउनु भयो । कान्छीबजारमा सञ्चालित शिविरमा निसीखोला गाउँपालिका २ का अध्यक्ष कुविर विश्वकर्माको अध्यक्षता, निसीखोला गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत जिवन पुन लगाएतको आतिथ्यता रहेको शिविरमा , प्रध्यापक डा.आनन्द शर्मा, डा. राजेश पौडेल, डा. विजय ओझा सहित स्वास्थ्य कर्मीको टोलीले चेकजाँच तथा उपचार गरिरहेको हो ।
दुर्गम क्षेत्रका नागरिकको समस्यालाई मध्यनजर राख्दै आफुहरुले सहयोग गरिएको हिलारी तेन्जिङ च्योटी न्यूजिल्यान्डका प्रतिनिधी वावुराजा मर्हजनले बताउनु भयो ।